मोदीको भुटान भ्रमण स्थगित, कारण प्रतिकुल मौसम

मोदीको भुटान भ्रमण स्थगित, कारण प्रतिकुल मौसम

एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भुटान भ्रमण स्थगित भएको छ। भुटानको पारो विमानस्थलमा प्रतिकुल मौसमी अवस्थाका कारण मोदीको आज (बिहीबार) देखि हुने भनिएको राजकीय भ्रमण स्थगित भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

भारतीय विदेश मन्त्रालयले विज्ञप्ति निकालेर नयाँ मिति दुवै पक्षले कूटनीतिक माध्यमबाट तय गर्ने जनाएको छ। ‘पारो एयरपोर्टमा जारी प्रतिकुल मौसमका कारण, प्रधानमन्त्री मोदीको मार्च २१ र २२ मा भुटानको राजकीय भ्रमण गर्ने पारस्परिक निर्णय स्थगित भएको छ’विज्ञप्तिमा लेखिएको छ।

भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले गत हप्ता भारतको पाँच दिने भ्रमण गरेका थिए। भुटानमा भएको चौथो चरणको निर्वाचनबाट दोस्रो पटक प्रधानमन्त्री बनेका तोब्गेले पहिलो विदेश यात्रा भारतको गरेका थिए।

उनले समकक्षी मोदीलाई भुटान भ्रमणको निम्तो दिए पनि विमानस्थलको प्रतिकूल मौसमको कारण देखाउँदै अघिल्लो दिन मात्रै भ्रमण स्थगित भएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार भ्रमणका क्रममा मोदीले द्विपक्षीय र क्षेत्रीय चासोका विषयमा छलफल गर्ने भनिएको थियो। प्रधानमन्त्री मोदीले भुटानी समकक्षी तोब्गेसँग पनि वार्ता गर्ने भनिए पनि मोदीको भ्रमण स्थगित भएको छ।

मोदीको भुटान भ्रमणमा शरणार्थीको खुल्ला पत्र

मोदीको भ्रमण स्थगित हुनु अघि भुटानी नागरिकहरूले भने शरणार्थी समस्या समाधानका लागि मोदीलाई खुल्ला पत्र पठाएका थिए। भारतमा रहेका करिब २५ हजार भुटानीहरूलाई स्वदेश फर्काउन पहल गरिदिन आग्रह गर्दै मोदीलाई लेखेको खुल्ला पत्रमा शरणार्थी समस्या भुटानको मात्रै नभई भारतको पनि हितमा रहेकाले परिबारबीचको पुनर्मिलनको कार्यक्रमलाई प्राथमिकता दिन भनिएको छ।

भुटानी राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजक राम कार्कीले नेदरल्याण्डबाट लेखेको खुल्ला पत्रमा नेपाल–भुटानबीच भएको द्विपक्षीय वार्ताका क्रममा १५ औँ चरण छलफल भए पनि सम्मानजनक रूपमा स्वदेश फिर्ता हुन नसकेको बताउँदै यस विषयमा मोदीले थप चासो राख्ने विश्वास गरिएको थियो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading