निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

ढोलाहिटी ग्याङफाइट

छुरा हान्ने सहित १८ पक्राउ, कसको भूमिका के? अनुशन्धान जारी

छुरा हान्ने सहित १८ पक्राउ, कसको भूमिका के? अनुशन्धान जारी

191
SHARES

काठमाडौं : ललितपुरको ढोलाहिटीमा रेस्टुरेन्ट सञ्चालकले छुरा प्रहार गरेर दुई युवाको हत्या गरेको खुलेको छ।

होली खेल्ने क्रममा दुई समुहबीच भएको ग्याङफाइटमा रेस्टुरेन्ट सञ्चालकले नै छुरा प्रहार गरेर दुई युवाको हत्या गरेको खुलेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए।

हत्यामा ढोलाहिटीस्थित डी–पोपिना रेस्टुरेन्टका सञ्चालक विजय राई मुख्य दोषी देखिएको स्रोतले बताएको छ। प्रहरीले रेस्टुरेन्टका सञ्चालक सहित १८ जनालाई पक्राउ गरेर अनुसन्धान जारी राखेको जनाएको छ।

स्रोतका अनुसार रेस्टुरेन्टका सञ्चालकले छुरा प्रहार गरेको स्वीकारेका छन्। ‘हत्यामा कसको के भूमिका थियो भनेर अनुसन्धान भइरहेको छ,’प्रहरी स्रोतले भन्यो,‘छुरा प्रहार भने रेस्टुरेन्टका सञ्चालकले नै गरेको खुलेको छ।’

घटना आइतबार राति १० बजेपछिको हो। राति ११ बजेतिर एक जनालाई सुमेरु र एक जनालाई पाटन अस्पताल लगिएपछि मात्रै प्रहरीले घटनाबारे जानकारी पाएको हो। अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।

प्रहरीले घटनास्थलबाट एकथान छुरी र एउटा छुरीको बिँड बरामद गरेको छ। सुनसरी धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पूजन राईको मृत्यु भएको थियो।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार प्रहरी अहिले अनुसन्धानमै रहेकाले मङ्गलवार बिहान ११ बजे पत्रकार सम्मेलन मार्फत थप विवरण सार्वजनिक गर्ने तयारी भइरहेको छ।

समाचार शेयर गर्नुहोस्
191
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.