राष्ट्रपतिले सुरेन्द्र पाण्डेलाई सोधे, समलिङ्गी विवाह दर्ता पछि जीवन कस्तो चल्दैछ?

राष्ट्रपतिले सुरेन्द्र पाण्डेलाई सोधे, समलिङ्गी विवाह दर्ता पछि जीवन कस्तो चल्दैछ?

336
SHARES

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्ने जोडीलाई वैवाहिक जीवनको अवस्थाबारे चासो राखेका छन्।

राष्ट्रपति पौडेलले लमजुङको दोर्दी गाउँपालिकामा पहिलो समलिङ्गी विवाह दर्ता गर्ने सुरेन्द्र पाण्डेलाई ‘जीवन कस्तो चल्दैछ?’ भनेर सोधेका हुन्।

राष्ट्रपति पौडेललाई पाण्डेले धन्यवाद दिँदै विवाह गरेको लामो समयपछि कानुनी रूपमा दर्ता गर्न पाउँदा खुसी लागेको बताए। ‘हामी खुसी छौ,’पाण्डेले भने,‘पारिवारिक जीवन राम्रो चलिरहेको छ।’

माया र सुरेन्द्रले रचे इतिहास, स्थानीय तहमै गरे विवाह दर्ता (भिडियो)

शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई मायाको पहिचान नेपालका कार्यकारी निर्देशक एवं एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको हक अधिकारीबारे जानकारी गराए।

पन्तले हालसम्म यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको हक अधिकार सुनिश्चित हुँदै गएको बताए। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय रोजगारी तथा आर्थिक मूलधारमा आउने कार्यक्रम तिर पहल भइरहेको जानकारी पन्तले गराए।

राष्ट्रपति पौडेलले लोकतन्त्र बचाउने र सुदृढ बनाउन सबै लाग्नु पर्ने बताए। ‘लोकतन्त्र बचाउनु पर्छ, लोकतन्त्रको विकल्प छैन,’राष्ट्रपति पौडेलले भने,‘लोकतन्त्रमा मात्रै सबै नागरिकको अधिकार सुरक्षित हुन्छ।’

इन्द्रेणी विवाह दर्ता : पहिचानको सक्सेस स्टोरी

गज्जबको विवाह कनेक्सन, परिवारको टेन्सन साफ (भिडियो)

समाचार शेयर गर्नुहोस्
336
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.