नेपालको पहिलो ‘इन्द्रेणी’ पात्रो : न्यायपूर्ण कार्यस्थलदेखि रेन्बो बिजनेस फोरमसम्म

नेपालको पहिलो ‘इन्द्रेणी’ पात्रो : न्यायपूर्ण कार्यस्थलदेखि रेन्बो बिजनेस फोरमसम्म

काठमाडौं : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि समर्पित संघसंस्थाहरुको सहकार्यमा यो वर्षभरि गरिने वार्षिक क्यालेन्डर सार्वजनिक भएको छ।

नेपालका लागि पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई लक्षित गरी इन्द्रेणी पात्रो सार्वजनिक भएको हो। यसअघि सञ्चालन भएका भन्दा पृथक् कार्यक्रम समावेश गरेर इन्द्रेणी क्यालेन्डर सार्वजनिक भएको मायाको पहिचान नेपालले जनाएको छ।

कार्यक्रम कार्यान्वयनमा हातेमालो गर्ने प्रतिबद्धता विभिन्न सङ्घसंस्थाले जनाएका छन्। मायाको पहिचान नेपालले चाडपर्व, मनोरञ्जनात्मक कार्यक्रम, गौरव समारोह, सङ्गीत, नृत्य,खेलकुद महोत्सव, अन्तर्राष्ट्रिय ब्युटी प्याजेन्ट, भ्रमण, कला, नाटक, खानाका कार्यक्रमहरूलाई समेटेर इन्द्रेणी पात्रो बनाएको हो,जहाँ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूले आफूलाई खुसी र गर्वका साथ अभिव्यक्त गर्न सक्ने जनाएको छ।

पात्रोमा उल्लेख गरिएका इभेन्ट (कार्यक्रम)हरूले दृश्यतालाई बढवा दिनुका साथै स्वीकार्यता बढाउने र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई फराकिलो समाजमा एकीकृत गर्ने लक्ष्य राखेको मायाको पहिचान नेपालका कार्यकारी निर्देशक एवं पहिलो संविधान सभा सदस्य सुनिलबाबु पन्तले बताए। ‘यसका अलावा हामी यी जीवन्त जमघटहरूमार्फत नेपालमा इन्द्रेणी पर्यटन प्रवर्द्धन गर्ने प्रयास गर्छौँ,’पन्तले भने,‘तीमध्ये केही परम्परागत रूपमा जरा गाडेका आयोजनाहरू सामेल छन्, जहाँ लामो समयदेखि लैङ्गिक विविधता एवं अभिव्यक्तिहरूलाई उत्सवका रूपमा मानिन्छ। गाईजात्रा, रोपाई जात्रा (धान रोप्ने चाडहरू), मारुनी नृत्य आदि, जहाँ पुरुष भएर जन्मिएकाहरूले यसको ठिक विपरीत स्त्रीको पोसाकमा आफूलाई व्यक्त गर्छन्।’

मित/मितिनीको सम्बन्ध बनाउनु पुरानो संस्कार हो, जहाँ दुई जोडीहरू एउटा बन्धनमा बाँधिन्छन्। सबै सीमा, कानुन, र अवरोधहरू पार गर्ने यस सम्बन्ध दुई व्यक्तिहरूबीचको निःस्वार्थ प्रेम, भक्ति, हेरचाह, र परोपकारी मित्रतामा निहित हुन्छ।

यस्तो सम्बन्ध बनाउने दुई पुरुषलाई मित र दुई महिलालाई मितिनी भनिन्छ। मितेरी बन्धनमा सम्बन्ध विच्छेदलाई मान्यता दिइँदैन। यो सम्बन्धले दुई व्यक्तिलाई मात्र नभई तिनका परिवार, छिमेक र गाउँलाई पनि सर्तरहित स्वीकार्यतालाई बढवा दिँदै एक ठाउँमा उभ्याउँछ। मित–मितिनीको सम्बन्ध सामान्यतया एउटै लिङ्गका व्यक्तिहरूबीच बन्छन् र उनीहरूले आफ्नो यौन झुकाव जे सुकै होस् तर एउटै लक्षण वा विशेषता, बानी, रुचि, सोच्ने शैली, र उमेर साटासाट गर्छन्।

उत्तरी अमेरिका र पश्चिमी युरोपले जून महिनालाई अनुकूल मौसमका कारण गर्व गर्ने महिना (प्राइड मन्थ) को रूपमा मनाउने गर्दछन्। त्यही जुन महिनालाई नेपालमा स्टोनवाल विद्रोहलाई स्वीकार गर्दै ऐतिहासिक महिनाको रूपमा मनाइन्छ। ‘यद्यपि हाम्रा चाडपर्वहरू र प्राइड मन्थ अक्टोबर हो, जुन समय हाम्रो क्षेत्रमा मौसम र सामाजिक मनस्थिति दुवै अत्यन्त अनुकूल हुन्छ’ पन्तले भने।

पात्रोका आयोजना र मितिहरू

–मजदुर दिवस समारोह : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक÷एलजीबीटीआईका लागि न्यायपूर्ण कार्यस्थल-मे १

–यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक घृणाविरुद्धको अन्तर्राष्ट्रिय दिवस– मे १७

–इन्द्रेणी झन्डा ध्वजारोहण र तान्त्रिक हेरिटेज इभनिङ्ग वाक, पार्टी – जुन १

–विभिन्न प्रतिनिधिमण्डल र सरकार, संसदीय समितिहरूसँगको बैठक – जुन २– १३

–प्राचीन कथाहरू – जून १४

–इन्द्रेणी थिएटर – जुन २३

–धान रोपाई महोत्सव (दही चिउरा दिवस) – जुन २९

–योगिनी, डाकिनी पर्व – जुलाई २

–वर्षा ऋतु तान्त्रिक ऊर्जा हिलिङ्ग ध्यान रिट्रीट – जुलाई ३–७

–विश्व जनसङ्ख्या दिवस : हामीलाई गणना गर्नुहोस् ! – जुलाई ११

–खिर खाने दिन – जुलाई ३०

–घण्टाकर्ण चतुर्थी (लाखे, ख्याय पर्व) – अगस्ट २

–गाई जात्रा – अगस्त २०

–संविधान दिवस – सेप्टेम्बर १९

–एसियाली इन्द्रेणी पर्व/प्राइड मन्थ (दशैं र तिहार) – अक्टोबर १७–३१

–एसियाली इन्द्रेणी महोत्सव उद्घाटन – अक्टोबर १७

–इन्द्रेणी परम्परागत पर्व (धामी दिवस/मारुनी, लाखे नाच) – अक्टोबर १८

–मित/मितिनी प्रतिज्ञा ग्रहण– अक्टोबर १९

–इन्द्रेणी खेल महोत्सव – अक्टोबर २०

–तान्त्रिक/तन्त्र भ्रमण, इन्द्रेणी पदयात्रा आदि – अक्टोबर २१—२४ सम्म

–गैर–बाइनरी/तेस्रो लिङ्गीका लागि अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता – अक्टोबर २५

–इन्द्रेणी फिल्म महोत्सव – अक्टोबर २६, २७

–इन्द्रेणी दीपावली उत्सव र पार्टी – अक्टोबर ३१

–इन्द्रेणी अपाङ्गता दिवस – डिसेम्बर ३

–मानव अधिकार दिवस – डिसेम्बर १०

–योमरी/उँधौली पूर्णिमा –डिसेम्बर१५

–एलजीबीटीआई विजय दिवस समारोह (सर्वोच्च अदालतको ऐतिहासिक आदेश २१ डिसेम्बर २००७)– डिसेम्बर २१

–अङ्ग्रेजी नयाँ वर्ष – जनवरी १

–माघी –जनवरी १४

–महाशिवरात्रि उत्सव – फेब्रुअरी २६

–मित/मितिनी प्रतिज्ञा दिवस – मार्च १०

–दोस्रो इन्द्रेणी पर्यटन अन्तर्राष्ट्रिय सम्मेलन – मार्च ११

–मिस्टर गे नेपाल २०२५ – मार्च १२

–फागु/होली –मार्च १३

–नेपाली नयाँ वर्ष उत्सव – मार्च १४

–नेपाल रेन्बो बिजनेस फोरम –अप्रिल २६

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.