निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

गुणस्तरहीन वाइवाइ चाउचाउको बिक्री बढाउन पुरस्कारको नाटक

गुणस्तरहीन वाइवाइ चाउचाउको बिक्री बढाउन पुरस्कारको नाटक

163
SHARES

काठमाडौं : चौधरी ग्रुपले गुणस्तरहीन वाइवाइ चाउचाउको बिक्री बढाउने जुक्ती निकालेको छ। काठमाडौं महानगरपालिकाले स्वास्थ्यका लागि हानी पुग्ने वाइवाइ चाउचाउ बरामद गरेर उत्पादक चौधरी ग्रुपलाई जरिवाना तिराएर बजार खस्किएपछि सिजी फुड्सले पुरस्कारको नाटक गरेको हो।

खस्किएको बजार उकास्न उसले जारी टी–२० विश्वकपमा प्रत्येक रन, चौका, छक्का, अर्ध सतक, सतक र प्रत्येक जितका लागि पुरस्कार घोषणा गरेको हो।

विश्वकपको सुपर–८मा पुग्न सफल भएमा नेपाली राष्ट्रिय टिमलाई वाइवाइ चाउचाउले नगद ३० लाख रुपैयाँ पुरस्कार दिने सीजी फुड्स नेपाल लिमिटेडले विज्ञप्ति निकालेर जानकारी दिएको छ।

प्रत्येक रन बनाए बापत १ हजार, प्रत्येक चौका बापत ८ हजार, प्रत्येक छक्का बापत १२ हजार, प्रत्येक विकेट बापत १५ हजार, प्रत्येक अर्धशतक बापत ५० हजार, प्रत्येक शतकबापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रुपैयाँ नगद उपलब्ध गराउने सीजी फुड्सले घोषणा गरेको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) सँगको सहकार्यमा यी पुरस्कारहरू घोषणा गरिएको दाबी उसले गरेको छ। सीजी फुड्स नेपाल लिमिटेड र क्यानवीच सम्झौतापत्रमा हस्ताक्षर भएको विज्ञप्तिमा उल्लेख छ।

‘हामी प्रत्येक नेपालीलाई नेपाली राष्ट्रिय टिमले टी–२० क्रिकेट विश्वकपको ट्रफी उचालेको हेर्न उत्कट चाहना छ। हाम्रा खेलाडीहरू त्यसका लागि योग्य छन् तापनि उनीहरूको हौसलालाई अझै माथि उठाउनु हाम्रो कर्तव्य हो’, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘वाइवाइविगत २० वर्षदेखि नेपाली क्रिकेटको विकासमा सहयात्रा गरिरहेको छ। र, नेपालले विश्वकप खेल्ने यस ऐतिहासिक क्षणमा वाइवाइ हाम्रा खेलाडीहरूकै साथमा छ भन्ने यो अर्को प्रमाण हो।’

चौधरी ग्रुपको बदमासी, कुहिएको चाउचाउ बजारमा

काठमाडौँ महानगरपालिकाले गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको थियो। महानगरको कृषि तथा पशुपन्छी विभागले बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरेको थियो।

चाउचाउको विक्रीसँग सम्बन्धित एस.के. इन्टरप्राइजेजले महानगरपालिकालाई पत्र लेख्दै बजारमा वितरित वाइवाइ चाउचाउ फिर्ता ल्याउने र अब उप्रान्त यो चाउचाउ विक्री नगर्ने प्रतिबद्धता जनाएका थिए। यस्ता गुणस्तरहीन खाद्य वस्तुको जिम्मेवारी उत्पादक कम्पनी सी.जी. फुड नेपाल हुने पत्रमा उल्लेख गरिएको थियो।

त्यसपछि खस्किएको वाइवाइ चाउचाउको बजार उकास्न सीजी फुड्सले पुरस्कार घोषणा गरेर बिक्री बढाउने जुक्ती निकालेको हो।

नेपालले टी–२० विश्वकपको शृङ्खला अन्तर्गत आफ्नो पहिलो खेल नेदरल्याण्डसँग मङ्गलवार खेल्दैछ। त्यस्तै टेस्ट मान्यताप्राप्त साउथ अफ्रिका, श्रीलङ्का र बङ्गलादेशसँग पनि नेपालले पहिलो चरणमा खेल्ने तालिका छ।

समाचार शेयर गर्नुहोस्
163
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.