ठगहरूको जालो : सहकारीदेखि अधिकारको अभियानसम्म

ठगहरूको जालो : सहकारीदेखि अधिकारको अभियानसम्म

काठमाडौं : ‘यो समितिले पनि पहिलेका समितिले झैँ माछोमाछो भ्यागुतो गराउँछन् भन्ने कुरामा स्वयं सहकारीबाट ठगिएका जनताले बुझिराखेका छन्। दूधको दूध पानीको पानी यो समितिले दोषीलाई, ठगहरूलाई नेपाली जनता देख्ने गरी कारबाही गरोस्।’ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभाको बैठकमा दिएको अभिव्यक्ति हो।

सहकारीको रकम अपचलन गर्ने र बचतकर्तालाई बिल्लिबाठ बनाउने ठगहरूको खोजीखोजी कारबाहीको सिफारिस गर्न प्रतिनिधिसभाले सात सदस्यीय समिति गठन गरेको छ। समिति गठन भएको एक साताभित्र काम सुरु गर्ने भने पनि सहसचिव स्तरका कर्मचारी, कार्यकक्ष, लगायतको व्यवस्थापनका नाममा समय घर्किरहेको छ।

तीन महिनाको कार्यविधि पाएको समितिले एक साता बिताउन लाग्दा समेत कामको तालिका बनाएको छैन भने काँग्रेस महामन्त्री गगन थापाले भने जस्तो समितिमा बोलाएर बयान लिने सम्भावित व्यक्तिहरूको सूचिमा छलफल भएको छैन।

ठगहरू सहकारीको रकम अपचलन गरेर उम्किँदै आएका छन्। १ अर्ब ५१ करोड भन्दा बढी रकम अपचलन गरेको उजुरीका आधारमा काँग्रेस काभ्रेका नेता सीबी लामा पक्राउ परेका छन्। उनी कान्तिपुर सेभिङ एन्ड कोअपरेटिभका अध्यक्ष थिए। उनको सहकारीमा तेमाल गाउँपालिकाका स्थानीय रोजगार थिए।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले गरे प्रश्न : व्यवस्था बदलिए पनि अवस्था उस्तै किन?

ठगहरू कुनै एउटामा मात्र सीमित छैनन्। हुँदाहुँदा मानवअधिकारको नाममा समेत ठगी भएको पाइएको छ। कानुन विपरीत लिङ्ग परिवर्तन गरेकालाई मन्त्रिपरिषद्को निर्णयबाट नागरिकता दिने गरिएको छ।

संशोधित नागरिकता ऐन २०८० मा पुरुष, महिला र अन्य उल्लेख गरेर नागरिकता दिने व्यवस्था छ। लिङ्ग परिवर्तनको शब्द नै उल्लेख छैन। तर, सरकार भने लिङ्ग परिवर्तन गरेकालाई नागरिकता नै दिइरहेको छ।

गैरसरकारी संस्थामार्फत लिङ्ग परिवर्तन गर्न उक्साउनेहरूले स्वअनुभूतिका आधारमा छोरा जन्मेकाले छोरीको र छोरी जन्मेकाले छोराको नागरिकता पाउनुपर्ने माग समेत सरकारले सुनिरहेको छ। तर, जवाफ दिन सकेको छैन। सरकार जवाफविहीन भएर बस्नै मिल्दैन। ठगहरूको चङ्गुलमा परेर लिङ्ग परिवर्तन गरेका दुई जनाको मृत्यु नै भएको छ।

लिङ्ग परिवर्तन गरेका र हर्मोन लिएकाहरू रिसले चुर भएर जीवन बिताइरहेका छन्। राम्रो नराम्रो कुनै प्रवाह नगरी आक्रमणमै उत्रने गरेका छन् हर्मोन लिएका र लिङ्ग परिवर्तन गरेकाहरू। हर्मोन नशा हो। यसले स्वस्थ शरीरलाई अस्वस्थ बनाउने थाहा हुँदा हुँदै परिवार नियोजन सङ्घमा हर्मोन क्लिनिक नै सञ्चालन भएको छ। मिलीभगतमा क्लिनिक सञ्चालन गरेको समाचार पहिचान अनलाइनमा प्रकाशित भएपछि समुदायका एक सदस्यको भनाईमा ठगहरू मिडियामाथि नै आक्रामक भएका थिए।

नेपालको सर्वे गर्ने छलफल भुटानमा गरेकाहरूको समूहले मानवअधिकारका नाममा अर्को मानवमाथि शोषण गर्न दातृ निकायको रकम दुरुपयोग गरेका छन्। त्यसको छानबिन हुनुपर्ने माग लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले गरेका छन्। तर, छानबिन गरेर दोषीलाई कारबाही गर्न राज्यका निकाय भने अग्रसर हुन सकेका छैनन्।

सहकारी ठग खोज्ने संसदीय समिति जस्तै दातृ निकायको रकम दुरुपयोग गरेर गलत पहिचान दिलाउन खोज्नेहरूमाथि पनि छानबिन हुनुपर्ने माग समुदायका सदस्यहरूले गरेका छन्। उनीहरूले दातृ निकायसम्मलाई आफ्नो गुनासो पुर्‍याएको बताएका छन्।

लहलहैमा हर्मोन र यौन अङ्ग प्रत्यारोपण नगर्न भुक्तभोगीले दिए सुझाव

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.