प्रधानमन्त्रीले दिए निर्देशन, मन्त्रीहरूलाई चर्चा बटुल्ने हतारो

प्रधानमन्त्रीले दिए निर्देशन, मन्त्रीहरूलाई चर्चा बटुल्ने हतारो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कीर्तिपुरको क्रिकेट मैदानलाई ३०० दिनभित्र सुविधा सम्पन्न रङ्गशाला बनाउने घोषणा गरेको छ। नयाँ सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले कीर्तिपुर मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउन तीन सय दिनको समयसीमा तोकेको हो।

जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ।

मन्त्री परिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ८२ साल असार मसान्तसम्म सडक बालबालिका मुक्त बनाउने लगायतका निर्णय भएको जानकारी दिए।

जाजरकोट भूकम्पबाट प्रभावितलाई दोस्रो र तेस्रो किस्ता बापतको रकम उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ। चौथो पटक प्रधानमन्त्री बनेका एमाले अध्यक्ष ओलीले मन्त्रालयबीचको समन्वय नहुँदा देखिने समस्या समाधान हुने गरी काम गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले एक महिनाभित्र फरक काम गरेर देखाउन निर्देशन दिएका सञ्चारमन्त्री गुरुङले जानकारी दिए।

यसअघि हरेक विषयमा बोलेर गफाडी प्रधानमन्त्रीको उपमा पाएका ओलीले सोमबार भने कुनै प्रतिक्रिया जनाएनन्।

नवनियुक्त मन्त्रीहरूलाई चर्चा बटुल्न हतारो देखिएको छ। कृषि तथा पशुपक्षी मन्त्रीलाई भने पहिलो गाँसमै ढुङ्गा लागेको छ। नयाँ मन्त्रीहरूले काम नदेखेसम्म कतै पनि खादा माला नलगाउने घोषणादेखि अध्ययन कार्यदल गठन, कार्यविधि स्वीकृतसम्मका निर्णय नवनियुक्त मन्त्रीहरूले गरेका छन्।

नवनियुक्त गृहमन्त्री रमेश लेखकले चितवनको सिमलतालमा गएको पहिरोबारे अध्ययन गर्न समिति गठन गर्ने पहिलो निर्णय गरेका छन्। उनले सहसचिव छवि रिजालको संयोजकत्वमा समिति गठन गरेका हुन्।

३ सुरक्षा निकाय र भौतिक मन्त्रालयका प्रतिनिधि रहने कार्यदलले राहत र व्यवस्थापनबारे अध्ययन गरेर १० दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश पाएको गृहमन्त्री लेखकले बताए।

पहिलो पटक सांसद बनेकै बेला स्वास्थ्यमन्त्रीको बागडोर सम्हाल्ने मौका पाएका काँग्रेसका युवा नेता प्रदीप पौडेलले देखिने गरी काम नगरेसम्म खादामाला नलगाउने घोषणा गर्दै चर्चा बटुल्ने प्रयास गरेका छन्। उनले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०८१ र स्वास्थ्य बिमा सुधारसम्बन्धी कार्यविधि बनाउने पहिलो निर्णय गरेका छन्।

काँग्रेसकाबाटै कृषिमन्त्री बनेका रामनाथ अधिकारीलाई भने पहिलो गाँसमै ढुङ्गा लागेको छ। धादिङ–२ बाट प्रतिनिधि सभामा निर्वाचित भएका नवनियुक्त मन्त्री अधिकारीले पदभार अगाडी नै आन्दोलनरत कर्मचारीको सामना गर्नुपरेको हो।

मन्त्रालयको प्रवेशद्वारमा एक सयको हाराहारीमा कर्मचारीले वृत्ति विकासको माग गर्दै १६ दिनदेखि धर्ना दिँदै आएका छन्। सरकारले घोषणा गरेको कृषि दशकमा लगानी जुटाउने सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका उनले कृषि क्षेत्रको प्राथमिकताबारे अध्ययन थाल्ने सुनाए।

आठौँ पटक मन्त्री बन्दा पाँचौँ पटक अर्थ मन्त्रालयको बागडोर सम्हालेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको आत्मविश्वास बढाउने गरी सरकारले आफ्ना काम अघि बढाउने प्रतिबद्धता जनाए। सार्वजनिक (विकास) वित्तका नयाँ विकल्प खोज्नका लागि अध्ययन गर्न समिति नै बनाउने पहिलो निर्णय गरेका पौडेलले सरकारको कार्यक्रम लागू गर्ने क्रममा बजेट बाधक नबन्ने बताए।

अर्का, उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक नियुक्तिमा पिआर नलिएको घोषणा गर्नुपर्ने कानुन बनाइने पहिलो निर्णय गरेका छन्। मन्त्रालयअन्तर्गतका निकायमा हुने राजनीतिक नियुक्तिसम्बन्धी कार्यविधि र मापदण्डमा अन्य देशको पिआर नलिएको स्वघोषणा गर्नुपर्ने सहितको कानुन परिमार्जनको सहमतिका लागि कानुन मन्त्रालयमा पठाउने सम्बन्धी फाइलमा उनले हस्ताक्षर गरेका छन्।

जसपाबाट खानेपानीमन्त्री बनेका प्रदीप यादवले वर्तमान सरकार लामो समय चल्ने दाबी गरेका छन्। अहिलेको सरकारलाई उनले डबल इन्जिनको सरकार भनेका छन्।

उनले डबल इन्जिनको सरकारलाई पछाडिबाट अर्को इन्जिनले पनि साथ दिइरहेकोले यो सरकार लामो अवधिसम्म जाने तर्क गरे। एमालेबाट सञ्चारमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले भने पपुलर हुनको लागि मात्रै नबोल्ने सुनाए।

उनले पहिलो निर्णयको रूपमा डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गरेर सूचना प्रविधि सम्बद्ध निकायको पुनर्संरचना गर्ने निर्णय सदर गरे। प्राध्यापन छोडेर राजनीतिमा होमिएकी एमाले नेतृ विद्या भट्टराईलाई शिक्षा विज्ञान तथा प्रविधिमन्त्रालय सम्हाल्ने अवसर मिलेको छ। दोस्रो पटक सांसद र पहिलो पटक मन्त्री बनेकी भट्टराईले इमान्दारीता पूर्वक जनताप्रति जबाफदेही भएर काम गर्ने प्रतिबद्धता जनाइन।

अर्की महिलामन्त्री आरजु राणाले आफूले पाएको जिम्मेवारी इतिहासै पहिलो ठुलो जिम्मेवारी भएको भन्दै यसलाई सही रूपमा सदुपयोग गर्दै लैजाने बताइन। परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएकी काँग्रेसका नेतृ राणाले परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ गर्दै लैजानुपर्ने जिकिर गरे।

उनले हमास आक्रमणमा बेपत्ता विपिन जोशीको खोजी गरी फिर्ता ल्याउन पहल गर्ने पनि बताइन। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न र आउँदो पेरिस ओलम्पिक २०२४ का लागि छनोट भएका खेलाडीहरूको सहभागिता व्यवस्थित गर्न निर्देशन दिएर

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.