निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

बङ्गलादेशमा बिजुली बेच्ने तयारी अनिश्चित

बङ्गलादेशमा बिजुली बेच्ने तयारी अनिश्चित

105
SHARES

काठमाडौं : नेपाल र बंगलादेशबीच हुने भनिएको बिद्युत् व्यापार सम्झौता अन्योलमा परेको छ। नेपालले बङ्गलादेशसँग २४ सै घण्टा बिद्युत् उपलब्ध गराउने गरी ४० मेगावाट बराबरको बिद्युत् निर्यात गर्ने तयारी भए पनि पछिल्लो घटनाक्रमलाई देखाएर नेपालसँगको बिद्युत् व्यापार सम्झौताबाट बङ्गलादेश पछि हटेको छ।

बङ्गलादेशमा बिद्युत् पुर्‍याउन भारतको पनि सहमति आवश्यक रहेकाले नेपालले त्रिपक्षीय सम्झौता गर्नु पर्नेछ। नेपालको बिजुली बेचेर विदेशी रकम नेपाल भित्र्याउन नेपाल बिद्युत् प्राधिकरण निकै आतुर रहेको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए।

बङ्गलादेशसँग गर्न लागेको बिद्युत् व्यापार सम्झौता तत्काल रोकिए पछि दुई मुलुक बीचको बिद्युत् व्यापार अनिश्चित बनेको छ। तर नेपाली पक्ष भने सम्झौताकालागि तयारी अवस्थामा बसेको छ। बङ्गलादेशले चाहेमा सहमति गर्न नेपाल बिद्युत् प्राधिकरण तयारी अवस्थामा रहेको प्रवक्ता घोषले बताए।

दुवै मुलुकले निकै महत्त्व दिएर सुरु गर्न लागिएको बिद्युत् व्यापार सम्झौतामा भारतीय ग्रिड तथा प्रसारण लाइन प्रयोग गर्ने तयारी भइरहेको यो विद्युत् सम्झौता सार्क क्षेत्रमा महत्त्वपूर्ण मानिएको छ।

बङ्गलादेशले बर्षायाममा प्रति युनिट ८ रुपैयाँ ६ पैसाका दरले नेपालबाट बिद्युत् किन्न लागेको हो। प्राधिकरणले २४ सै घण्टा बिना अवरोध बङ्गलादेशमा बिद्युत् पठाउन प्राविधिक रूपमा तयार रहेको जनाएको छ।

नेपालले बिजुली बेचेबापत बङ्गलादेशबाट मासिक २४ करोड ७६ लाख ८० हजार रुपैयाँ आम्दानी गर्न सक्ने घोषले जानकारी दिए। ६ महिनामा नेपालले बिजुली बेचेरै १ अर्ब ४८ करोड ६० लाख ८० हजार रुपैयाँ आम्दानी गर्ने प्राधिकरणको तथ्याङ्क छ।

दमौली सबस्टेशन निर्माणका लागि सम्झौता

मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीले नयाँ दमौली सबस्टेशन निर्माणका लागि झन्डै ३९ करोड रुपैयाँको सम्झौता गरेको छ। अमेरिकी दूतावासका अनुसार ४०० केभिए नयाँ दमौली सबस्टेशन निर्माणका लागि एमसीसीले एमसिए नेपालसँग ३८ करोड ८ लाख ९० हजार रुपैयाँको सम्झौता गरेको हो।

योसँगै एमसीसीले नेपालमा ३ ओटा ४०० केभिए सबस्टेशनका लागि सम्झौता प्रक्रिया पुरा गरेको जनाएको छ। नयाँ दमौली सबस्टेशनले रातमाटे, लेखनाथ, र नयाँ बुटवल सबस्टेशनहरूबाट उत्पादित बिद्युत् बिक्रीका लागि ट्रान्जिट पोईन्टको काम गर्नेछ।

एमसीसीले समावेशी र दिगो आर्थिक वृद्धिको माध्यमबाट नेपालमा गरिबी घटाउने कार्य गर्दै आएको दाबी गरेको छ। नेपालसँगको सहकार्यमा ७७ वर्ष पुरा गरेको अवसरमा अमेरिकाले नेपालमा थप सहकार्य गर्ने बताएको छ।

समाचार शेयर गर्नुहोस्
105
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.