सहकारी काण्ड र तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पक्राऊ पर्ने हल्लाले देशको राजनीति गर्माएको छ। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी छानबिन प्रतिवेदनमा टेकेर मत विभाजन भएको छ।
एकथरी रबी दोषी हो यसलाई ठोक्ने पर्छ, सिद्ध्याउनै पर्छ भनेर न्वारानदेखिको बल लगाएर लागी परेको छ। अर्को पक्ष रविलाई देवत्वकरण गर्नमै व्यस्त छ। यी खेल जे भए या जे का लागी भए पनि अन्तिम फैसला अदालतको होइन र? कि जसको शक्ति उसैको भक्ति हो?
नेपाली जनताको रगत र पसिना चुसेर सहकारीको घोटाला गर्ने जो सुकैलाई पनि कारबाही हुनुपर्छ। यहाँ रबीलाई मात्र दोषी देखाएर यो प्रतिवेदनले के अरू चैँ सबै सही छ भन्ने देखाएको हो? सरकारले यो घटनालाई यतीमै बिट मार्न लाग्या हो? यो हरेक नेपाली जनताको मनको प्रश्न हो। छानबिन समिति गहिर्याइमा पुग्न नसक्नु नै यो समिति र प्रतिवेदनको औचित्य नभएको हो। यसरी जनता भुलाउने काम गर्नु हुन्न।
फेरी रविले पनि सहज गिरफ्तारी दिने अनि रास्वपाले अन्य दलसँग मिलेर सदन र सडकबाट खबरदारी गर्ने हो भने यो काण्डको जड सम्म पुग्न सकिन्थ्यो कि? एउटा स्वतन्त्र आयोग बनाएर सबै काण्डको छानबिन होस भनेर सडक र सदन तताउने हो भने सरकार यसै गल्छ र समिति पनि बन्छ, बन्नै पर्छ त्यसपछि त सबै प्रणामी भ्रष्टहरू यसै नै कर्यापझ्याप भइहाल्न नि।
यसपालिको छानबिन समिति एउटा काण्डको मात्र होइन हरेक काण्डको छानबिन गर्न स्वतन्त्र समिति बन्नु पर्छ भनेर माग गर्नु पर्छ। यसो गर्दा रवि र उसको पार्टीकै उचाइ बढ्छ होइन र? सबिताहरू जस्तो एक से एक वकिल त ऊ सँगै छन्। कि राजनीतिमा यसो गर्नु पाप हो?
यो घटनाले दीर्घकालीन असर त नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापालाई नै पर्छ। फेरी किन उनले र उनको पार्टीले क्षणिक पलको सुखी मनाइरहेछ? थापा देउवाको कट्टर आलोचक हुन। दुई वर्ष पछि जसरी भए पनि यिनलाई प्रधानमन्त्री हुनबाट रोक्नु छ। रविलाई जसरी भए पनि एकै मिनेटका लागि भए पनि घोक्रेठ्याक लगाउनु छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफू देशमा नभएको समय यो कदम चाल्न गृहमन्त्रीलाई सुटुक्क निर्देशन दिए र उनी अमेरिका लागे।
थापाले यो किसिमको बाल हट गर्नु उनका लागी विष सेवन जत्तिकै हो। उनले समयमै यो कुरा बुझेनन्। सहकारी ठगी भन्दा पनि रविले उनका नजिकका पात्रहरू चोरेको आवेगको प्रतिसोध हो यो। यसो गर्दा स्वर्णिमहरू पनि दुरुत्साहित हुन्छन् भन्ने सोचले र आफू नै सही हु भन्ने प्रमाणित गर्न पनि थापाले यो कदम चाले।
के यो प्रतिवेदन पछि राम राज्य बन्यो त? सहकारीको समस्या निमिट्यान्न भयो त? होइन भने यो पनि भुटानी शरणार्थी, ओमनी, गिरिबन्धु जस्तै अर्को एउटा स्टन्ड र काण्ड मात्र हो। यही बेला हो नेपाली जनताले यी सब काण्डलाई अन्तिममा पुर्याउन खबरदारी गर्ने समय, नत्र त उही यो पनि एउटा घटना बन्ने छ। जनताको उही हरिबिजोग?
यो र यस्ता घटनाले गर्दा देश भित्र मात्र होइन बाहिर पनि गहिरो प्रभाव पार्छ। जस्तै न्युयोर्कमा प्रम ओली तथा परराष्ट्रमन्त्री आरजुको कार्यक्रम अन्तिम समयमा आएर बिथोलिनु या कार्यक्रम नै हुन नसक्नु कतिको विडम्बना हो? यस्तो लज्जाबोध किन हुन्छ? बरु नेपाली राजनीति भन्दा त भुटानी अमेरिकनहरूले उदाहरणीय बनेर देखाए त।
देशनै निकाला गर्ने राज्यको प्रम छिरिङ तोग्बे अमेरिका आउँदा उनीहरूले मौन रहेरै भए पनि कानुनी राज्यको इज्जत त बचाए। नत्र के २-३ गाडी मानिस गएर मुर्दावादको नारा र कालो झन्डा देखाउन सक्दैनन् थिए र? यसो गर्दा दुवै तर्फ झन् उत्तेजित हुन्छन् र पुन प्रतिसोधको राजनीति भन्दा अन्य केही हुन्न। यो घटनाले पनि नेपाली राजनीतिज्ञले प्रतिसोधको राजनीति भुल्नै पर्छ।
विदेशलाई देश मान्न बाध्य नेपालीहरू यसरी आफ्नै देशको अभिभावक आउँदा यो हर्कत देखाउनाले देशको झन् बदनाम हुन्छ र यस्तो हर्कत कसैले पनि गर्नु हुन्न। यी सबै कुराको पाठ सिकेर विभिन्न काण्डहरूको जरै देखि देश विकास र स्वाभिमानको लडाइमा नेपालीहरूले संसारका हरेक कुनाबाट जुट्नु पर्छ, पशुपतिनाथले नेपालीहरूको कल्याण गरुन्।
लेखक : अमेरिकास्थित भुटानी पत्रकार हुन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.