टिकटकले ब्रान्ड बनेको अन्जनाको अचार, १२ जनालाई नियमित रोजगारी

टिकटकले ब्रान्ड बनेको अन्जनाको अचार, १२ जनालाई नियमित रोजगारी

काठमाडौँ : ‘लकडाउनको बेलामा काम केही भएन। टिकटक चलाउने गर्थे। त्यही आफूले बनाएको अचारको भिडियो राखे। अरूलाई पनि चखाउन अनुरोध आयो। सुरुमा १०/१५ किलो आँपको अचार बनाएर बिक्री गरे। हाल १५ हजार किलो आँपको अचार बिक्री गर्छु।’

घरको स्वाद अन्जनाको अचार ब्रान्ड बनेको छ अहिले। चन्द्रनिगाहपुर, धनगढी, इटहरी हुँदै अस्ट्रेलियामा समेत अचार निर्यात गर्न थालेकी छन् अन्जना अर्यालले। अहिले उनको अचार उद्योगमा १२ जना नियमित काम गर्छन्।

आँप, लप्सी, तामा, गुन्द्रुक, मुला, निबुवा, खुर्सानी सहित २०/२२ थरीका अचार बनाएर बजारमा पठाउने गरेको अन्जना बताउँछिन्। अमेरिका, जापानबाट पनि अचारको माग आएको उनी सुनाउँछिन्।

अचार बनाउन आवश्यक पर्ने कच्चा पदार्थ उनले सोझै किसानबाट किन्ने गरेको बताइन। काटकुट गर्नुपर्ने समयमा २०/२५ जनालाई रोजगारी दिने गरेको उनले सुनाइन। ‘नियमित काम गर्ने १२ जना छन्,काटकुट धेरै गर्नु पर्ने बेला २० २५ जनासम्म काम गर्ने हुन्छन्,’उनले भनिन्,’अझ धेरैलाई रोजगारी दिन सकौँ भन्ने इच्छा छ।’

उनको अचार व्यवसाय टिकटकमा भिडियो राखे पछि सुरु भएको हो। ‘निरन्तर भिडियो राख्दै रिच धेरैमा पुग्छ,निरन्तरता भने दिनुपर्छ,’उनले भनिन्,’सानोबाट सुरु गरेको हो,निरन्तरता दिन सक्नु पर्‍यो, सफलता पाइन्छ।’ मेसिनको प्रयोग नगरी हातैले बनाएको अचारको माग बढ्दै जाँदा उत्साह थपिएको उनले बताइन।

उनका लागि सामाजिक सञ्जाल टिकटक अचार बिक्री गर्ने गतिलो माध्यम बनेको छ। उनको अनुभव अनुसार साना तथा मझौला व्यवसायलाई सशक्त बनाउन टिकटक उपयोगी बन्दै गएको छ। टिकटकबाट ब्रान्ड भिजिबिलिटी बढाउन, युवा वर्गसँग जोडिन र आफ्ना उत्पादन र सेवाहरूलाई रचनात्मक रूपमा प्रदर्शन गर्न सकिनेछ।

टिकटक आकर्षक प्लेटफर्म भएका कारण साना व्यवसायहरूले ग्राहकहरूसम्म पुग्न ठुलो लगानी गर्नु पर्दैन। टिकटकको कम्युनिटी गाइडलाइन्स, प्लेटफर्ममा उपलब्ध सुरक्षा सुविधा र कन्टेन्ट मोडरेसन प्रक्रियाको बारेमा भने जानकारी हुनुपर्छ।

टिकटकले साना र मझौला व्यवसायका लागि नेटवर्किङ अवसर दिएको छ। टिकटक छोटो आकारको मोबाइल भिडियोको लागि अग्रणी गन्तव्य हो। टिकटकका लस एन्जलस, न्यूयोर्क, लन्डन, पेरिस, बर्लिन, दुबई, सिंगापुर, जाकार्ता, जोहानेसबर्ग, सियोल र टोकियो सहित विश्वभरि नै कार्यालयहरू छन्।

नेपालमा दर्ता गर्ने प्रक्रिया सुरु गरेको टिकटक केही समय बन्द हुँदा अन्जनाको अचार व्यवसायमा कस्तो असर गर्‍यो? अहिले कस्तो छ? भनेर गरिएको कुराकानी सुन्नुहोस्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.