बाढी पहिरोको क्षतिबाट ९ अर्ब ५४ करोडको बीमा दाबी, किन बढ्यो सरेण्डर? (कुराकानी)

बाढी पहिरोको क्षतिबाट ९ अर्ब ५४ करोडको बीमा दाबी, किन बढ्यो सरेण्डर? (कुराकानी)

काठमाडौँ : असोज १० गतेदेखि अविरल वर्षाको कारणले भएको क्षतिबाट ९ अर्ब ५४ करोड ६१ लाख ८२ हजार ६३५ रुपैयाँ बीमा दाबी परेको छ। ३ हजार ३०६ वटा दाबी परेको २६१ वटा दाबीको ३० करोड ३६ लाख ५४ हजार ५६२ रुपैयाँ भुक्तानी भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ।

सिद्धार्थ प्रिमियर इन्स्युरेन्सले २ अर्ब ६ करोड ५९ लाख ८४ हजार ५६९ रुपैयाँ दाबी परेकोमा ४ करोड १७ लाख ८१ हजार ८५१ रुपैयाँ भुक्तानी गरेको छ। दि.ओरिएन्टल इन्स्युरेन्सले १ अर्ब ४५ करोड ६९ लाख १६ हजार रुपैयाँ दाबी परेकोमा ३९ लाख ४ हजार ४७५ रुपैयाँ भुक्तानी गरेको छ।

शिखर इन्स्युरेन्स कम्पनीले ९८ करोड ८१ लाख ४७ हजार ५४९ रुपैयाँ दाबी परेकोमा २१ करोड ५० लाख ४२ हजार ४४० रुपैयाँ भुक्तानी गरेको छ। बीमा प्राधिकरणले सार्वजनिक गरेको कार्तिक ६ गतेसम्मको विवरण अनुसार नेको इन्स्युरेन्सले ९८ करोड २२ लाख २५ हजार ९३४ रुपैयाँ दाबी परेकोमा २ लाख १९ हजार २६९ रुपैयाँ भुक्तानी गरेको छ।

हिमालयन एभरेस्ट इन्स्युरेन्सले ९७ करोड ३४ लाख ४५ हजार ५८६ रुपैयाँ दाबी परेकोमा १ करोड ५५ लाख ३३ हजार ४५८ रुपैयाँ भुक्तानी गरेको छ। सगरमाथा लुम्बिनी इन्स्युरेन्सले ६६ करोड ८१ लाख ४७ हजार ७११ रुपैयाँ दाबी परेकोमा १ करोड १९ लाख ५४ हजार ५७५ रुपैयाँ भुक्तानी गरेको छ।

नेशनल इन्स्युरेन्सले ५६ करोड ४८ लाख ९७ हजार २९६ रुपैयाँ दाबी परेकोमा २२ लाख ५३ हजार ८९९ रुपैयाँ भुक्तानी गरेको छ। एनएलजी इन्स्युरेन्सले ४६ करोड ५० लाख ५ हजार ५६९ रुपैयाँ दाबी परेकोमा भुक्तानी शून्य रहेको छ। आइजिआई प्रूडेन्सियल इन्स्युरेन्सले ३६ करोड ७९ लाख ४५ हजार ८०५ रुपैयाँ दाबी परेकोमा ३२ लाख ४ हजार २५८ रुपैयाँ भुक्तानी गरेको छ।

नेपाल इन्स्युरेन्स कम्पनीले ३६ करोड २३ लाख ३२ हजार ३९ रुपैयाँ दाबी परेकोमा ३२ लाख ४ हजार २५८ रुपैयाँ भुक्तानी गरेको छ। सानिमा जिआईसी इन्स्युरेन्सले २५ करोड ९३ लाख ९६ हजार ६७७ रुपैयाँ दाबी परेकोमा १ करोड ३२ लाख १६ हजार ५९४ रुपैयाँ भुक्तानी गरेको छ।

राष्ट्रिय बीमा कम्पनीमा २० करोड ६७ लाख रुपैयाँ दाबी परेको छ। तर, भुक्तानी शून्य रहेको छ। युनाइटेड अजोड इन्स्युरेन्सले १२ करोड ५४ लाख ४० हजार रुपैयाँ दाबी परेकोमा ४२ हजार ५० रुपैयाँ भुक्तानी गरेको छ।

प्रभु इन्स्युरेन्सले ५ करोड ३४ लाख ७२ हजार ९०० रुपैयाँ दाबी परेकोमा ११ हजार ६९१ रुपैयाँ भुक्तानी गरेको छ। स्टार माइक्रो इन्स्युरेन्समा ३५ लाख १५ हजार, ट्रस्ट माइक्रो इन्स्युरेन्समा १५ लाख २० हजार, नेपाल माइक्रो इन्स्युरेन्समा ८ लाख ५० हजार र प्रोटेक्टिभ माइक्रो इन्स्युरेन्समा २ लाख ४० हजार रुपैयाँको दाबी परेको छ। तर, भुक्तानी शून्य रहेको छ।

बीमालेख अनुसार ९ अर्ब ५४ करोड ६१ लाख ८२ हजार ६३५ रुपैयाँ दाबी परेकोमा कार्तिक ६ गतेसम्म ३० करोड ३६ लाख ५४ हजार ५६२ रुपैयाँ भुक्तानी भएको छ। सम्पत्ति बीमा, इन्जिनियरिङ तथा ठेकेदार जोखिम, मोटर बीमा (निजी), मोटर बीमा (सार्वजनिक) सामुद्रिक बीमा, कृषि बाली बीमा, पशुपन्छी बीमा र विविध शीर्षकमा ३ हजार ३०६ वटा दाबी परेकोमा २६१ वटाको भुक्तानी भएको विवरण प्राधिकरणले सार्वजनिक गरेको छ।

***

बीमा प्राधिकरणले शुक्रवार सार्वजनिक गरेको कार्तिक २१ गतेसम्मको दाबी भुक्तानी विवरण :

सरेण्डर गर्नेको सङ्ख्या बढ्यो

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ अर्ब ८२ करोड ४६ लाख ६० हजार बराबरको बीमा पोलिसी सरेण्डर (त्याग) भएको छ। १४ वटा बीमा कम्पनीहरूले जारी गरेको बीमालेख मध्ये २८ हजार ५७ जना बिमितले आफूले किनेको बीमा पोलिसी त्याग गरेको हुन्।

अस्वस्थ प्रतिस्पर्धा, जबरजस्ती बिक्री र विमितलाई प्रलोभनमा पारेर गरिने बीमाका कारण सरेण्डर गर्ने बिमीतको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ। मान्छेसँग खर्च गर्ने पैसा छैन। आर्थिक मन्दी चलिरहेको छ। खर्च गर्ने पैसा निकाल्नका लागि पनि बिमितले बीमा पोलिसी सरेण्डर गरेको हुन सक्ने प्राधिकरणका निर्देशक एवं प्रवक्ता सुशिल देव सुवेदीले बताए।

आवश्यकता भन्दा बढीको बीमा गर्ने बिमितले पनि सरेण्डर गरेको देखिएको छ। ‘सरेण्डर राम्रो कुरा होइन बीमा क्षेत्रका लागि,’प्रवक्ता सुवेदीले भने,’यसलाई नियन्त्रण गर्नुपर्छ।’

प्राधिकरणले सरेण्डरकै लागि छुट्टै रणनीति बनाउनु पर्ने आवश्यकताबारे छलफल गर्ने तयारी समेत गरेको छ। ‘छुट्टै रणनीति आवश्यक पर्छ कि पर्दै भनेर अध्ययन गर्छौ,आवश्यक छ भने निर्देशन दिन सक्छौँ,’उनले भने,’तर अहिले सरेण्डरको विषयमा हामी अध्ययनकै चरणमा छौँ।’

उनले गच्छे अनुसार बीमा गर्न आग्रह गरे। आफूले निरन्तर प्रिमियम तिर्न सक्ने आफ्नो क्षमता भित्र रहेको रकमको मात्र बीमा गर्न उनले सुझाव दिए। त्यसो भएमा सरेण्डर गर्नु पर्ने अवस्था लगभग नहुने उनले बताए। ‘सिजनल कमाई हुनेहरूले अहिले धेरै कमाई भए पछि ठुलो बीमा गर्नुहुन्छ,एक दुई वर्ष पछि त्यो कमाई हुँदैन,त्यसपछि सरेण्डर गर्नुहुन्छ,’उनले भने,’हामीले क्षमता अनुसारको मात्रै बीमा गर्‍यौ भने पनि सरेण्डर भन्ने कुरा ९० प्रतिशत आफैँ रोकिन्छ।’

कुराकानी सुन्न क्लिक गर्नुहोस्

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.