निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

तेस्रोलिंगी मैत्री शौचालय बनाउने बालेनको योजना

तेस्रोलिंगी मैत्री शौचालय बनाउने बालेनको योजना

144
SHARES

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले अपाङ्गता र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मैत्री शौचालय निर्माण गर्ने भएको छ।

महानगरका प्रमुख बालेन शाहले अपाङ्गता भएका व्यक्ति र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (समलिङ्गी, तेस्रोलिंगी, अन्तरलिंगी) मैत्री शौचालय बनाउनु पर्ने आवश्यकता रहेको बताए।

उनले आजको भोलि नै शौचालय बनाउन भने नसकिने बताए। ‘अरू शौचालय नबनाउने भन्ने होइन। अपाङ्गता फ्रेण्ड्ली शौचालय बनाउनु पर्छ। एलजीबीटीक्यू फ्रेण्ड्ली शौचालय बनाउनु पर्छ,’उनले भने,’अहिले भएका सरकारी स्कुलका शौचालयहरूलाई यति उत्कृष्ट बनाउनु पर्छ कि बल्ल विद्यार्थीलाई पढौँ जस्तो लागोस्।’

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मैत्री शौचालय बनाउने बालेनको अभिव्यक्तिलाई संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले सराहना गरेका छन्।

बालेनको अभिव्यक्ति सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै पन्तले बालेन र काठमाडौँ महानगरपालिकाले अपाङ्गता र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय मैत्री शौचालय निर्माण गर्ने कुराको सराहना गरे।

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षका लागि २५ अरब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो। यसमध्ये २०८१ पुस ११ गतेसम्ममा ४ अरब १ करोड ४ लाख ५६ हजार रुपैयाँ खर्च भएको महानगरपालिकाले जनाएको छ।

यो रकम विनियोजनको १६.१० प्रतिशत हो। खर्चलाई प्रतिशतमा हेर्दा चालुतर्फ २३.५८ प्रतिशत र पुँजीगततर्फ १०.९२ प्रतिशत भएको छ। यस अवधिमा पूर्वाधार विकासमा १२.१३ प्रतिशत, आर्थिक विकासमा २४.१८ प्रतिशत, सामाजिक विकासमा १२.२३ प्रतिशत खर्च भएको छ। त्यसै गरी सुशासन तथा अन्तरसम्वन्धित क्षेत्रमा ७.९२ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ३६.५४ प्रतिशत खर्च भएको काठमाडौँ महानगरले जनाएको छ।

तेश्रोलिंगी मैत्री शौचालय निर्माण विना खुल्ला दिशा मुक्त क्षेत्र घोषणा नहुने

संयुक्त राष्ट्र संघले पहिलो पटक नेपालमा बनायो लैंगिक मैत्री शौचालय

समाचार शेयर गर्नुहोस्
144
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.