संयुक्त राष्ट्र संघले पहिलो पटक नेपालमा बनायो लैंगिक मैत्री शौचालय

संयुक्त राष्ट्र संघले पहिलो पटक नेपालमा बनायो लैंगिक मैत्री शौचालय

ललितपुर (पहिचान) भदौ ८ – संयुक्त राष्ट्र संघको नेपाल कार्यालयले लैंगिक तथा अपाङमैत्री शौचालय निर्माण गरेको छ । नेपालको संबिधानमा यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार सुनिश्चित भएको भन्दै राष्ट्र संघको नेपाल कार्यालयले लैंगिक तथा अपाङमैत्री शौचालय निर्माण गरेको हो । शौचालय आजै देखि प्रयोगमा ल्याइएको छ ।

UNDPशौचालयको राष्ट्र संघीय विकास कार्यक्रमका निर्देशक रेनो मेअर, आवासिय प्रतिनिधि भेलरी जुलियाण्ड, सहायक प्रशासक जेन्स वाण्डेलले संयुक्त रुपमा उद्धघाटन गरे । शौचालय प्रयोगमा ल्याउनु अघि भएको कार्यक्रममा राष्ट्र संघीय विकास कार्यक्रमका निर्देशक रेनो मेअरले फरक पहिचान भएका व्यक्तिको पनि अरु सरह समान अधिकार स्थापित गर्नुपर्नेमा जोड दिए । तेस्रोलिंगीका लागि छुट्टै शौचालय नुहँदा समस्या भोग्नु परेको गुनासो आइरहेकाले राष्ट्र संघको नेपाल कार्यालयले तेस्रोलिंगी मैत्री शौचालय निर्माण गरेको मेअरले वताए । यो सांकेतिक हो उनले भने, तेस्रोलिंगी भएकै कारण हुने विभेद, दुरव्यवहार र हिंसा अन्त्य हुनु पर्छ ।

पहिचान अनलाइनसँग कुरा गर्दै मेअरले तेस्रोलिंगी मैत्री शौचालय निर्माण गर्नु धेरै महत्वपुर्ण र राम्रो उदाहारण भएको वताए । राष्ट्र संघको कम्पाउण्डमा यो शौैचालय बन्नु नेपालकै लागि राम्रो हो उनले भने, तेस्रोलिंगीहरुले पनि सजिलो महसुस गर्न पाउनेछन । नेपाली सबै समान हुन भन्दै मेअरले यो उदाहारणबाट सरकारी निकायहरुले पनि पाठ सिक्ने वताए । उनले यो हेरेर सरकारले पनि तेस्रोलिंगी मैत्री शौचालय निर्माण गर्ने र तेस्रोलिंगीहरुले सहज महसुस गर्ने विश्वास व्यक्त गरे ।Manisha

नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले राष्ट्र संघ नेपाल कार्यालयले तेस्रोलिंगी मैत्री शौचालय निर्माण गरेकोमा धन्यवाद दिइन । उनले सबैका लागि शौचालय निर्माण भएपनि तेस्रोलिंगी मैत्री शौचालय त्यति नबनेको बताउँदै सबै ठाउँमा तेस्रोलिंगी मैत्री शौचालय बन्नु पर्नेमा जोड दिइन । तेस्रोलिंगी मैत्री शौचालय नहुँदा तेस्रोलिंगी महिला र तेस्रोलिंगी पुरुष हिंसाको सिकार बन्नु परेको ढकालले वताइन । उनले आफूहरुका लागि सुरक्षित भने तेस्रोलिंगी शौचालयनै हुने वताइन ।

तेस्रोलिंगी मैत्री शौचालय नहुँदा लामो यात्रामा निस्कदा तेस्रोलिंगीहरुले पानी र खाना नखाई भोक भोकै यात्रा गर्नु परेको ढकालको भनाई छ । बस स्टपमा तेस्रोलिंगीका लागि शौचालय हुँदैन पुरुषकोमा जान पनि समस्या महिलाकोमा जान पनि समस्या उनले भनिन्, त्यसैले पानी समेत नखाई यात्रा गर्न तेस्रोलिंगी बाध्य छन् । उनले तेस्रोलिंगी मैत्री शौचालय निर्माणले सरकारलाई दवाव पुग्ने आशा व्यक्त गरिन् । संबिधानमा अधिकार लेखिएको तर कार्यान्वयन पक्ष भने फितलो रहेको अनुभव ढकालले सुनाइन ।

तेस्रोलिंगी एलिन भण्डारीले तेस्रोलिंगी मै शौचालय नहुँदा धेरै अप्ठ्यारो हुने गरेको वताए । सार्वजनिक शौचालयमा जान धेरै तेस्रोलिंगीलाई सकस हुने गरेको भण्डारीले सुनाए । उनले आफू तेस्रोलिंगी पुरुष भएकाले सार्वजकि शौचालय प्रयोग गर्दा अप्ठ्यारो हुने वताए । “जन्मदा म महिला भएर जन्मेको अहिले मेरो पहिचान भन्नुपर्दा म तेस्रोलिंगी पुरुष उनले भने, म महिलाको शौचालयमा जादा विभेद सहनुपर्छ । कुन सार्वजनिक शौचालयमा जाने हामी ?” उनले तेस्रोलिंगीहरुले सहज रुपमा सार्वजनिक शौचालय प्रयोग गर्न पाउनुपर्ने वताए । यसअघि बर्दियामा तेस्रोलिंगी मैत्री शौचालय निर्माण भएको थियो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.