निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

आरजुको गाली बेइज्जती मुद्दा : अमरेशविरुद्ध प्रमाण पेस गर्न आदेश

आरजुको गाली बेइज्जती मुद्दा : अमरेशविरुद्ध प्रमाण पेस गर्न आदेश

279
SHARES

काठमाडौं-काठमाडौं जिल्ला अदालतले परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहविरुद्ध दायर गरेको गाली बेइज्जती मुद्दामा पूर्व आदेश अनुसारको कार्य सम्पन्न गर्ने आदेश दिएको छ। अदालतले यसअघि जस्तै अडियो–भिडियो प्रमाण पेस गर्न पुनः आदेश दिएको हो।

जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेको एकल इजलासले सोमबार पाँचौँ पटक तोकिएको पेशीमा “पूर्व आदेशअनुसारको कार्य सम्पन्न गर्ने” आदेश दिएको अदालत प्रशासनले जनाएको छ।

अदालतले यसअघि पनि गाली बेइज्जतीसम्बन्धी अडियो वा भिडियो प्रमाण पेस गर्न भनिसकेको थियो। तर, प्रमाण पेस नभएकाले अदालतले पुनः अघिल्लो आदेश कार्यान्वयन गर्न भनेको हो।

आरजुले सांसद सिंहले संसदमा “गणतन्त्रकी पम्फादेवी” भन्दै सार्वजनिक रूपमा अपमानजनक अभिव्यक्ति दिएको, विभिन्न टेलिभिजन अन्तर्वार्ताहरूमा आफूलाई भ्रष्टाचारमा संलग्न देखाउने नियतसहित कपोलकल्पित आरोप लगाएको दाबी गरेकी छन्। यस्ता अभिव्यक्तिले आफ्नो व्यक्तिगत र राजनीतिक छवि बिगार्ने नियोजित प्रयास भएको भन्दै उनले अदालतमा मुद्दा हालेकी हुन्।

उनले सांसद सिंहविरुद्ध हदैसम्मको कारबाही गर्न र आफूलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेकी छन्।

अदालतले यसअघि पनि चार पटक मुद्दाको पेशी तोकिसकेको छ। ती पेशीहरूमा बकपत्र लिनेदेखि साक्षी र प्रमाण बुझ्ने प्रक्रिया अघि बढाइएको थियो। तर, प्रमाण पेस हुन बाँकी रहेकाले सोमबारको पेशीमा अदालतले अघिल्लै आदेश दोहोर्‍याएको हो।

सांसद सिंहले यसअघि संसद्को बैठकमा २०६३ सालपछि एक ‘पम्फादेवी’ जन्मिएको, जसले भ्रष्टाचारमा रजाइँ गरिरहेको भन्दै सम्पत्ति र कारोबारको छानबिन हुनुपर्ने माग सार्वजनिक रूपमा राखेका थिए। अब मुद्दाको फैसला अडियो–भिडियो प्रमाणको परीक्षणपछि हुनेछ।

‘गणतन्त्रकी पम्फादेवी’ मुद्दाको पेशी तोकियो

समाचार शेयर गर्नुहोस्
279
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.