आज निर्वाचन भइरहेछ,
केवल मत हाल्ने दिन होइन आज,
आशाको बीउ रोप्ने क्षण हो,
हाम्रो विवेकले सुन्ने क्षण यो,
देशमा सद्भाव रोप्ने पल हो।
आज निर्वाचन भइरहेछ,
औँलाको सानो छाप भित्र
भोलिको सपना लुकेको हुन्छ,
त्यही सपना भित्र हामी सबैको
विश्वासको फूल फुलेको हुन्छ।
आज निर्वाचन भइरहेछ,
आवाजलाई अर्थ दिने दिन हो- यो,
मौनलाई शक्ति दिने दिन हो-यो,
मत केवल कागजमा होइन,
हाम्रो विवेकको परीक्षा हो-यो।
आज निर्वाचन भइरहेछ,
रोजाइ केवल व्यक्तिको होइन,
देशको निर्माण हो बुझ्नुपर्छ,
प्रेम, इमान र उत्तरदायित्व
हाम्रो छनोट हुनुपर्छ।
आज निर्वाचन भइरहेछ,
व्यक्तिगत स्वार्थहरू त्यागी
करुणाको ननिभ्ने ज्योति बलोस्,
हाम्रो यो सुगन्धित माटोमा
सधैँ फक्रिने फुल फुलोस्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.