लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक मतदातालाई मतदानमा प्राथमिकता

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक मतदातालाई मतदानमा प्राथमिकता

292
SHARES

काठमाडौँ – निर्वाचन आयोगले दृष्टिविहीन वा शारीरिक रूपमा अशक्त मतदाताले आफैँ मत सङ्केत गर्न नसके एकाघरको सदस्यलाई लैजान अनुमति दिने जनाएको छ।

आयोगले मतदान गर्न अन्य लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक मतदातालाई प्राथमिकता दिने भनेको छ।

काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा मङ्गलवार बसेको सर्वदलीय बैठकले गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, काखे बालबालिका भएकी महिला, अपाङ्गता भएका व्यक्ति तथा अन्य (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) मतदातालाई मतदान गर्न प्राथमिकता दिने निर्णय गरेको हो।

निर्वाचनमा भाग लिएका राजनीतिक दल र उम्मेदवारहरूको सर्वदलीय बैठकले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक मतदातालाई मतदान गर्न प्राथमिकता दिने निर्णय गरेको सर्वदलीय बैठकमा सहभागी क्षेत्र नं १ का उम्मेदवार पहिलो समलिङ्गी विवाह दर्ता गराउन सफल सुरेन्द्र पाण्डेले जानकारी दिए।

मतदाताले मत सङ्केत गर्ने कार्यमा मतदान अधिकृतलाई अनुरोध गरेमा र सो कुरा मतदान अधिकृतलाई उपयुक्त लागेमा निजको मत सङ्केत गर्ने कार्यमा मतदान अधिकृत वा सहायक मतदान अधिकृतले सहयोग गर्ने निर्णय भएको छ।

समाचार शेयर गर्नुहोस्
292
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.