चीनको अग्रणी कमर्सियल भेहिकल ब्राण्ड फोटोनले टुनल्याण्ड G7 मार्फत नेपालको पिकअप सेग्मेन्टलाई पुन:परिभाषित गर्दैछ।आधुनिक फिचरहरू सहित पहाडी भूभागका लागि तयार गरिएको G7 केवल प्रदर्शनमै सीमित छैन, यसले आधुनिक पिकअप प्रतिको हाम्रो अपेक्षालाई नै नयाँ रूप दिन्छ।चीनको पहिलो अटोनोमस कमर्शियल भेहिकलका रूपमा विश्वमै नयाँनयाँ इनोभेसनका लागि परिचित फोटोनले टुनल्यान्ड G7 मार्फत आफ्नो डिजाइन र इन्जिनियरिङ क्षमतालाई फेरि प्रमाणित गरेको छ।
बलियो पावर र स्मार्ट प्रविधि दुवै चाहनेहरूका लागि डिजाइन गरिएको टुनल्यान्ड G7 १६० HP पावर र ३९० Nm टर्क सहित आउँछ, जसले नेपालको चुनौतीपूर्ण भू-भागमा भरपर्दो प्रदर्शन दिन्छ। २२५ मिमिग्राउन्ड क्लियरेन्सका कारण उकालो–ओरालो, अफरोड र हिमाली क्षेत्रका कठिन बाटाहरूमा पनि यो सहजै अगाडि बढ्छ। विश्वका सबैभन्दा कठिन ८ वटा अफरोड मार्गहरू केवल २३ दिनमै पार गर्ने पहिलो पिकअपको रूपमा G7 ले आफ्नो सहनशीलता प्रमाणित गरिसकेको छ। हिलहोल्ड कन्ट्रोल र हिलडिसेन्ट कन्ट्रोल जस्ता फिचरहरूले हरेक यात्रा सुरक्षित र स्थिर बनाउँछन्, भने पुश-स्टार्ट बटनले ड्राइभिङलाई अझ सहज बनाउँछ।
तर G7 लाई विशेष बनाउने कुरा केवल यसको पावर मात्र होइन, आराम पनि उत्तिकै महत्त्वपूर्ण छ। क्याबिन भित्र १२.३ इन्चको इन्फिनिटी डिस्प्लेले नेभिगेसन, मनोरञ्जन र आधुनिक चालकका लागि आवश्यक पर्ने सबै सुविधाहरू उपलब्ध गराउँछ। सिटहरूमा हीटिङ, भेन्टिलेसन र १२-वे इलेक्ट्रिक एड्जस्टमेन्टको सुविधा दिइएको छ, जसले हरेक मौसममा आराम प्रदान गर्दछ। प्यानोरामिकसनरुफले खुला आकाशको दृश्य प्रदान गर्दै यात्रालाई अझ उज्यालो र रमाइलो बनाउँछ। साथै, अटोमेटिक एसीले तराईको गर्मीमा होस् वा पहाडको चिसो स्थानमा जाँदा होस्, क्याबिनलाई सधैँभरि आरामदायी राख्दछ।
फोटोनको लक्ष्य सधैँ अर्थपूर्ण इनोभेसन गर्नु हो, र G7 मा यो सोचलाई नेपाली जीवन शैलीसँग सुन्दर रूपमा मेल खाने गरी संयोजन गरिएको छ। यो नेपालमा बिक्रीका लागि मात्र ल्याइएको पिकअप होइन, यो त हरेक दिन कठिन भू-भाग पार गर्ने यहाँका मानिसहरूकै लागि विशेष रूपमा बनाइएको गाडी हो। अहिलेसम्म ४०० भन्दा बढी टुनल्यान्ड ग्राहकसम्म पुगिसकेको छ, जसले यसको बढ्दो विश्वास र लोकप्रियता देखाउँछ। आफ्नो व्यवसायका लागि भरपर्दो सवारी खोज्दै हुनुहुन्छ वा परिवारसँग वीक एन्ड एड्भेन्चरको योजना बनाउँदै हुनुहुन्छ भने टुनल्यान्ड G7 तपाईँको हरेक यात्राका लागि तयार छ।
बलियो, स्मार्ट र पहाडी भूगोलका लागि उपयुक्त फोटोन टुनल्यान्ड G7 नेपालका सडकमा चल्दैन मात्र, यसले यहाँ आत्मविश्वासका साथ अगुवाइ समेत गर्छ। यो केवल कमर्शियल पिकअप होइन, सहनशीलता, महत्त्वाकाङ्क्षा र प्रगतिको प्रतीक पनि हो। बाटो कठिन हुनसक्छ, तर टुनल्यान्ड G7 सँग तपाईँ सधैँ अगाडि बढ्नुहुनेछ। नेपालको नयाँ पुस्ताको पिकअप अब हाम्रो सामु आइसकेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.