एआईद्वारा सञ्चालित उत्पादन: चीनको सेरेस फ्याक्ट्रीबाट नेपालले सिक्न सक्ने पाठ

एआईद्वारा सञ्चालित उत्पादन: चीनको सेरेस फ्याक्ट्रीबाट नेपालले सिक्न सक्ने पाठ

86
SHARES

काठमाडौँ – चीनले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगमार्फत आफ्नो उत्पादन क्षेत्रलाई तीव्र रूपमा रूपान्तरण गरिरहेको छ, र यसको एक उत्कृष्ट उदाहरण सेरेस हो, जुन चोंगकिंगमा अवस्थित एक अटोमोबाइल कम्पनी हो।

अहिले यो सहर चीनका ठूला अटोमोबाइल हबमध्ये एक बनेको छ, जहाँ सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्म मात्रै करिब २५ लाख सवारी साधन उत्पादन भएको थियो। यसले औद्योगिक विकास कति तीव्र गतिमा भइरहेको छ भन्ने देखाउँछ।

यस परिवर्तनको केन्द्रमा सेरेसले चोंगकिंगमा निर्माण गरेको “एआई सुपर फ्याक्ट्री” रहेको छ। सन् १९८६ मा सानो उत्पादकका रूपमा सुरु भएको सेरेस अहिले हुवाएसँग सहकार्य गर्दै आइटोब्रान्डअन्तर्गत स्मार्ट इलेक्ट्रिक सवारी उत्पादन गरिरहेको छ। यस सहकार्यमा सेरेसले गाडी निर्माणको काम गर्छ भने हुवाएले स्मार्ट ड्यासबोर्ड र चालक सहायक प्रणालीजस्ता उन्नत डिजिटल प्रविधि प्रदान गर्छ।

यस फ्याक्ट्रीको विशेषता भनेको एआईको गहन प्रयोग हो। हुवाएले विकास गरेको “Industrial Brain” प्रणालीले सम्पूर्ण उत्पादन प्रक्रियालाई नियन्त्रण गर्छ। ठूला स्क्रिन र डिजिटल सिमुलेसनमार्फत सबै कामलाई रियल टाइममा निगरानी गरिन्छ। ३,००० भन्दा बढी रोबोटहरूले वेल्डिङ र पेन्टिङजस्ता कामहरू गर्छन्, जसले उत्पादन प्रक्रियालाई पूर्ण रूपमा अटोमेटिक बनाएको छ।

गुणस्तर सुधारमा पनि एआईको ठूलो भूमिका छ। उदाहरणका लागि, नटबोल्ट जस्ता गाडीभित्रका महत्त्वपूर्ण भागहरू क्यामेरामार्फत जाँच गरिन्छ र तस्बिरहरू एआई प्रणालीमा पठाइन्छ। यस प्रणालीले ९९.९% सम्मको शुद्धतासहित त्रुटिहरू पहिचान गर्न सक्छ। पहिले कामदारलाई केही मिनेट लाग्ने कामहरू अहिले केही सेकेन्डमै सम्पन्न हुन्छन्। जटिल वायरिङ जस्ता कार्यहरू समेत साधारण स्मार्टफोनबाट खिचिएको तस्बिरमार्फत एआईले निरीक्षण गर्न सक्छ।

अर्को महत्त्वपूर्ण पक्ष भनेको फ्याक्ट्री र सप्लायर्सबीचको मजबुत समन्वय पनि हो। प्रमुख सप्लायर्सहरू फ्याक्ट्रीभित्रै काम गर्छन् भने अन्य धेरै सप्लायर्सहरू एआई प्रणालीमार्फत डिजिटल रूपमा जोडिएका हुन्छन्। यसले उत्पादन प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउँछ।

नेपालका लागियो मोडेल महत्त्वपूर्ण सिकाइ बन्न सक्छ। नेपालमा उत्पादन क्षेत्र अझै विकासकै चरणमा भए पनि गुणस्तर जाँचमा अटोमेसन प्रयोग गर्ने वा सप्लाइ चेन व्यवस्थापन सुधार गर्ने जस्ता सानै स्तरबाट पनि एआईलाई अपनाउन सकिन्छ। चोंगकिंगमा जस्तै सरकारी सहयोग, इनोभेसन ल्याब र एआई प्लेटफर्महरूको विकासले स्थानीय उद्योगलाई अघि बढ्न सहयोग गर्न सक्छ।

नेपाल आफ्नो औद्योगिक आधारलाई सुदृढ बनाउने दिशामा अघि बढ्दै गर्दा सेरेसको उदाहरणले प्रविधि, सहकार्य र स्मार्ट योजना मिलाएर भविष्यमा अझ छिटो र प्रभावकारी उत्पादन सम्भव हुन सक्छ भने देखाउँछ।

समाचार शेयर गर्नुहोस्
86
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.