अन्जली रम्तेल / काठमाडौँ, १९ मङ्सिर । असुरक्षित यौनजन्य क्रियाकलापका कारण तेस्रोलिङ्गी तथा समलिङ्गी एचआइभी/एड्सको उच्च जोखिममा रहेका छन् । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र, टेकुले प्रत्येक दर्ुइ वर्षा गर्ने अनुसन्धानका आधारमा कुल तेस्रोलिङ्गी तथा समलिङ्गीको सङ्ख्यामध्ये एचआइभी/एड्सको जोखिम तीन दशमलव आठ प्रतिशतमा रहेको छ । जुन तथ्याङ्क यौनव्यवसायमा संलग्न महिलाको भन्दा बढी हो ।
कुल यौनकर्मी महिलाको सङ्ख्यामा एक दशमलव दर्ुइ प्रतिशतमात्र एचआइभी/एड्स सङ्क्रमित छन् । यसैगरी उच्च जोखिम समूहमा सबैभन्दा बढी लागुपदार्थ प्रयोगकर्ता रहेका छन् । तीमध्ये छ दशमलव तीन प्रतिशत प्रयोगकर्ता एचआइभी/एड्सबाट पीडित छन् । काठमाडौँ, पोखरा, धरानजस्ता प्रमुख सहरी क्षेत्रमा समलिङ्गी तथा तेस्रोलिङ्गी समूह नै बनाएर हिँड्ने गरेको भेटिन्छ । जीविकोपार्जनका लागि यौन व्यवसायसमेत अँगाल्ने गरेकाले पनि उनीहरू एचआइभी/एड्सको उच्च जोखिममा रहेका हुन् । तेस्रोलिङ्गी स्वस्तिका लामा भन्छिन्- पहिलो कुरा त तेस्रोलिङ्गी तथा समलिङ्गीको पहिचान नै अन्योलमा भएकाले परिवारमा यो कुरा भन्नै सकिँदैन । कतिपय घटनामा घरबाटै निस्कनुपर्ने वा घरका सदस्यले थाहा पाएमा घरबाटै निकालिदिनेसम्म गर्छन् । त्यसैले पनि परिवारबाट छुट्टएिर एक्लै बस्नुपर्ने स्थिति हुन्छ । पढेलेखेका छन् भने राम्रै ठाउँमा जागिर पाउने हुन्छ, तर यदि उसको पहिचानबारे थाहा भएमा त्यहाँबाट पनि निस्कनुपर्ने अवस्था आउँछ । जसरी पनि जीवन त जीउनुपर्ने हुन्छ अन्त्यमा के गर्ने त भन्दा यौनव्यवसायलाई नै अँगाल्नुपर्ने हुन्छ-उनले भने ।
उच्च शिक्षा लिएका तेस्रोलिङ्गीको सङ्ख्या कम भएकाले पनि उनीहरू आफ्नो दैनिक आवश्यकता पूरा गर्नका लागि यौनव्यवसायलाई निरन्तरता दिन बाध्य हुन्छन्, धेरै मानिससँग यौनसम्बन्ध हुने भएकाले उनीहरू एचआइभी/एड्स सङ्क्रमणको उच्च जोखिममा छन्-उनी भन्छिन् । सरकारी बेवास्ताका कारण पनि तेस्रोलिङ्गी एचआइभी/एड्सको उच्च जोखिममा रहेको बताउँदै अर्का तेस्रोलिङ्गी भक्ति शाह भन्छन्- ‘म पहिले सरकारी सेवामा थिएँ, जब मेरो पहिचानका बारेमा थाहा भयो तब मलाई कामबाट निकालियो ।’ तेस्रोलिङ्गी सबैभन्दा बढी पीडित सरकारबाट नै भएको उनको अनुभव छ । सरकारले तेस्रोलिङ्गगीका लागि कार्यक्रम ल्याउने हो भने यौनव्यवसायमा लाग्नुपर्ने आवश्यकता नै पर्दैन-शाह भन्छन् । आफू तेस्रोलिङ्गी हुँ भनेर आउनेको सङ्ख्या करिब चार लाख ५० हजार रहेको छ । सामाजिक, धार्मिक एवम् सांस्कृतिक कारण समाजमा उनीहरू अझै पनि खुलेर आउननसकेको निलहिरा समाजले उत्पादन गर्ने रेडियो कार्यक्रम पहिचानका कार्यक्रम संयोजक माधव दुलाल बताउनुहुन्छ ।
गुफाबाट निस्कनुपर्ने अवस्थाबाट गुज्रिरहेका तेस्रोलिङ्गी तथा समलिङ्गीलाई खुलेर एचआइभी/एड्स सङ्क्रमित भन्नसक्ने अवस्था पनि छैन भन्दै उहाँ बताउनुहुन्छ-हाल समाजमा आबद्ध रहेका करिब ५० जनाले एआरभिटि सेवा लिइरहेका छन्, अझैपनि कतिजना तेस्रोलिङ्गी तथा समलिङ्गी एचआइभी/एड्स सङ्क्रमित छन् भनेर भन्नसकिने स्थिति छैन । एड्स सङ्क्रमितका लागि मुलुकभर ४८ स्थानबाट एआरभिटि अर्थात् एन्टी-रेक्ट्रोभाइरल टि्रटमेन्ट -रोग प्रतिरक्षा क्षमता वृद्धि गर्नेविधि) सेवा प्रदान गरिहेको बताइन्छ । सरकारले एड्स तथा यौनरोग नियन्त्रणका लागि रक्तपरीक्षण तथा परामर्श सेवा, आमाबाट बच्चामा र्सर्ने रोगको रोकथाम, क्षयरोग/एड्स भएकाहरूको कार्यक्रम, हेरचाह तथा सहयोग कार्यक्रम तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरिरहेको सो केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भु काफ्लेले बताउनुभयो ।
सन् २०११ मा गरिएको अनुसन्धानले नेपालमा हाल ५० हजार २८८ जना अनुमानित एड्स सङ्क्रमित रहेका छन् । तर त्यही वर्षो असार मसान्तसम्मको तथ्याङ्कमा भने रक्तपरीक्षणबाट प्रमाणितको सङ्ख्या करिब २१ हजार रहेको छ । विशेषगरी रोजगारीका लागि भारतको महाराष्ट्रमा जाने व्यक्तिहरूमा एचआइभी/एड्स सङ्क्रमित भएको पाइएको जानकारी पनि उहाँले दिनुभयो । पछिल्लो समयमा नेपाल सरकारले एचआइभी/एड्स न्यूनीकरणका लागि सञ्चालन गरेको कार्यक्रमका कारण सङ्क्रमितको सङ्ख्या घट्दो क्रममा रहेको बताइएको छ । नेपालमा सबैभन्दा बढी सन् २००६ मा ६६ हजारभन्दा बढी एड्स सङ्क्रमित थिए भने सन् २०११ सम्म त्यो सङ्ख्या घटेर ५० हजारमा झरेको थियो । एड्ससम्बन्धी जनचेतनाका कारणले पनि यो सङ्ख्या घट्दो क्रममा रहेको उल्लेख गर्दै अधिकृत काफ्लेले बताउनुभयो-‘यो नेपालमा मात्र हैन, विश्वमा नै घट्दो क्रममा छ ।’
नेपालमा सङ्क्रमितमध्ये करिब ५० प्रतिशत तर्राई क्षेत्रका रहेका छन् । यस्तै काठमाडौँ उपत्यकामा १६ प्रतिशत, सुदूरपश्चिमाञ्चलका जिल्लामा १६ प्रतिशत र अन्य पहाडी जिल्लामा १८ प्रतिशत सङ्क्रमित छन् । केन्द्रले हाल मुलुकभर २१९ स्थानबाट एचआइभी/एड्स परीक्षण तथा परामर्श सेवा दिइरहेको छ । आमाबाट बच्चामा रोग नसरोस् भनेर ४२ स्थानबाट सोको नियन्त्रण कार्यक्रम सञ्चालन गरिएको छ । सो सेवा अझै धेरै स्थानबाट प्रदान गर्न सकियोस् भनेर बर्सर्ेे ५/७ स्थानमा थप्ने क्रम जारी रहेकोसमेत केन्द्रका अधिकृत काफ्लेले बताउनुभयो । रासस
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.