निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

झण्डै २ लाख समलिंगी तेस्रोलिंगी एचआइभी संक्रमणको जोखिममा

झण्डै २ लाख समलिंगी तेस्रोलिंगी एचआइभी संक्रमणको जोखिममा

906
SHARES

काठमाडौं (पहिचान) कार्तिक ४ यौनिक तथा लैगिंक अल्पसख्यक समलिंगी तेस्रोलिंगीलाई एचआइभी संक्रमण उच्च रहेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रका अनुसार झण्डै २ लाख समलिंगी तेस्रोलिंगी एचआइभी संक्रमणको जोखिममा रहेका हुन् । नील हिरा समाजको दिवा परियोजनाले स्वास्थ्य मन्त्रालयमा गरेको कार्यशाला गोष्ठीमा केन्द्रका बरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भु काफ्लेले २२ हजार ९ सय एचआइभी संक्रमित मध्ये १८ प्रतिशत समलिंगी तेस्रोलिंगी रहेको वताए । नील हिरा समाजले शुरुमा पहिचानकै लडाई लडेको वताउँदै काफ्लेले समस्याको पहिचान गरेर काम गर्न समय लागेको हुन सक्ने वताए ।

समलिंगी तेस्रोलिंगीमा एचआइभी तथा यौन रोगको जोखिम उच्च भएपनि दातृ संस्थाले दिने सहयोग भने साघुरिदै गएको काफ्लेको भनाई छ । दक्षिण एसियामै एचआइभीको संक्रमण समलिंगी तेस्रोलिंगीमा धेरै रहेको उनले वताए । नील हिरा समाजले गरेको काममा केन्द्रको सहयोग रहिरहने वताउँदै काफ्लेले नकारात्मक सोचाई अन्त्य हुनुपर्ने वताए । एचआइभी एड्सको क्षेत्रमा काम गर्दै आएका परामर्सदाता महेश शर्माले यौनकर्मीमा एचआइभी संक्रमितको दर ७० बाट २ प्रतिशतमा झरेपनि समलिंगी तेस्रोलिंगीमा बढ्दै गएको बताए । सेवा प्रदायकलेहरुमा समलिंगी तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोण सकारात्मक नबन्दा यो समूदायमा संक्रमण वढ्दै गएको शर्माले वताए । यो समूदायलाई सकारात्मक रुपमा हेर्नुपर्छ शर्माले भने, कार्यक्रम शहर केन्द्रीत पनि गर्नुपर्छ । शर्माले समानता मात्रै होइन समता हुनुपर्ने वताए ।

युएनएड्सकी सामाजिक अभियन्ता विना पोखरेलले सन् २०३० सम्म एचआइभी संक्रमणको दर ९५ प्रतिशत कम गर्ने रणनीतिका साथ काम गरिरहेको वताइन् । एचआइभी संक्रमण शुन्य त हुँदैन पोखरेलले भनिन्, सन् २०२० सम्म ९० प्रतिशत र २०३० मा ९५ प्रतिशत पुर्याउने रणनीति छ । पोखरेलले एचआइभी संक्रमण हुन नदिन काठमाडौं र पोखरा दुई शहर छानिएको जानकारी दिइन ।IMG_2095

नील हिरा समाजकी कायम मुकामय निर्देशक मनिषा ढकालले समलिंगी तेस्रोलिंगी भएकोमा नै विभेद हुने गरेको बताउँदै एचआइभी संक्रमित समलिंगी तेस्रोलिंगीले दोहोरो विभेद खेप्दै आएको वताइन ।नील हिरा समाजका संस्थापक सुनिलवावु पन्तले यो समूदायको स्वास्थ्य र अधिकार प्राप्तीको अभियानलाई यहाँसम्म ल्याएको वताइन । कायम मुकायम निर्देशक ढकालले अहिले पनि पहिचान अनुसारको नागरिकता नपाएको र तेस्रोलिंगी आनिक रानाले सर्वोच्च अदालतमा मुद्धा दायर गरेको जानकारी दिइन । पहिलेनै महिला या पुरुष उल्लेख गरेर नागरिकता लिएका समलिंगी तेस्रोलिंगीले पहिचान अनुसार अन्य उल्लेख गरेर नागरिकता नपाएकाले मुद्धा दायर गरेको ढकालको भनाई छ ।

उनले सुनिलवावु पन्त सहित ६ जनाबाट शुरु भएको नील हिरा समाजका अहिले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म शाखा कार्यालय रहेका र ७ सय ५० जना भन्दा धेरै नियमित कर्मचारी रहेको जनाकारी दिइन । उनले स्वास्थ्य र अधिकार प्राप्तीको अभियानमा चुनौती थपिदै जादाँ चिन्ता बढाएको बताइन । सरकारले संसदमा दर्ता गरेको देवानी तथा फौजदारी संहितामा रहेका विभेदकारी व्यवस्थाले समलिंगी तेस्रोलिंगीलाई अपराधी बनाउने ढकालको भनाई छ । युएनएड्सकी सामाजिक अभियन्ता विना पोखरेलले महिला र पुरुषसँगै समलिंगी तेस्रोलिंगी उल्लेख गर्न, धर्म पुत्र र धर्म पुत्रीको सट्टा धर्म सन्तान राख्न तथा विवाह सम्वन्धमा दुई व्यक्तिबीच हुनुपर्ने व्यवस्था गर्न आफूहरुले गरेको आग्रह सरकारले नसुनेकोमा दुख लागेको वताइन ।

IMG_2094नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले अझै पनि समलिंगी तेस्रोलिंगी माथि विभेद भइरहेको बताइन । पारिवारिक एवं शैक्षिक अवस्था र बुझाईको स्तरले आफ्नो समूदाय माथि हुने विभेद अन्त्य नभएको अध्यक्ष गुरुङले बताइन । शव्दले मात्रै विभेद हुँदैन अध्यक्ष गुरुङले भनिन, हेर्ने नजरका कारण समेत विभेद हुन्छ । समाजका प्रमूख व्यवस्थापक परशुराम राईले समलिंगी तेस्रोलिंगी समूदायलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनका लागि व्यक्तिमा रहेको नकारात्मक धारणा अन्त्य हुनुपर्ने वताए । तेस्रोलिंगी आनिक रानाले तेस्रोलिंगीलाई स्वतन्त्र पूर्व हिडडुल गर्ने अधिकारबाट समेत प्रहरी प्रशासनले वञ्चित गराएको वताइन । उनले विना कारण पक्रने, एक दिन थुन्ने र २५ हजार भन्दा धेरै धरौटी माग्ने गरेको वताइन । यो मानवअधिकारको हनन होइन ? रानाले भनिन, त्यस्ता प्रहरीलाई तत्काल कारवाही हुनुपर्छ । नील हिरा समाजको दिवा परियोजनाका सहायक कार्यक्रम निर्देशक संजय शर्माले विभेद अन्त्य गर्नका लागि सबैमा सकारात्मक सोचको विकास हुनुपर्ने वताए ।

नेपाल प्रहरीको मानवअधिकार सेलका प्रहरी निरीक्षक राजु पाण्डेले समलिंगी तेस्रोलिंगी माथि अनावश्यक व्यवहार प्रदर्शन गर्ने तीन जना प्रहरीलाई कारवाही गरिएको वताए । पाण्डेले समलिंगी तेस्रोलिंगी माथि दुरव्यवहार, अनावश्यक व्यवहार र विभेद गर्ने प्रहरी विरुद्ध उजुरी गरे छानविन गरेर कारवाही गरिने वताए ।

समाचार शेयर गर्नुहोस्
906
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.