नेपाल बैंक हेटौडालाई समलिंगी पुरुषको पत्र

नेपाल बैंक हेटौडालाई समलिंगी पुरुषको पत्र

मकवानपुर (पहिचान ) फागुन १३ -तिम्रो पहिचान शुद्घता र म जस्तो सेवाग्राहीलाई जस्तै अझै तिम्रो सेवाबाट अन्यलाई भने बञ्चित नगर यहि मेरो शुभकामना तिमीलाई ।
खासै मैले पत्र लेख्नु पर्ने आवश्यक्ता त थिएन तिमीलाई तर पनि छुटाउन भने चाहिन मेरो उत्सवमा । किनकी मेरो उत्सव निमन्त्रणामा तिमीले सुन र चादीको शुद्घता जाच मेसिन लिएर आउन जरुरी छैन र प्रहरी प्रशासनमा रिर्पोट टिपोट गर्न आवश्यक पनि ठान्दिन किनकी तिमी म जस्तो आम नागरिक होईनौ तिमी त नेपाल बैंक लि. पो हौ ।

प्यारो नेपाल बैंक, मैले दुःख गरी खाई नखाई जोडेको सम्पत्तिको नाममा २ तोला ४ लाल २४ क्यारेटको सुनलाई बिल सहित पेस गरेर तिम्रो शरणमा पर्दा पनि तिमीले यो गरिबको सुनलाई खै के देख्यौर जाच्दै नजाची चोरेर अपराध गरि राख्न ल्याएको जस्तो गरि पुलिसलाई जिम्मा लगाईदिने धम्की दियौ । तर मैले पनि सुननै राख्न आएको थिए तिम्रो दैलोमा तर तिम्रो व्यवहार किन यति रुखो बन्न पुग्यो। के मेरो सुन पित्तल थियो र ? पित्तल नै थियो भने तिमीले कुन मेसिनले जाचेर मेरो सुनलाई नक्कली सुनको बिल्ला लगाई दियौ ?

तिम्रो जाचमा पास हुनलाई सुन काटेर जाच्ने समेत नियम थियो भने पनि मैले काटेर जाच्न अनुमति र विनम्र अनुरोध त गरेकै थिए नि मैले तिमीलाई तर पनि तिमी किन राजी भएनौ ? मलाई साह्ै चित्त दुखेको छ । हाम्रो वर्षौ वर्ष देखिको सम्बन्ध र विश्वासलाई तिमीले आफनो जाच प्रक्रिया नै पुरा नगरि मलाई फेल गराई दियौ जुन सुन सुन बच्ने पसलहरुमा २४ क्यारेटकै सुन हो भनि प्रमाणीत गरि दिदा पनि तिमीलाई के कुरामा चित्त बुझेन आखिर त्यही सुन बैंकमा यस भन्दा पहिले बसाउन आउदा बस्यो र म स्वयमले आफनो दुःख टार्न तिम्रो साथमा आउदा बसाउन राख्न त परै जावस उल्टै प्रहरी प्रशासनलाई जिम्मा लगाई दिने तिम्रो रुखो व्यवहार कत्तिको जायज थियो होला ?

मैले मेरो स्वास्थ्य उपचारको लागि अपरझट पैसाको आवश्यक्ता परिपुर्तिको लागि तिमीलाई अविभावक सोचेर आएको थिए तर तिमीले नराखिदिदा नक्कली भनेको त्यही सुनलाई चर्को ब्याज दरमा मैले सुन पसलेको हातमा थमाईदिनु प¥यो र मलाई थाहा छ त्यही सुन फेरी पुःन घुमी फिरी तिम्रै ढुकुटीमा जम्मा हुन आउने छ अनि खै कुन्नी कति ब्याज दर लिएर राख्छौ राख । एउटा गरिबले सुन लगायो भने पित्तल बन्छ भनेको सुनेको थिए वास्तवमै हो रहेछ । म जस्तो गरिबको सन्तानले दुःखमा काम लाग्छ भनेर सुन जमा गर्नु बेकार रहेछ ।र मैले जनताको बैंक भनेर नेपाल बैंक लि. लाई चिन्नु र सम्झनु मेरो भुल रहेछ, मलाई माफ गर ल ।
के तिमीले म समलिंगी पुरुष सुरज थापा भनेर चिनेर मेरो पहिचान र लैगिंकतालाई नै लच्क्षित गरि तिम्रो र मेरो सरकारले समलिंगी र तेस्रोलिंगीको अधिकार सुनिश्चित नहुञ्जेल  उनीहरुको सुनलाई नि राख्न झिक्न ऋण लिन बैंक खातामा दुई पैसा जमा गर्न रोक तोक लगाएको छ भने भन म चित्त बुझाउला तर याद राख हामी सबै नेपाली तिम्रो सेवाग्राही हौं । आज मलाई मेरो २४ क्यारेटको सुनलाई नक्कली ठहर गरे पनि भोलि धेरै नेपाल र नेपालीको जुन तिमी प्रतिको विश्वास र सम्मान छ त्यसमा भने कमी हुन नदेऊ ।

‘क’ भनेर नचिनेका अझै धेरै बुबा आमाहरु छन, ऊहाहरुले नि दुःखले आर्जेको बुढि आमाको सौभाग्यको तिलहरीलाई पनि तिम्रो ढुकुटीमा शरण लिनु पर्ने हुन सक्छ, त्यति खेर भने ल्हासाबाट चोरेर ल्यायौ कि क्या हो आमा भनेर ख्याल ठट्टा नगर ती सोझी आमाको सौभाग्यले तिमीलाई सराप्न सक्छ, बाटोको फोहोर उठाएर तिम्रो आ“गन बडारेर प्राप्त दुई पैसा तिम्रो ढुकुटीमा जम्मा गर्न आउने मेरा धेरै साथीहरु पनि छन् । भोलि च्यातेको फाटेको लुगा लगाएर आउने नेपाली नागरिकको मेहेनतको बचतलाई चोरीको आरोप लगाई प्रहरीलाई बोलाई थुनिदिने धम्की नदेऊ नत्र फेरि हामी जस्ता लाखौ करोडौ नेपाल र नेपालीले तिमी प्रति गरेको विश्वास माथि प्रश्न चिन्ह खडा गर्न सक्छ ।
सुरज थापा
हेटौडा, मकवानपुर

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.