निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नेवा: पुच: यूएईद्वारा उपाध्यक्ष बज्राचार्य सम्मानित

नेवा: पुच: यूएईद्वारा उपाध्यक्ष बज्राचार्य सम्मानित

161
SHARES

नेवा: पुच: यूएईले वर्ल्ड नेवा अर्गनाइजेशनको पाँचौँ अन्तर्राष्ट्रिय सम्मेलनमा उपाध्यक्ष पदमा निर्वाचित समन्त बज्राचार्यलाई बधाई तथा सम्मानसहित परिचयात्मक कार्यक्रम आयोजना गरेको छ।

यूएईको दुबईमा आयोजित कार्यक्रममा नेवा: पुच: यूएईका अध्यक्ष वीरेन्द्र नकर्मीले अमेरिका निवासी समन्त बज्राचार्य तथा उहाँको परिवारलाई खादा, दोसल्ला र मायाको चिन्ह प्रदान गर्दै सम्मान तथा बधाई ज्ञापन गरे।

कार्यक्रममा नेवा: पुच: यूएईका महासचिव कुमार बलामी, संरक्षक प्रमोद श्रेष्ठ, उपाध्यक्ष दीपेश श्रेष्ठ, कोषाध्यक्ष नबीना शाक्यलगायत पुचमा आबद्ध सक्रिय सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले बोल्दै नव–निर्वाचित उपाध्यक्ष बज्राचार्यलाई बधाई दिँदै कार्यकाल सफल रहोस् भन्ने शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

गत अगस्ट २०२५ मा दुबईमा वर्ल्ड नेवा अर्गनाइजेशनको पाँचौँ महाधिवेशन सम्पन्न भएको थियो। उक्त अधिवेशनले मनोहर श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गर्ने निर्णय गर्दै चार जना उपाध्यक्ष सर्वसम्मत निर्विरोध निर्वाचित गरेको थियो।

विश्वभर छरिएर रहेका नेवाहरूलाई एकत्रित गर्दै आफ्नो कला, संस्कृति, भाषा, परम्परा, भेषभूषा र मौलिक पहिचानको संरक्षण गर्ने तथा समुदायको एकतालाई विश्वव्यापी बनाउने उद्देश्यसहित वर्ल्ड नेवा अर्गनाइजेशनको स्थापना सन् २ नोभेम्बर २०११ मा गरिएको हो।

समाचार शेयर गर्नुहोस्
161
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.