राजनीतिक सहकार्यको प्रस्ताव : झापा–५ मा ओली, मोरङ–४ मा नुमा

राजनीतिक सहकार्यको प्रस्ताव : झापा–५ मा ओली, मोरङ–४ मा नुमा

305
SHARES

काठमाडौँ – फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर ५ का लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्यको प्रस्ताव अघि सारेका छन्।

झापा–५ मा केपी ओलीलाई मतदान गर्ने तयारीमा रहेका समुदायका सदस्यहरूले केपी ओलीका समर्थकहरूलाई मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट समावेशी समाजवादी पार्टीकी उम्मेदवार नुमा लिम्बु (चञ्चला) लाई श्रीवत्स चुनाव चिन्हमा मतदान गर्न खुला अपिल गरेका छन्।

झापा निर्वाचन क्षेत्र नम्बर ५ मा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको भोट केपी शर्मा ओलीलाई रहने लिड नेपाल झापाका अध्यक्ष सुशील पौडेलले बताएका छन्। पौडेल लिड नेपाल दमक, झापाका कार्यकारी अध्यक्ष हुन्।

लिड नेपाल झापाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको क्षेत्रमा लामो समयदेखि काम गर्दै आइरहेको छ। लिड नेपाल झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ भित्र पर्दछ। केपी शर्मा ओली २०४८, २०७४ र २०७९ सालमा झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट विजयी भइसकेका छन्। यस पटक पनि ओली विजयी हुने आशा समुदायले राखेको अध्यक्ष पौडेलको भनाइ छ।

मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट नुमा लिम्बु (चञ्चला) उम्मेदवार रहेकी छन्। उनी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायकी प्रतिनिधि हुन्। समावेशी समाजवादी पार्टीकी अध्यक्ष हुन् चञ्चला।

अध्यक्ष पौडेलले भने, “जति पनि केपी शर्मा ओलीका मतदाता हुनुहुन्छ र केपी बालाई सपोर्ट गर्नुहुन्छ, उहाँहरूलाई मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गरेकी नुमा लिम्बुलाई भारी मत दिएर विजयी गराउन म अपिल गर्दछु।”

उनले आफूहरूको समर्थन नुमा लिम्बुलाई विजयी गराउनकै लागि हुने स्पष्ट पारे। “झापा–५ मा केपी बालाई समर्थन हुनेछ भने मोरङ–४ मा नुमा लिम्बुलाई सबैले सहयोग र समर्थन गरिदिनुहोला,” उनले भने।

समाचार शेयर गर्नुहोस्
305
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.