तेस्रोलिंगी माथि आक्रमण गर्ने चार जना पक्राउ

तेस्रोलिंगी माथि आक्रमण गर्ने चार जना पक्राउ

काभ्रे (पहिचान) बैशाख २ -समलिंगी तेस्रोलिंगी माथी आक्रमण गर्ने काभे्र भुलुम्टारका स्थानीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय राजेश श्रेष्ठ, सागर श्रेष्ठ, अनिमेश लामा र विनोद श्रेष्ठ छन् । नील हिरा समाजले चैत २८ गते आयोजना गरेको पिकनिकमा सहभागी भएका समलिंगी तेस्रोलिंगी माथि आक्रमण गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।

आक्रमणको किटानी जाहेरी परेपछि उनीहरुलाई पक्राउ गरिएको काभे्र प्रहरी प्रमुख एसपी पूजा सिंहले जानकारी दिईन् । सिंहले काभे्रमा राजनीतिक हस्तक्षेपका कारण मुद्ध दर्ता गर्न सक्ने अवस्था नरहेको भन्दै पिडकलाई कारबाही गर्न नपाएको गुनासो गरिन् । राजनीतिक हस्तक्षेप गरेर घटनालाई मेलमिलापमा टुंग्याउन स्थानीय युवा क्लव देखी केन्द्रबाट सभासद तथा राजननीतिक दलका नेताहरुले दवाव दिने गरेको सिंहको भनाई छ ।

आक्रमणमा तेस्रोलिंगी अनिल शेर्पा, सन्तोष कँडेल र मणी खड्का घाइते भएका छन् । उनीहरुको काठमाडौका विभिन्न अस्पतालमा उपचार भइरहेको नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले जानकारी दिइन् । बाग्मती अञ्चल प्रहरी कार्यालय प्रमुख एसएसपी सुदिप आचार्यले घटनाको सत्य तथ्य छानवीन गरी कारबाही गर्ने बताए । आचार्यले दोषीलाई कानुन बमोजिम कारबाही गरिने प्रतिबद्धता जनाए ।

तेस्रोलिंगीलाई स्थानीयले अपशब्द प्रयोग गर्दै अमानवीय व्यबाहार गरेपछि सुरु भएको विवाद बढ्दै गएपछि स्थानीयले समलिंगी तेस्रोलिंगीलाई कुटपिट गरेका थिए । पीडितलाई अदालतले क्षतिपूर्ति भराईदिने कानुनी व्यवस्था रहेको अधिवक्ता सुजन पन्तले वताए । घटनालाई जिल्ला प्रहरी कार्यालयसम्म नपुर्याउन भुम्लुटारका स्थानीयले चैत्र २९ गते प्रहरी चौकी पाँचखालमा राती अवेरसम्म दवाव दिएका थिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.