कोठाभाडा दोब्बर भएको समलिंगी तेस्रोलिंगीको गुनासो

कोठाभाडा दोब्बर भएको समलिंगी तेस्रोलिंगीको गुनासो

काठमाडौं (पहिचान) जेठ १२ -बैशाख १२ गतेको महाभुकम्प पछि काठमाडौंमा कोठा भाडा दोब्बर भएको समलिंगी तेस्रोलिंगीले गुनासो गरेका छन् । बस्ने भए बस्नु, नभए अन्त जानु भन्दै घरधनीले दोब्बरले भाडा बढाएको उनीहरुको गुनासो छ । समलिंगी तस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङलाई भेटेर उनीहरुले कोठा भाडा बढेको गुनासो गरेका हुन् ।

काठमाडौंको लाजिम्पाट, बालाजु, सामाखुसी, महाराजगंज, चावहिल लगायतका क्षेत्रका घरधनीले महाभुकम्प पछि कोठा भाडा दोब्बर बनाएका समलिंगी तेस्रोलिंगीले वताए । लाजिम्पाट क्षेत्रमा कोठा भाडामा लिएर बस्दै आएका समलिंगी तेस्रोलिंगीलाई घरधनीले भनेजति भाडा नदिए निस्केर जानु भनिसकेकाले आफूहरु अन्यौलमा परेको उनीहरुको भनाई छ ।

समाजकी अध्यक्ष पिंकी गुरुङले समलिंगी तेस्रोलिंगीलाई घरधनीले पहिलेदेखिनै विभेद गर्ने गरेको वताउँदै महाभुकम्पपछि विभेद झन बढेको वताइन । धरधनीले समलिंगी तेस्रोलिंगीलाई कोठा भाडामा दिदै नदिने, दिए पनि विपरितलिंगी भन्दा धेरै भाडा यसअघि पनि लिन्थे अध्यक्ष गुरुङले थाइल्याण्डको बैंकक जानु अघि पहिचान अनलाइनसँग कुरा गर्दै भनिन, अहिले त दोब्बर भन्दा धेरै भाडा बढाएको गुनासो आएको छ । त्यस्ता घरधनीलाई सचेत गराइयोस ।

गृह मन्त्रालयले महाभुकम्प पछि घर भाडा बढेको भए प्रहरीमा खवर गर्न सबैमा अनुरोध गरिसकेको छ । सरकारले महाभुकम्प पछि कोठा भाडा दोब्बर बनाउने घरधनीको नाम ठेगाना उपलब्ध गराए सचेत गराउन र अटेर गरे कारवाही गर्न भनिसकेको छ । आफू बसेको घर बस्न नमिल्ने गरी चर्के पछि सडकमा रात कटाउनु परेको गुनासो पनि समलिंगी तेस्रोलिंगीले गरेका छन् । बस्ने ठाउँ नभएपछि सडकमा निस्कदाँ प्रहरीले विना कारण पक्राउ गर्ने गरेको उनीहरुको भनाई छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.