भुकम्प पीडित तेस्रोलिंगीलाई राहत वितरण

भुकम्प पीडित तेस्रोलिंगीलाई राहत वितरण

काठमाडौं (पहिचान) जेठ २८ – भुकम्प पीडित समलिंगी तेस्रोलिंगीलाई सेभ द चिल्ड्रेन, रेडक्रस सोसाइटी, युनिसेफले टेन्ट र व्ल्याङकेट सहयोग गरेको छ । समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजलाई सेभ द चिल्ड्रेनले ३५ वटा टेन्ट र पियुस सहयोग गरेको छ । यस्तै रेडक्रसले १५ वटा टेन्ट र ५० वटा व्ल्याङकेट दिएको यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको महासंघ नेपालकी राष्ट्रिय कार्यक्रम संयोजक सिमरन सेरचनले जानकारी दिइन ।

यस्तै भुकम्प पीडित समलिंगी तेस्रोलिंगीका लागि युनिसेफले ४० वटा व्ल्याङकेट दिएको सेरचनले जानकारी दिइन । पीडितका लागि पानीमा हाल्ने पियुस, विरामी हुँदा खाने सिटामोल, माक्स, ग्लोव लगायतका सामग्री प्राप्त भएको उनले वताइन । प्राप्त सामग्री सिर्जु थापा, आकाक्षा तिम्सिना, अञ्जली शर्मा, शोफी सुनुवार, अनिल शेर्पा, भूमिका श्रेष्ठ, तिर्थमान श्रेष्ठ, हनी महर्जन, श्री साई, नतासा श्रेष्ठ, केयर एण्ड सपोर्ट, सुशीला लामा, बगिनी, राजु लामा, हलस्ता श्रेष्ठ, मोना श्रेष्ठ, स्वस्तिका लामा, राधिका लामा, सिवानी मुगुरेती, मुस्कान केसी, सितल गुरुङ, सुवास माली, चरी, भवानी लामिछाने, माइली भुजेल, जयराम कोजु, दालचिनि काली, शेखर, अजय, मनोज बस्नेत, पूर्ण चन्द्र, राजु सिलवाल, कृष्णप्रसाद न्यौपाने, गौरी नेपाली, कञ्चन घिमिरेले टेन्ट र ब्ल्याङकेट पाएका छन् ।

यस्तै रोजा, कृष्ण मेटी, धु्रव चालक, शिव मेटी, निरुता २, प्रिन्स लामाले रानी घले, (बिश्वराज अधिकारी पियुस मात्रै) नेप्टी लामा, कुमार बुढाथोकी, सुरेन्द्र महर्जन, डल्ली महर्जन, दिब्या, शंकर कोइराला, बलराम घिमिरे, कारजोन कपाली, कैलाश अधिकारी, सुनमाया, सुपारी, काली रामु, कविता, सुदीप गौतम, ज्वाला, त्रिमूर्तिले पनि टेन्ट र ब्ल्याङकेट पाएका छन् । राष्ट्रिय कार्यक्रम संयोजक सेरचनले पीडितलाई पियुस र जीवनजल पनि वितरण गरिएको जानकारी दिइन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.