एचआइभी संक्रमितको सेवा नरोकिने गरी बजेट बिनियोजन गर्ने प्रतिवद्धता

एचआइभी संक्रमितको सेवा नरोकिने गरी बजेट बिनियोजन गर्ने प्रतिवद्धता

काठमाडौं(पहिचान) असार १३ – सरकारले एचआइभी संक्रमित समलिंगी तेस्रोलिंगीको सेवा नरोकिने गरी बजेट बिनियोजन गर्ने प्रतिवद्धता जनाएको छ । एचआइभी संक्रमित समलिंगी तेस्रोलिंगी, लागू पदार्थ दुरव्यसनी, प्रवासी श्रमिक लगायतको सेना नरोकिने गरी बजेट बिनियोजन हुने सरकारको प्रतिवद्धता छ । त्यसका लागि सरकारले रातो कितावमा उल्लेख हुने गरी सरकारको तर्फबाट १७ करोड र दातृ निकायबाट प्राप्त हुने गरी १० करोड गरी २७ करोड रुपैयाँ बार्षिक बजेटको प्रस्ताव गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव शान्त बहादुर श्रेष्ठले दातृ निकायबाट सरकारको ट्रेजरीमा आउने रकम मात्रै रातो कितावमा उल्लेख हुने वताए । एचआइभी संक्रमितलाई सेवा प्रदान गर्दै आएको संघ संस्थाका प्रतिनिधिसँगको छलफलमा सचिव श्रेष्ठले रातो कितावमा रकम उल्लेख भएकोलाई मात्रै साझेदार बनाउन सकिने वताए । ग्लोवल फण्डले दिने एचआइभी संक्रमितको सेवाका लागि दिने रकम सरकारको खातामा नआएसम्म उसलाई साझेदारको रुपमा लिन नसकिने सचिव श्रेष्ठको भनाई छ ।

ग्लोवल फण्डसँग अरु विकल्पबारे कुनै छलफल नभएको श्रेष्ठले वताए । ग्लोवल फण्डको सहयोगमा राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्र मार्फत संचालन हुदै आएको एचआइभी संक्रमितको हेरचाह, उपचार सेवा तथा संक्रमण रोक्न जनचेतना जगाउने कार्यक्रमको अवधी यही असार मसान्तमा सकिदैछ । बजेट सुनिश्चित गरी तत्काल बोलपत्र आब्हान गरेर सेवा निरन्तर गर्ने प्रयासमा आफूहरु लागेको सचिव श्रेष्ठले जानकारी दिए । स्वास्थ्य मन्त्रालयले राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रका निर्देशक डाक्टर दीपेन्द्र रमण सिंहलाई बोलपत्र आब्हान गर्ने काममा आलटाल नगर्न मौखिक निर्देशन समेत दिएको छ ।

सरोकारवाला संघ संस्थाका प्रतिनिधिले वोलपत्र आब्हान ढिलो हुने हुँदा असार मसान्त पछि खाली रहेको समयमा एचआइभी संक्रमितको सेवा रोकिनु नहुने वताए । राष्ट्रिय एड्स महासंघका माधव अधिकारीले खाली रहेको समयमा संक्रमितले सेवा नपाए त्यसको जिम्मेवार को हुने भनेर प्रश्न गरे भने समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले असार मसान्त पछि सेवाले निरन्तरता पाउनु पर्ने वताइन । समाजका उपनिर्देशक परसुराम राईले एचआइभी संक्रमितको सेवा रोकिनु नहुने वताए । राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रका निर्देशक डाक्टर दीपेन्द्र रमण सिंहले सार्वजनिक खरिद ऐन अनुसार बोलपत्र आब्हान गर्ने वताए । उनले अब ढिलाई नहुने प्रतिवद्धता समेत जनाए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.