रामप्रसाद खनालद्धारा समलिंगी बिरोधी कविता डिलिट

रामप्रसाद खनालद्धारा समलिंगी बिरोधी कविता डिलिट

काठमाडौं (पहिचान) असार १५ – नेपाल मदर्स डटकममा समलिंगी बिरोधी शब्द कोरेका रामप्रसाद खनालले अमेरिका बस्न नपाइने डरका कारण समलिंगी बिरोधी कविता डिलिट गरेका छन् । नेपालका समलिंगी तेस्रोलिंगीले खनालका शब्दमा आपत्ती जनाएपछि उनले आफ्नो कबिता डिलिट गरेका हुन् । तर आफूलाई बिद्धानको रुपमा चिनाउने प्रयास गरेका खनालले समलिंगी सम्वन्धलाई बिकृती विसंगती भनेका छन् ।

उनले आफ्नो फेसबुक वालमा जन्मिदै लिंग बिहिन भएर वा प्राकृतिक रुपमै तेस्रोलिंगी भएर जन्मन्छन उनीहरुलाई उच्च सम्माना गर्नु पर्ने भन्दै आफ्नो कवितामा लेखिएका शब्दको आफैले खण्डन समेत गर्न भ्याएका छन् । भरखरै मात्रै समलिंगी बिबाहलाई मान्यता दिने फैसला गरेको अमेरिकी देशमा बसोबास गर्ने खनालले कोरेका शब्द प्रति नेपालका समलिंगी तेस्रोलिंगीले नेपालमा रहेको अमेरिकी दूतावास मार्फत ध्यानाकर्षण गराएका छन् ।

उनले अनलाईनबाट कबिता हटाए पनि आफ्नो फेसबुकमा मानवअधिकार बिरोधी शब्द लेखेको भन्दै समलिंगी तेस्रोलिंगीले आपत्ती जनाउँदै दूतावासमा ध्यानाकर्षण गराएका हुन् । खनालमा अलिकति पनि मानवता रहेनछ समलिंगी तेस्रोलिंगीले भने, मानव हो भने मानवको व्यवहार गर्न आग्रह गर्छौ । खनालले आफ्नो फेसबुकमा लेखेका यि शब्द पनि पढनुहोस :

7 hrs · Edited ·

पुरुषले पुरुष सँग, महिलाले महिला सँग बिहे गर्नु, अप्राकृतिक सेक्स गर्नु, प्रकृतिले दिएको मानब जिबन लाई दुरुपयोग गर्नु राम्रो होइन, जो जन्मिदै लिँग बिहिन भएर वा प्राकृतिक रुपमै तेस्रो लिँगी भएर वा अशक्त भएर जन्मिन्छन उनिहरु प्रति ऊच्च सम्मान छ, गर्नुपर्छ तर जो हर हिसाबले शारिरिक रुपमा पर्फेक्ट छन, तर मानब जिबन लाई बिक्रित पारीरहेका छन, प्रक्रिती बिरोधि काम उनिहरुले गर्दैछन त्यो गलत हो भनेर अस्ति एउटा कबिता मार्फत आफ्नो ब्यक्तिगत बिचार राखेको त हाम्रा केही नेपालीहरु खालान जस्तो गर्दै गाली गलौज मा उत्रेको देखेपछी मैले भर्खरै कबिता डिलिट गरेँ । 

हुँदा हुँदा तैले किन रातो टिसर्ट लगाको त्यो पनि गे र लेस्बियनको समर्थन हो पाखे, कबिता चाँही बिरोधमा लेख्ने ?? सम्म भन्न भ्याए बा केहीले त !!!! हाँसो पनि लाग्यो, अब रातो टिसर्ट लगाउन पनि नहुने भएछ भनेर ।
सोँचें हाम्रो देश गरीब भए पनि हाम्रा नेपालीहरु अमेरिका र युरोपका भन्दा पनि बढी अगाडि पुगेछन । अब अप्राकृतिक सेक्स का पक्षपाती भएछन खुलेरै बोल्न थालेछन् । यि विद्वान हरुको जय होस् भन्दै अब केही बर्षमा नेपालमा यिनकै राज चल्ने, बिकृतिले अझै सिमा नाघ्ने अड्कलका साथ म पछी हटेँ ।
सोंचेको थिएँ मेरो देश नेपाल संसारकै स्वर्ग बनाउन सकिन्छ तर म गलत रहेछु जस्तो लाग्यो । र भन्न मन लाग्यो – नेपाललाई सबै लागि सकेछ । धर्म सँस्क्रिती, रिती रिवाज, परम्परा, एकता, मानब जिबनको सदुपयोगको पक्षमा, बिक्रिती बिसँगतिका बिपक्षमा, बन्धुत्व भाईचाराका पक्षमा कुरा गर्ने म जस्ता मान्छे अब पुरातनबादी, पाखे, केही नजानेको भईएछ अब को कलीयुगमा सत्य युगका कुरा गर्नु मुर्खता हुँदोरहेछ ।
लौ अब जे जे मन लाग्छ त्यही गर, पुरुष ले पुरुष नै बिहे गर, महिलाले महिला नै बिहे गर । सेक्स पनि जसरी गर्न मन लाग्छ त्यसरी गर । बच्चा पनि पुरुसले नै पाउ । गाई भैँसी होइन अब गोरु र राँगो बाट प्रजनन गराउ, तिनकै दुध दोएर खाउ वा जे सुकै गर तिमीहरुकै मर्जी ।
म तिमीहरुको मानबाधिकारको ऊच्च सम्मान गर्दै अब यस पछी महिलाले पुरुष सँग, पुरुसले महिला सँग बिहे गर्नुपर्छ भन्दिन, प्रकृतिले दिएको उपहार मानब जिबनको सदुपयोग गर्नुपर्छ पनि भन्ने छैन किनकी ति कुरा अब मानबाधिकार बिरोधी कुरा भएछन । कबिता मन पराएर लाइक र कम्मेन्ट गर्ने हजार भन्दा बढी तपाईंहरु प्रति र गाली गलौजमा उत्रिने करिब ३० जना जती विद्वानहरुमा पनि म आभार ब्यक्त गर्दछु । धन्यवाद ।

गणतन्त्र पछि नेपाल छोडेका रामप्रसाद खनाल समलिंगी बिरोधी – See more at: https://pahichan.com/np/2015/06/3711#sthash.aMp91nJe.dpuf

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.