समलिंगी तेस्रोलिंगीबारे मन्त्री पाण्डेको चासो

समलिंगी तेस्रोलिंगीबारे मन्त्री पाण्डेको चासो

काठमाडौं (पहिचान) साउन १ – परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समूदाय प्रति चासो व्यक्त गरेका छन् । परराष्ट्र मन्त्रालयमा समलिंगी तेसोलिंगीसँग भएको भेटमा मन्त्री पाण्डेले तपाईको पार्टनर कोही छैन ? भनेर ठट्टा समेत गरेका छन् । तपाई केटा केटानै मन पराउनु हुन्छ मन्त्री पाण्डेले भने, तपाईको पार्टनर पनि त होला होइन ? नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ, कार्यकारी निर्देशक मनिषा ढकाल, उपनिर्देशक परसुराम राई, अधिवक्ता सुजन पन्तसँगको भेटमा मन्त्री पाण्डेले तपाईहरुको संख्या कति हो भनेर प्रश्न गरे ।

जवाफमा कार्यकारी निर्देशक मनिषा ढकालले बिश्वको एक अध्यनन अनुसार कुल जनसंख्याको ८ देखि १० प्रतिशत यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका सदस्य हुने जानकारी दिइन । कसैले सिकाएर हुने त होइन ? मन्त्री पाण्डेको प्रश्नमा अध्यक्ष पिंकी गुरुङले जसरी महिला र पुरुष हुन्छन त्यसैगरी आफ्नो समूदाय पनि प्राकृतिक नै भएको वताइन । महिला पुरुष त सन्तुष्ट हुन्छन् तर तपाईहरु नि ? उपनिर्देशक परसुराम राईले समलिंगी सम्वन्धबाट आफूहरु सन्तुष्ट हुने गरेको वताए ।

घर, परिवारबाट निकालिनु पर्ने अबस्था के हो ? मन्त्री पाण्डेको अर्को प्रश्नमा समाजकी अध्यक्ष गुरुङले सभ्य समाज र सभ्य नागरिक भित्र आफ्नो समूदाय माथि विभेद, दुरव्यवहार र हिंसा हुने गरेकाले घर, परिवारबाट टाढा बस्नु परेको वताइन् । दाजु भाईको विवाह हुँदैन भनेर जन्म दिने आमा र जन्मन अधिकार दिने बाबुलेनै घरबाट निकाल्ने गरेको कार्यकारी निर्देशक ढकालले वताइन ।

मन्त्री पाण्डेले गुरुङ, ढकाल र राईको अध्ययनबारे पनि चासो राखेर प्रश्न गरेका थिए । गुरुङले रत्नराज्य लक्ष्मी क्याम्पसमा अध्ययन गर्दा तेस्रोलिंगी भनेर जिस्क्याउने, छुट्टै शौचालयको व्यवस्था नहुने जस्ता समस्याले अध्ययन पूरा गर्न नपाएको वताइन । ढकाल र राईले भने अध्ययनमा बाधा, ब्यवधान नआएकाले अध्ययन पूरा गरेको वताए ।

केटा भएर किन केटा नै र केटी भएर किन केटीनै मन पराउनु हुन्छ त मन्त्री पाण्डेको प्रश्नमा उनीहरुले भने तपाईलाई हामीले किन महिला रोज्नु हुन्छ भने जस्तै आफूहरुको प्राकृतिक सोचाई भएको वताए । उनीहरुले कतिपय परिवारले अहिले पनि जवरजस्ती बिपरितलिंगीसँग विवाह गराउँदा दुवैको जीवन बर्बाद भइरहेको वताए ।

मन्त्री पाण्डेले यसअघि समलिंगी तेस्रोलिंगी समूदायको अधिकार प्राप्तिका अभियन्ता पूर्व सभासद् सुनिलवावु पन्तसँग भेट भए पनि धेरै कुरा हुन नपाएको वताए । यौनिक तथा लैगिंक अल्पसंख्यक समूदाय माथि हुने विभेद, दुरव्यवहार र हिंसा अन्त्यका लागि संयुक्त राष्ट्र संघले जारी गर्ने प्रतिवद्धता पत्रमा नेपालको तर्फबाट पनि हस्ताक्षर गर्नका लागि जेनेभामा रहेका नेपाली प्रतिनिधिलाई भनिदिन उनीहरुले संयुक्त आग्रह गरेका थिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.