एचआइभी रोकथाम र संक्रमितको उपचार सेवा ठप्प

एचआइभी रोकथाम र संक्रमितको उपचार सेवा ठप्प

काठमाडौं (पहिचान) साउन २२ – गएको साउन १ गतेदेखि एचआइभी रोकथाम र संक्रमितको उपचार सेवा रोकिएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रको आलटालले एचआइभी रोकथाम र उपचार सेवा रोकिएको हो । सेवा रोकिदाँ झण्डै ३ लाख यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी, तेस्रोलिंगी, दुईलिंगी र अन्तरलिंगी प्रत्यक्ष प्रभावित भएका छन् । एचआइभी रोकथाम र संक्रमितको उपचार सेवा रोकिनु हुँदैन नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले भनिन्, यसले सन् २०३० सम्म एचआइभीलाई शुन्यमा झार्ने लक्ष्य अलपत्र हुन सक्छ ।

एचआइभी रोकथाम र संक्रमितको उपचार सेवा नरोक्न नील हिरा समाज सहित नार्गाजुन डेभलमेन्ट कम्युनिटी र राष्ट्रिय एड्स महासंघले अन्तर्गत राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको ध्यानाकर्षण गराएका छन् । केन्द्रका निर्देशक दीपेन्द्रमान सिंहलाई पहिला संक्रमण हुनु र उपचार सेवा लिन आउनु भन्ने आशय सहितका गतिविधि नगर्न सुझाव समेत दिएका छन् । स्वास्थ्य सचिवसँग पटक पटक भएका छलफलमा एचआइभी रोकथाम र उपचार सेवा नरोकिने मौखिक प्रतिवद्धता पाए पनि केन्द्रले समयमै पहल नगर्दा साउन १ गतेदेखि सेवा रोकिनु दुखद भएको समाजकी अध्यक्ष पिंकी गुरुङले वताइन ।

उनीहरुले केन्द्रका निर्देशक सिंहलाई भनेका छन्, ग्लोवल फण्डबाट रकम नआएपनि सरकारकै बजेटमा २७ करोड रुपैयाँ चालु आर्थिक बर्षदेखि निकासा गरेर कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धताका बाबजुद पनि आर्थिक बर्ष शुरु भएकै दिन साउन १ गतेदेखि नै यो कार्यक्रम रोकिनुले एचआइभी रोकथाम, उपचार सेवा र लक्षित बर्गका व्यक्ति र सरोकारवाला संस्थालाई अत्यन्तै चिन्तित बनाएको छ । सरकारको अस्पष्ट नीति र कार्यक्रमका कारण लक्षित समूदायले पाउँदै आएका अत्यन्त संवेदनशिल र मानविय सेवाहरु करिव चार महिना ठप्प हुने अवस्थामा पुगेको नार्गाजुन डेभलपमेन्ट कम्युनिटीका कार्यकारी निर्देशक जगदिशचन्द्र भट्टले वताए ।

नील हिरा समाजका उपनिर्देशक परसुराम राइले एचआइभी संक्रमितलाई सेवा दिने निरन्तरता जस्तै एचआइभी रोगथामको सेवालाई पनि निरन्तरता दिनु अति आबश्यक देखिएको वताए । उनीहरुले एचआइभी रोकथाम, उपचार, लक्षित वर्ग र सरोकारवाला संस्थाको अभिभावकको रुपमा रहेको स्वास्थ्य मन्त्रालयले सेवालाई निरन्तरता दिने पर्ने माग गरेका छन् । समाजकी कार्यकारी निर्देशक ढकालले राष्ट्रिय एड्स तथा यौन केन्द्रले सेवा निरन्तरता गर्ने बिषयमा सेभ द चिल्ड्रेनसँग छलफल गर्ने वताएको जानकारी दिइन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.