भुकम्प पीडित समलिंगी तेस्रोलिंगीलाई राहत वितरण

भुकम्प पीडित समलिंगी तेस्रोलिंगीलाई राहत वितरण

काठमाडौं (पहिचान) भदौ १५ – यौनिक तथा लैगिंक अल्पसंख्यक समूदाय समलिंगी तेस्रोलिंगीको मातृ संस्था नील हिरा समाजले भुकम्प पीडित समूदायका सदस्यलाई राहत वितरण शुरु गरेको छ । विभिन्न संघ संस्थाबाट प्राप्त सहयोग रकम समाज कल्याण परिषद्ले स्वीकृत गरेपछि समाजले वितरण शुरु गरेको हो । समाजले मृतक समूदायका सदस्य, सदस्यका आफन्त, कर्मचारी र कर्मचारीका परिवारलाई १ लाख रुपैयाँका दरले र घर भत्केकालाई १५ हजार रुपैयाँका दरले राहत वितरण शुरु गरिएको समाजकी अध्यक्ष पिंकी गुरुङले जानकारी दिइन । समाजले मृतक समूदायका सदस्य, सदस्यका आफन्त, कर्मचारी र कर्मचारीका परिवारलाई १ लाख रुपैयाँका दरले र घर भत्केकालाई १५ हजार रुपैयाँका दरले राहत वितरण शुरु गरिएको समाजकी अध्यक्ष पिंकी गुरुङले जानकारी दिइन । समाजले भुकम्प पीडित श्रीकुमार खड्गी, रुक्साना कपाली, रोजिना रिजाल, राजु लामा र रवि गुरुङलाई १५ हजार रुपैयाँका दरले नगद हस्तान्तरण गरेको हो ।

राहत वितरणमा एसिया प्रशान्त क्षेत्र स्तरिय तेस्रोलिंगीहरुको नेटवर्कका जोइ वङ, केभेन हेलेन, नील हिरा समाजकी अध्यक्ष गुरुङ, तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठ, यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको महासंघ नेपालकी राष्ट्रिय कार्यक्रम संयोजक सिमरन शेरचन, मलायका लामा लगायत उपस्थित थिए । राहत वितरण अघि नील हिरा समाजमा भएको कार्यक्रममा समाजका उपनिर्देशक परसुराम राईले बैशाख १२ र २९ गतेको भुकम्पमा समूदायका सदस्य, कर्मचारी गरी ७५ वटा घरमा आंशिक र पूर्ण क्षति पुगेको जानकारी दिए ।IMG_20150829_105748025

उनले समूदायका एक जना सदस्य, एक जना कर्मचारी र एक जना कर्मचारीका आफन्तको निधन भएको वताए । राईले भुकम्पले संस्थाका दुई वटा भवनमा पनि क्षति पुगेको जानकारी दिए । महाभुकम्प पछि समाजले टेन्ट, औषधी वितरण गरेको र केही पछि टेन्टमा बसेका समूदायका सदस्यलाई बासस्थानको खोजी गरेको वताए । एसिया प्रशान्त क्षेत्र स्तरिय तेस्रोलिंगीहरुको नेटवर्कका जोइ वङ र केभेन हेलेनले यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको मानवअधिकार, शिक्षा, स्वास्थ्य, रोजगार लगायतका क्षेत्रमा नील हिरा समाजले गरेको कामको प्रशंसा गरेका थिए ।

यस्तै एसिया प्रशान्त क्षेत्र स्तरिय तेस्रोलिंगीहरुको नेटवर्कका जोइ वङ र केभेन हेलेनले व्यक्तिगत रुपमा भुकम्प पीडित यो समूदायका सदस्यलाई कपडा सहयोग गरेका छन् । उनीहरुले दिएको कपडा भुकम्प पीडित मिना मगर, सुमन चेपाङ, मञ्जिल प्रधान, निर्मल थापा, कृष्ण थापा, सुमित पौडेल, ललित तामाङ, रुपेश थापा लगायतका सय जनालाई वितरण गरिएको यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको विद्यार्थी मञ्चका अध्यक्ष भक्ती शाहले जानकारी दिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.