काठमाडौं (पहिचान) भदौ २१ – भुकम्प पीडित गोरखा बारपाकका तेस्रोलिंगी रवि गुरुङलाई नील हिरा समाजले आर्थिक सहयोग गरेको छ । यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको मातृ संस्था समाजले भुकम्प पीडित तेस्रोलिंगी गुरुङलाई १५ हजार रुपैयाँ नगद सहयोग गरेको हो । आर्थिक अवस्था कमजोर भएका गुरुङको आँखाको उपचार समेत गरिएको समाजको दिवा परियोजनाकी कार्यक्रम संयोजक भूमिका श्रेष्ठले जानकारी दिइन ।
नील हिरा समाजले भुकम्प पीडित यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका सदस्य र समाजमा कार्यरत कर्मचारीलाई समाज कल्याण परिषदको स्वीकृती लिएर आर्थिक सहयोग वितरण गर्दै आएको छ । भुकम्प पीडित तेस्रोलिंगी गुरुङको आर्थिक अवस्था कमजोर रहेछ श्रेष्ठले भनिन्, नगद सहयोग र आँखाको उपचार पछि गुरुङले नील हिरा समाजलाई धन्यवाद दिए ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.