तेस्रोलिंगीको आर्शिबाद : सम्मान गरे सम्मान पाइन्छ

तेस्रोलिंगीको आर्शिबाद : सम्मान गरे सम्मान पाइन्छ

काठमाडौं (पहिचान) भदौ २३ – जन्मदा पुरुष हुर्कदै बढ्दै जादाँ महिलाको स्वभाव, हाउभाउ । तेस्रोलिंगी महिला उमेश पाण्डे निरुतालाई अर्धनारेश्वरको रुपमा केही महिलाले सम्मान गरेका छन् । महिले भेट्न खोजेको २ बर्ष भयो । आज भेट भो धेरै खुशी लागेको छ । काठमाडौं नयाँबानेश्वरकी प्रविना टण्डनले भनिन्, खुलेर बोल्ने यो समूदायलाई सबैले सम्मान गर्नु पर्छ । टण्डनले आधा महादेव र आधा पार्वतीको रुप मानेर परापूर्व कालदेखिनै सम्मान गर्ने परम्परा रहेको वताइन ।

11993171_532193623610730_1796627013_oमैतिदेवी घट्टेकुलोकी शारदा बज्राचार्य मानन्धरले तेस्रोलिंगीबारे पहिले केही थाहा नभएको वताउँदै भनिन्, तेस्रोलिंगीलाई मान सम्मान गर्नु पर्छ, घृणा गर्नु हुँदैन । नयाँ बानेश्वर, मैतिदेवी घट्टेकुलो र झोर महांकालबाट तेस्रोलिंगीलाई भेट्न पुगेका महिलाले तेस्रोलिंगीसँग आर्शिवाद मागे । हामीलाई आर्शिवाद दिनुहोस्, तेस्रोलिंगी निरुतालाई उनीहरुले भने, धेरै समयदेखिको भेट्ने हाम्रो चाहना आज पूरा भयो । उनीहरुले तेस्रोलिंगी निरुतालाई कपडा, चुरा, टिका लगाइदिए ।

उनीहरु यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजमै पुगेर निरुतालाई सम्मान गरेर आर्शिवाद लिएका हुन् । तेस्रोलिंगी निरुताले परापूर्व कालदेखि हामी जस्ता व्यक्तिलाई हरेक बुधवार भेटेर आर्शिवाद लिने चलन रहेको सुनाए । धार्मिक ग्रन्थमा हाम्रो बारेमा लेखिएको छ निरुताले भने, धर्मशास्त्र पढेकाहरुले हामीलाई घृणा होइन माया र सम्मान गर्छन । उनले आफ्नो सम्मान चाहनेले अरुलाई पनि सम्मान गर्नु पर्ने वताए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.