खुमन निर्दयी/पहिचान – सर्वप्रथम त नील हीरा समाज र कार्यक्रम पहिचान प्रति हृदयदेखि नै आभार अनि कृतज्ञता प्रकट गर्न चाहन्छु । किनकी नील हीरा समाज र कार्यक्रम पहिचानले यो समाजमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी महिला तथा पुरुषलाई यो समाजमा थोरै मात्रामा भए पनि खुलेर हिडने वातावरण तयार गरीदिएको छ ।
परम्परागत तथा पुरुष प्रधान नेपाली समाजमा विरलै मात्र भेटिएलान यो समाजमा महिला पुरुष मात्र नभइकन समलिंगी तेस्रोलिंगी पनि छन । अशिक्षा, पुरातनवादी सोचले जकडिएको समाजमा शिक्षित व्यक्तिले पनि धेरै अशिक्षितको भुमिका प्रर्दशन गरिरहेका छन । यो कुरा त शिक्षित र सभ्य भनाउदा यो समाजका पुरातनवादी सोचहरुले प्रष्ट पारिसकेको छ ।
मेरो आत्माकथा
यो लेखाइमा कतै कमजोरी देखिएछ भने गल्ति सम्झेर क्षमा दिनुहोला । म खुमन निर्दयी हाल धनगढी कैलालीमा जीवन संघर्षका साथ स्नातक तह दोश्रो बर्षको पढाइलाई निरन्तरता दिइरहेको छु । मेरो जन्म स्थान डोटी भएता पनि समय अन्तरालसंगै हाल यहा छु । म एउटा १९ बर्षिय युवक समस्या र दुबिधाका साथ यो जिन्दिगी व्यतित गरिरहेको छु । जब म कुनै पनि समयमा बसेर केहि पनि कुराको बारेमा सोच्थे र निष्कर्स पनि निकाल्ने क्षमतामा थिए । तर म जतिखेर आफनो घर परिवार समाज अनि आफ्नै यौनिकता र लैंगिकताका बारेमा जान्दथे, त्यतिखेर म अन्य सामान्य पुरुष र महिलाको बाहेक या वेग्लै आफनो कार्य पाउथे । जुन कुराले मलाई अहिलेसम्म पनि ज्वालासरी जलन दिइरहेको छ । बुझन त म पनि बुझछु । मेरो बुबा आमाको तेस्रो सन्तानका रुपमा छोरा बनि जन्म लिए । तर हाल आएर न त म असल छोराको भुमिकामा रहन सके न त छोरीको । जिम्बेवारीको यो उमेरमा आएर आफनो जिन्दगीको यस्तो अस्तित्वमा पिल्सीरहदा खेरी कसलाई जलन नहोला र ? लाग्छ यो जीवन त कुनै पुर्व जन्मको क्रममा नर्कले समेटदिएको श्राप हो । जुनसुकै शब्दले आफनो अस्तित्व र जिन्दगीलाई सरापेता पनि यो कुरा फर्कने छैन ।
हिजडा छकका र अन्य यस्तै यस्तै किसिमका अपमानित शब्दले दिएको आफन्त र घरपरिवारको गाली र श्राप अनि यो गाउँ र समाजले दिएको यो उपमा सानोमा जे जस्तो अबस्था बितेता पनि उमेर र समयको अन्तरालसंगै तन फेरीयो मेरो हरियाली वन फेरीयो मेरो इच्छा चाहाना रहर फेरीयो मेरो दिमाग फेरीयो जिम्बेवारी फेरियो तर फेरीन सकेन मेरो केटीको जस्तो व्यबहार । सानो उमेरमा पनि घर परिवार होस या बाहिर एउटा छोरीको भुमिकामा रहेर मेरो कर्तव्य पुरा गरे तर आज पनि यहि कार्यले गर्दा धेरैको सोचमा यो तिरस्कृत र अपमानित शब्द छ कि यो त हिजडा हो । कति अपमान अनि अन्याय यो समाजका मानिसले समलिंगी प्रति गर्ने अन्याय अत्याचार कुकर्म थिचोमिचो अनि हेला र लाञ्छना । बिचरा हामी जस्ता मानिसले सहनुपर्ने । यो कुकर्मले बिचराहरुलाई बाच्नु भन्दा मर्नु बेस र यो घरपरिवार र समाजलाई छाडेर अन्तै गएर बाचे खाउला नत्र मरुला भन्ने ठुलो परिस्थिति ल्याएर बिच बाटोमा छोडिदिदो रहेछ ।
मेरो यो मनले दृढताका साथ बाच्ने केहि गर्ने अनि देशको बलिदानमा समर्पित हुने सोच राखेता पनि धेरै किसिमका बाधा र व्याबधानले हार खाइसकेको छ । मेरो पढाई पनि राम्रो थियो तर यहा आई पुग्दा पहिलो कुनै नजरले हेरेको थिएन । तर दोश्रो बर्षमा आइपुग्दा कोही त्यस्ता मेरा अपराधिले सोच्दैछ र अरुलाई पनि सेयर गर्दैछ । यो केटा केटी भन्दा भिन्न छ, भनेर अनि त्यस्तो कुदृष्टिले मेरो पढने र जीवन फेर्ने चाहानामा तुसारापात गरिदिन्छ । र मनमनै सोच्दछु यो बेकारको जिन्दगी बाचेको रहेछु । जब क्याम्पस जान्छु केटा केटीसंग सामान्य बोलचाल भएता पनि म कसैसंग घनिष्ठ हुन सक्दिन र सबैको जमातमा एक्लै बस्नुपर्छ । अनि कुनै कक्षा सर नभएर खालि भएछ भने एक्लै ४५ मिनेट काटदा लाग्छ म त संसारमै एक्लो रहेछु र सारै अभागि रहेछु । आत्मग्लानी र पीडा भइरहन्छ ।
कार्यक्रम पहिचान अधिक सुन्दछु र त्यस्ले पनि मलाई समस्यामा पार्दछ कि मसंग कुनै पनि समलिंगी तेस्रोलिंगीको परिचय छैन । केटा भएर पनि केटासंगै जीवन बिताउन पाए भन्ने लाग्छ यो कुरा अशिक्षित समाज मेरो परिवारले कसरी बुझोस त्यो भएर खुलेको पनि छैन । त्यो भएर मेरो यौनिकताबारे संका छ । अरुलाई तर जानकारी नै छैन । यो निश्चित छ कि यो घरपरिवारले समाजले मलाई स्वीकार्दैन । कोठामा बस्दा पनि अति नै समस्या हुन्छ । यदि कोहि म जस्तो साथी भए पनि सजिलो हुन्थ्यो । तर हामीले मात्रै सबैको कुरा बुझ्ने तर हाम्रो कुरा र गुनासो कसैले बुझदैन । अरु त कोही केटासंग घुम्न हिडछन बस्छन काम गर्छन तर आफु जस्तो समलिंगी त कहिल्यै भेटेको छैन । लाग्छ यो भगवानले एक्लाको एक्लै बाच्न पठाए । केटाँ हु केटालाई नै मन पराउछु । केटीले गर्ने प्राय काम गर्छु केटाले गर्ने काम जान्दिन । एउटा केटासंग जीवन बिताउन सक्छु, र चाहान्छु तर म यौन र यौन सम्बन्धलाई त्यति धेरै आबश्यक सोच्दिन । यदि यो पत्र कार्यक्रम पहिचानमा पुगेछ भने उपर्युतm भए अबश्य प्रसारण गरिदिनु हुनेछ । अनुपयुतm भएछ भने पनि मेरो समस्याको अबश्य सुझाव दिनु होला म के हु ? यो मेरो वास्तविक कथा हो । कुनै काल्पनिक होइन । यो पत्र पनि राति लेखेको दिउसो अरुको डर छ । आशावादि छु मेरो समस्याको समाधान हुनेछ ।
खुमनले यो कथा रेडियो कार्यक्रम पहिचानलाई पठाएका हुन्
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.