नील हिरा समाजमा सीपमुलक तालिम, व्यक्तित्व विकास सहित आत्मविश्वास बढेको सहभागिको अनुभव

नील हिरा समाजमा सीपमुलक तालिम, व्यक्तित्व विकास सहित आत्मविश्वास बढेको सहभागिको अनुभव

काठमाडौं (पहिचान) पौष २२ – नील हिरा समाजको आयोजनामा समलिंगी तेस्रोलिंगीहरुले हटलाइन अपरेटरको तालिम पाएका छन् । दुई दिनसम्म संचालित तालिममा ११ जना समलिंगी तेस्रोलिंगीहरु सहभागि भए । इजरायली सहयोग नियोग इजरायल एडको सहयोगमा संचालित तालिममा भूकम्प प्रभावित भएपछि नेपालको सहयोगमा आएकी इजरायल एडकी भोलेन्टियर हेलेना यनिफले तालिम दिएकी हुन् । उनी व्यक्तित्व विकास तालिम तथा समाजिक काउन्सिलिङ विषयकी विज्ञ हुन् ।
Hotlineतालिम कार्यक्रममा नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले तालिमको अधिकतम उपयोग गर्दै व्यक्तित्व विकासमा प्रयोग गर्न सहभागिहरुलाई सुझाव दिइन् । ‘तपाईहरु तालिम सकिएपछि आफ्नो क्षेत्रमा गएर काम गर्नुहुन्छ, र त्यसको अनुभव सहित आउनुहुने छ ।’ ढकालले भनिन्, ‘तालिम पछि तपाइहरुको आत्म विश्वास र कार्यकुशलता दुबैमा परिवर्तन हुनेछ ।’ उनले त्यति टाढाबाट आएकी हेलेना यनिफको अनुभवबाट सिकेर आफ्नो क्षमता विकासगर्दै जनुकुनै ठाउँमा काम गर्नका लागि योग्य भएर बस्न सुझाव दिइन् ।
तालिम पछि सहभागीहरुले विगतमा गर्दै आएको हर्टलाईन सेवा कुनै मापदण्ड अनुरुपको नभएको जानकारी पाएको बताउँदै अवका दिनमा सुधारका लागि पर्याप्त जानकारी प्राप्त गरेको बताए । उनीहरुले तालिमसँगै आत्म विश्वास बढेको भन्दै अवका दिनमा जुनसुकै संघसंस्थामा गएर पनि काम गर्नसक्ने आँट आएको बताए ।
‘हिजो हामी कुनै ज्ञान विनानै काम गर्दा हामीले धेरै त्रुटीहरु गरिरहेका रहेछौं’ तालिमकी सहभागि अपेक्षा दाहालले भनिन्, ‘अब त्यस्ता त्रुटीहरु हुँदैनन् भने विभिन्न इन्टेसनबाट कुरागर्नेहरुसँग पनि कसरी सहज रुपमा डिल गर्ने भन्ने कुरा हामीले सिकेका छौंं ।’ उनले आफूले फोन गर्ने व्यक्तिको ठाउँमा आफूलाई राखेर सोच्ने र एकदमै सहजरुपमा उसका समस्या जिज्ञासाको जवाफ दिनुपर्ने विषय तालिमपछि सिकेको बताइन् ।
नील हिरा समाजमा हटलाईन अपरेटरको रुपमा कार्यरत तालिमका सहभागि पिटर तामाङले विगतमा काम गर्दा केही अनुभव र सुझावबाट काम गरिरहेको भए पनि त्यो पर्याप्त नरहेको जानकारी पाएको बताए । ‘हामीले हिजो गरिरहेको काम हाम्रो जिम्मेवारीका लागि पर्याप्त रहेनछ’ तामाङले भने, ‘अबका दिनमा हामी पर्याप्त जिम्मेवारी बहन गर्न सक्षम भएका छौं ।’ उनले तालिम पछि नैं आफ्नो व्यक्तित्व र कार्यशैलीमा परिवर्तन आउने बताए ।
तालिमकी अर्की सहभागि एसिला तामाङले आफू हटलाईन अपरेटरको रुपमा कार्यरत नभएपनि व्यक्तित्व विकासमा उपयोगि तालिम पाएको बताए । ‘म हटलाइन अपरेटरको रुपमा काम गरिरहेकी त छैन’, तामाङले भनिन्, ‘तर, समाजिक क्षेत्रका अन्य ठाउँमा काम गर्दा पनि आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा राम्रो ज्ञान प्राप्त भएको छ ।’ उनले समाजिक क्षेत्रमा काम गर्नेहरुका लागि उपयोगि यस्तो तालिममा मानिसको व्यक्तित्वमा नैं फरक ल्याउने बताइन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.