समलिंगी तेस्रोलिंगीका लागि ९०–९०–९० कार्यक्रम

समलिंगी तेस्रोलिंगीका लागि ९०–९०–९० कार्यक्रम

काठमाडौ (पहिचान) पौष २६ – एचआईभी तथा एड्सको उच्च जोखिममा रहेका समलिंगी तेस्रोलिंगीलाई लक्षित गर्दै अन्तराष्ट्रिय दातृ निकाय युएसएआइडीले नेपालका १६ जिल्लामा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
९०–९०–९० कार्यक्रम नाम दिएर युएसएआइडीले एचआईभी तथा एड्सको उच्च जोखिममा रहेका समलिंगी तेस्रोलिंगीलाई जोखिमबाट टाढै रहन र संक्रमितका लागि यो कार्यक्रम सञ्चालन गर्न लागेको युएसएआइडीका प्रतिनिधि इभान लोहारले जानकारी दिए ।
गोल्बल फण्ड अन्तरगत राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सरोकारवाला निकायहरुसँग आगामी जुलाई २०१६ देखि डिसेम्बर २०१७ सम्मको कष्टेड एक्सटेन्सन कार्यक्रमसँगको छलफलमा लोहोरले हरेक एक सयमा कम्तिमा ९० जना जोखिममा रेहका समलिंगी तेस्रोलिंगी र यौन पेशामा रहेका ब्यक्तिमा पुग्ने योजना बनाइएको जानकारी दिए ।
कार्यक्रम काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, झापा, सुनसरी, मोरङ, कैलाली, कञ्चनपुर अछाम, डोटी, रुपन्देही, कपिलबस्तु, चितवन, नवलपरासी र बाँकेमा यो कार्यक्रम सञ्चालन हुने समलिंगी तेस्रोलिंगीको अधिकारका लागि काम गर्दै आएको संस्था नील हिरा समाजका उपनिर्देशक परशुराम राईले जानकारी दिए ।
यो कार्यक्रम अक्टोबर २०१६ देखि फ्रेबुअरी २०१८ सम्म सञ्चालन गर्ने र यसका लागि मार्चबाट तयारी सुरु हुने राईले बताए । युएसएआइडीको प्रतिबेदनले नै यो समुदाय बढी जोखिममा रहेको देखिएका कारण यो १८ महिने कार्र्यक्रम सञ्चालन गर्न लागिएको लाहोरले जानकारी दिए ।
समलिंगी तेस्रोलिंगी सामान्यतः महिला पुरुष भन्दा १९ गुणा बढी एचआइभीको जोखिममा रहने गरेको विभिन्न अनुसन्धानहरुले देखाएका छन् । सरकारले समलिंगी संबन्धलाई मान्यता नदिएको अवस्थामा समलिंगीहरु मल्टिपाट्नरसँग रहने गरेका कारण र समाज तथा घरपरिवारले समेत स्वीकार नगरेका कारण यौन पेशा समेत अपनाउने हुँदा यो समुदायमा एचआएभीको जोखिम अन्यमा भन्दा बढी भएको हो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.