“केटी जस्तो देखेर आकर्षित हुनेहरु छन्”

“केटी जस्तो देखेर आकर्षित हुनेहरु छन्”

ललितपुर (पहिचान) चैत्र १४ – मनोज दाई अहिले मोनिका दिदज्यू हुनु भएको छ, पहिला अंगालोमा बाँधिएर हिड्थ्यो, अहिले महिलाको रुपमा हुनुहुन्छ अंगालोमा बाधिएर हिड्न सक्दैनौ । जन्मदाँ पुरुष हुर्कदै बढ्दै जाँदा महिला स्वभावमा रहेका मनोज शाही मोनिकालाई नजिकबाट चिन्ने समाजशास्त्रका एक बिद्यार्थीको मन भित्रको कुरा यतिमा मात्रै सिमित थिएन । उनी भन्दै थिए म त भाले हुँ ।

Patan 1समलिंगी तेस्रोलिंगी दुईलिंगी र अन्तरलिंगी समूदायको मातृ संस्था नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले त्यसो भए तपाई महिलालाई पोथी भन्नु हुन्छ होला होइन भनेर प्रश्न गरे पछि पाटन संयुक्त क्याम्पसको एउटा कक्षा कोठामा हाँसोको  फोहोरा नै छुट्यो । जसरी पुरुषले आफू भाले भएको ठानेर महिलालाई पोथी भन्छ त्यसलाई समाजले अस्वीकार गर्दैन अध्यक्ष गुरुङले भनिन्, तर एक जना पुरुषले अर्को पुरुषलाई र एक जना महिलाले अर्को महिलालाई मन पराउँछन् आपसमा यौन सम्वन्ध राख्छन तिनलाई यो समाजले स्वीकारदैन ।

उनले आफ्नो समूदाय माथि यस्तो विभेद, दुरव्यहार र हिंसा भएकै कारण जनचेतना जगाउने काममै समय खर्चिनु परेको वताइन । अन्तरआत्माको पीडा जसले भोग्छ उसैलाई मात्रै थाहा हुन्छ गुरुङले भनिन्, केटी जस्तो देखेर आकर्षित हुनेहरु पनि छन् तर उनीहरु केटीसँग जत्तिको सन्तुष्ट त हुँदैनन् । तपाईले विवाह गर्नु भयो ? अर्का एक बिद्यार्थीले सोधेको प्रश्नमा गुरुङले भनिन्, छैन तर कानुनी व्यवस्थाको पखाईमा छु । कानुन बनेपछि महिले मन पराएको व्यक्तिसँग विवाह गर्छु ।

Patan 2अहिले नेपालमा समलिंगी विवाहले मान्यता पाएको छैन । समलिंगी विवाहबारे अध्ययन गर्न बनेको समितिले एक बर्ष अगाडिनै प्रतिवेदन बुझाएपनि सरकार अहिलेसम्म मौन बसिरहेको छ । समाजकी अध्यक्ष गुरुङले समलिंगी विवाहले मान्यता नपाउँदा आफ्नो समूदाय मात्रै नभएर विपरितलिंगी जसले महिला भए पुरुष र पुरुष भए महिला मन पराउँछन उनीहरुको जीवन समेत बर्बाद भएको वताइन । उनले आफ्नो अधिकारको कुरा गरिरहँदा अर्काको अधिकारबारे नसोच्दा समस्या बढिरहेको वताइन ।

नेपाल बिद्यार्थी संघ पाटन संयुक्त क्याम्पस इकाइका सचिव रमेश राउतले समाजशास्त्रका बिद्यार्थीले यौनिक तथा लैंगिक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीसँगै अन्तरक्रिया गर्न पाउनु खुशीको कुरा भएको वताए । उनले यस बिषयमा चासो राख्ने धेरै भएको वताउँदै सकारात्मक सहयोग गरिदिन बिद्यार्थीहरुलाई आग्रह समेत गरे ।

नील हिरा समाजका कानुनी सल्लाहकार सुजन पन्तले महिला र पुरुषबीच मात्रै विवाह हुन्छ भन्ने पुरातनवादी सोच त्याग्नु पर्ने वताए । महिला र पुरुषबीच विवाह हुन्छ तर के सबै विवाहति जोडिले बच्चा जन्माउन सकेका छन् ? पन्तले भने, विवाहबारेको पुरातनवादी सोच हटाउनु पर्छ । क्याम्पसको समाजशास्त्र विभागिय प्रमूख ज्ञानु क्षेत्रीले यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायकोबारेमा जान्न पाउँदा खुशी लागेको वताइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.