फ्रेण्स् हेटौंडाको अध्यक्षमा वर्षा : नयाँ कार्यसमितिमा को को ?

फ्रेण्स् हेटौंडाको अध्यक्षमा वर्षा : नयाँ कार्यसमितिमा को को ?

मकवानपुर (पहिचान) साउन ३२ – यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा काम गर्ने संस्था फ्रेण्ड्स् हेटौंडाको अध्यक्षमा वर्षा आलेमगर निर्वाचित भएकी छन् । यही साउन २९ गते भएको साधारण सभाबाट आलेसहित नौ सदस्यीय कार्यसमिति चयन भएको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा श्याम कुमार दाहाल, सचिवमा सुमित पौडेल, कोषाध्यक्ष इन्दिरा न्यौपाने निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा सुरज थापा, सुजन खड्का, रुवी भोम्जन, लक्ष्मण सापकोटा र आशिका थोकर चयन भएका छन् ।

नयाँ कार्यसमति चयनपछि पूर्वअध्यक्ष आशिका थोकर कृष्णले नयाँ कार्य समितिलाई शुभकामना दिदैं नयाँ कार्यसमति यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मुद्दामा अझ प्रभावकारी हुने विश्वास व्यक्त गरिन् । आशिकाले आफ्नो कार्यकालमा आफुले समुदायको हितको लागि काम गरेको भन्दै यसलाई निरन्तरता दिदै हरेक क्षेत्रमा आफु र आफ्नो समुदायको सहभागिता सुनिश्चित गराउन आग्रह गर्नि ।

‘अझ ससक्त रुपमा प्रस्तुत हुनुस् र हरेक मुद्धामा सक्रीय भूमिका निर्वाह गर्दै समलिंगी तेस्रोलिंगीका मुद्धामा काम गर्दै यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समाजमा स्थापित गर्न सफल हुनुहोस, मेरो सुभाकामना,’ आशिकाले भनिन् ।

नव निर्वाचित अध्यक्ष वर्षा आलेमगरले आपूmलाई फ्रेण्ड्स हेटौडाको अध्यक्षमा निर्वाचित गर्ने सबैलाई धन्यवाद दिए । वर्षाले भनिन्, ‘अध्यक्ष जस्तो गरीमामय पदमा योग्य ठानी मलाई पदभार सुम्पिने आशिका थोकर र आफनो मत दिइ निर्वाचित गराउने सम्पूर्ण सदस्यहरुमा धन्यवाद दिन चहन्छु ।’

उनले निरन्तर यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हकहितमा काम गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिदै नयाँ योजना सहित काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् । नयाँ कार्यसमितिका निर्वाचित सदस्यहरुले पनि संस्थालाई दिगो बनाउदै अगाडि लैजान सबैको उत्तिकै सहभागिता र प्रतिनिधित्व आवश्यक रहेको बतएका थिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.