अन्तरलिंगीलाई तेस्रोलिंगी भन्थे अहिले एलजीबीटीआईको पहिचान भएको छ : सुमन तामाङ

अन्तरलिंगीलाई तेस्रोलिंगी भन्थे अहिले एलजीबीटीआईको पहिचान भएको छ : सुमन तामाङ

काठमाडौं (पहिचान) बैशाख १९ – तेस्रोलिंगी अधिकारकर्मी सुमन तामाङले सुनसरीका मिडिया, प्रहरी र अन्य सरकारी निकायहरुले समलिंगी तेस्रोलिंगीहरुलाई सकारात्मक व्यवहार सुरु गरेको बताएका छन् । नील हिरा समाज अन्तर्गतको नर्वेजियन परियोजनाको पोखरामा भएको ‘रिभ्यु मिटिङ’मा सुनसरीको रिपोर्ट प्रस्तुत गर्दै तामाङले यस्तो जानकारी दिएका हुन् ।

उनले पहिले अन्तरलिंगीलाई तेस्रोलिंगी भनेर चिन्नेहरुले अहिले समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी र दुईलिंगी फरक फरक हुन भनेर पहिचान गर्न थालेको सुनाए । ‘हिजो नकारात्मक रहेको प्रहरीले अहिले समलिंगी तेस्रोलिंगीलाई सकारात्मक व्यवहार गर्ने गरेको छ, हाम्रा समस्यामा समेत सम्बेदनशील रुपमा समाधानको प्रयासमा जुुटिदिने गरेको छ,’ रिपोर्ट प्रस्तुत गर्दै तामाङले भने, ‘पत्रकारहरुले विगतमा नकारात्मक रुपमा लिने र हाम्रा समस्या समेत नलेख्ने गरेकोमा अहिले पत्रकारहरुले आफै सोधेर रिपोटिङ गर्न सुरु गरेका छन् ।’

तामाङले इटहरी उपमहानगरपालिकाले बजेट छुट्टाए पछि स्थानीय तहसँगको समन्वयनमा काम गर्न पाएको बताए । ‘उपमहानगरपालिकाले दिएको बजेटबाट हामीले विभिन्न कलेजमा ओरिएन्टेसन कार्यक्रम गरेका थियौं, त्यसकै आधारमा अहिले ‘तपाईहरुको समुदायको कोही छ हामी पढाउँछौं’ भनेर हामीलाई स्कोलरशिपमा पढाउने प्रस्ताव समेत राख्ने गर्नुभएको छ,’ तामाङले भने ।

तामाङ १२ जिल्लामा काम गर्नेगरी संचालनमा आएको ‘सुन्दर शान्त नेपाल’ परियोजनामा पनि छनौंट भएका छन् । ‘१२ जिल्लामा परियोजना संचालनमा रहेको फोरममा म प्रतिस्पर्धाबाट नैं छनौंट भएको छु, तामाङले भने, ‘अहिले म डिस्ट्रिक डायलग फोरममा रहेर काम गरिरहेको छुँ ।’

उनले विभिन्न गैरसरकारी संस्थासँगको समन्वय र सहकार्य पनि अघि बढेको बताए । विभिन्न गैरसरकारी संस्थाहरुको संजाल तथा ओपन फोरमहरुले पछि छलफलमा एलजीबीटीआइहरुलाई सहभागि गराउने गरेको उनले बताए ।

उनले आफै सम्पर्कमा आउनेक्रम बढेपनि उनीहरुलाई सकारात्मक बातावरण दिन कठिन हुने गरेको बताए । ‘आफै खुलेर सम्पर्कमा आउने क्रम सुरु भएको छ, तर अझै पनि लुकेर बस्ने समस्या धेरै छ,’ उनले भने, ‘खुलेर आउनेहरु कतिपय घरबाट निस्कीएपछि हामीलाई खान बस्न समेत समस्या हुने गरेको छ ।’ उनले एलजीबीटीलाई नैं फोकस गरेर कार्यक्रम नहुँदा एलजीबीटीआईमा राखेर काम गर्दा उनीहरुमा प्रभाव कम देखिएकोे बताए । उनले पछिल्लो समय एलजीबीटीआीइकँै विभिन्न संघसंस्थाहरुबीच समन्वयको अभाव देखिएको बताए । ‘हिजो रिजनल मिटिङ हुन्थ्यो, अहिले त्यो केही नहुँदा समुदायभित्र पनि अन्तरसंस्था समन्वयको अभाव देखिएको छ,’ तामाङले भने ।

उनले सबैजना बीडीएसको जागिरमा केन्द्रीत भएको भन्दै त्यसले भोलिका दिनमा थप जटिलता ल्याउन सक्ने बताए । ‘भोलिका दिनमा के गर्ने भन्ने चिन्ता र त्यस अनुरुपको तयारी अघि बढाउन आवश्यक छ,’ तामाङले भने, ‘तर, अहिले तालिममा सहभागि हुन गएकाहरु समेत बीचमै छोडेर हिड्ने समस्या देखिएको छ ।’

उनले समलिंगी विवाहको कानुनी हैसियत नहुँदा त्यसले समस्यासँगै समाजिका प्रतिष्ठामा समेत प्रश्न उठाएको बताए । ‘लिगल रिकग्निसन नहुँदा पार्टनरको स्थायित्व नहुने र एकभन्दा बढी पार्टनर हुने गरेका छन्,’ उनले भने, ‘यसले समाजिक प्रतिष्ठा कमजोर हुने र समाजमा इज्जत समुह हैन भन्ने छाप पर्ने गरेको छ ।’ उनले यसलाई सुधार गर्न कानुनी आवश्यकताका लागि लड्ने र यस्ता धारणा सच्याउन काम गर्नुपर्ने बताए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.