यूएईमा ४२ जना नेपालीले गरे रक्तदान

यूएईमा ४२ जना नेपालीले गरे रक्तदान

539
SHARES

यूएई : सुनसरी समाज यूएईको मुख्य आयोजना तथा नेपाली रक्तदाता सङ्घ युएईको सह आयोजनामा यूएईको दुबईमा अल कुवेत अस्पतालसँगको सहकार्यमा बृहत् खुला रक्तदान गरेको छ। रक्तदान दुबई स्थित अल कुवेत हस्पिटल खलीज देराकै परिसरमा गरिएको हो।

सुनसरी समाज यूएईका बिन्दु भट्टराईले रक्तदान मानव जीवनको अत्यन्तै पुण्य काम रहेको बताइन। रगतको अभावमा कुनै पनि मानव जातिले ज्यान गुमाउनु नपरोस् भनी रक्तदान कार्यक्रम आयोजना गरिएको उनको भनाई थियो।

संस्थाका संस्थापक अध्यक्ष रोहित बस्नेतले भने विगतमा संस्था मार्फत विभिन्न रचनात्मक, खेलकुद ,शिक्षा सम्बन्धी कार्यक्रम गरिएको जानकारी दिए। तर यस पटक रमजान जस्तो पवित्र महिनामा रक्तदान जस्तो मानव सेवामुखी कार्यक्रम गर्न पाएकोमा उनले खुसी व्यक्त गरे।

‘सुरक्षित प्रवास,समृद्ध समाज हाम्रो अभियान’ भन्ने नाराका साथ सन् २०१८ मा यूएईमा सुनसरी समाज यूएईको स्थापना भएको हो। सोही अनुरूप मार्च ९ मा सम्पन्न रक्तदान कार्यक्रममा ४२ जना रक्तदाताले रक्तदान गरे। रक्तदातालाई संस्थाले प्रमाणपत्र दिएको थियो।

कार्यक्रममा नेपाली रक्तदाता सङ्घ यूएईका संरक्षक तथा केन्द्रीय कोषाध्यक्ष सुनिल श्रेष्ठले सङ्घले भविष्यमा यस कार्यलाई निरन्तरता दिने र अन्य सङ्घ संस्थालाई समेत सहयोग गर्ने बताएका युएईबाट सचिन्द्र श्रेष्ठले जानकारी दिएका छन्।

समाचार शेयर गर्नुहोस्
539
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.