जनगणनामा ‘अन्य’ लैंगिक पहिचानलाई बेवास्ता, अझै १० वर्ष मुलगणनामा नपर्ने

जनगणनामा ‘अन्य’ लैंगिक पहिचानलाई बेवास्ता, अझै १० वर्ष मुलगणनामा नपर्ने

काठमाडौं : राष्ट्रिय जनगणना २०७८ कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुँदैछ। पहिलो चरणमा घर परिवार सुचिकरण सुरु भएको छ। भदौ ३० गतेदेखि सुरु भएको सुचिकरण असोज १८ गतेसम्म चल्ने केन्द्रीय तथ्यांक विभागले जनाएको छ।
सुचिकरणका लागि देशभर ८ हजार ५ सय सुपरिवेक्षक खटिएका छन्। विभागले लिष्टिङ गरेर पठाएका मध्ये केही सहभागि नभएका विभागका सूचना अधिकारी तिर्थराज चौलागाईले जानकारी दिए। ‘विभागले लिष्टिङ गरेर पठाएकाहरु मध्ये केही सहभागी नभएको जानकारी छ,’उनले पहिचानसँग भने,‘उपस्थित नहुनेको ठाउँमा अरु राखिएको जानकारी छ।’
काठमाडौं र भक्तपुरमा धेरै सुपरिपेक्षकमा महिला खटिएको देखिएपनि देशभर खटिएका सुपरिवेक्षकमा महिला, पुरुष र अन्य लिंगीको तथ्यांक आफु कहाँ नआएको चौलागाईले बताए।
‘यौनिक तथा लैंगिक अल्पसंख्यकको एकिन तथ्यांक निकाल्नुपर्छ’
हरेक १०/१० वर्षमा हुने जनगणना यो पटक हुन लागेको हो। यसअघि २०६८ सालमा गणना भएको थियो। एक दशक अघि भएको प्रारम्भिक गणनामा तेस्रोलिंगीको पनि तथ्यांक लिइएको थियो। त्यतिवेला देशभरबाट १५ सय तेस्रोलिंगीको संख्या आएको भन्दै मुलगणनामा राखिएको थिएन।
गैरसरकारी संस्थाहरुले अन्य लैंगिक पहिचान भएकाहरुको गणना भएन भनेर भन्न नसुहाउने बताउँछन् विभागका अधिकारी। ‘देशभरबाट १५ सय संख्या आएपछि उहाँहरुले नै आएर यो धेरै थोरै भयो, यो सार्वजनिक नर्गुहोस भनेका हुन,’विभागका अधिकारीले भने,‘संख्या कम देखिदाँ दाताबाट आइरहेको सहयोग कटौती हुन्छ भन्ने उहाँहरुमा डर देखिन्थ्यो।’
‘तेस्रोलिंगी संवेदनशिल भएकाले छुट्टै ट्रिटमेन्ट गर्नु जरुरी छ’
विभागले यो पटक पनि घर परिवार सुचिकरणमा अन्य लैंगिक पहिचान भएकाहरुको तथ्यांक संकलन गरिरहेको छ।
पहिलेको गणना र यो पटकको गणनामा धेरै त्यस्तो केही फरक नभएको विभागका सूचना अधिकारी चौलागाईले बताए। उनले घर परिवार सुचिकरणको प्रश्नावलीमा यो पटक महिला, पुरुष र अन्य (तेस्रोलिंगी) राखिएको बताए। ‘घरघरमा पुग्ने सुपरिवेक्षकले घर मुलीसँग परिवार संख्या लिदाँ महिला, पुरुष र तेस्रोलिंगीको तथ्यांक लिन्छन,’उनले भने,‘यो पटक समुदायको संख्या पनि लिन लागिएको हो।’
एलजीबीटीआई आउँदो जन गणनाबारे साझा धारणा बनाउँदै
केन्द्रीय तथ्यांक विभागले खटाएका सुपरिवेक्षकले बैंक तथा वित्तिय संस्थामा खाता खोलेको छ कि छैन? ऋृण छ कि छैन? सिटीभिटी लगायतका संस्थाबाट तालिम लिएको छ कि छैन? भनेर पनि सोध्ने सूचना अधिकारी चौलागाईले बताए। प्रश्नावलीमा भएका प्रश्न नछुटाइ सोधेर बसोबास भइरहेका घर र परिवारको संख्या लिने उनले बताए।
तेस्रोलिंगीको तथ्यांक लिदाँ घर परिवार लजाउने अबस्था छ : निर्देशक लामिछाने
८ हजार ५ सय सुपरिवेक्षक मध्ये केही अन्य लैंगिक पहिचानका पनि रहेका चौलागाईले बताए।‘अनलाइन आवेदनमा थोरै मात्रै आए,’उनले पहिचानसँग भने,‘केही अन्य लैंगिक पहिचानका पनि हुनसक्छन्, ठ्याक्कै तथ्यांक लिन पाएको छैन।’
मुलगणनामा महिला र पुरुष मात्रै 
घरपरिवार सुचिकरणमा अन्य लिंगीको संख्या गणना भएपनि मुलगणनामा महिला र पुरुषको मात्रै तथ्यांक संकलन हुने विभागले जनाएको छ।  विभागका सूचना अधिकारी चौलागाईले मुल गणनामा अन्य लैंगिक पहिचान भएकाको गणना नगर्ने सहमति भएको बताए।
‘छलफलमा तेस्रोलिंगी समुदायका व्यक्तिहरु आउनु भएको थियो,’उनले भने, ‘घर परिवार सुचिकरणमा अन्य लिंगीको संख्या उल्लेख्य आए सर्वे गर्ने सहमति भएको छ।’ घर परिवार सुचिकरणमा संख्या उल्लेख्य आएपनि मुल गणना नगर्ने र सर्वे गर्ने सहमति उनीहरुले जनाएका सुचना अधिकारी चौलागाईले बताए।
जन गणनामा छुटाउन नहुने समुदाय
यो सहमति अनुसार अन्य लैंगिक पहिचान भएका नेपालका यौनिक तथा र लैंगिक अल्पसंख्यकको तथ्यांक नआउने भएको छ।
सुपरिवेक्षकहरुले पनि अन्य लैंगिक पहिचान भएका सदस्यको संख्या समेत नसोधेको पाइएको छ। नमोवुद्ध नगरपालिका वडा नम्बर २ का पूर्णमान तामाङ अन्य लैंगिक पहिचान भएका सदस्यको संख्या नसोधिएको बताउँछन्। ‘आर्थिक अवस्था, अपाङ्गता भएका कोही छन् भनेर सोधेका थिए,’तामाङले पहिचानसँग भने,‘तेस्रोलिंगीबारे सोधेनन्।’
यतिवेला घरघरमा परिवार सुचिकरण फारम बोकेर सुपरिवेक्षकहरु पुगिरहेका छन्। केन्द्रीय तथ्यांक विभागका सूचना अधिकारी चौलागाई अन्य लैंगिक पहिचान भएकाहरुको नछुटाइ सोध्न सुपरिवेक्षकहरुलाई भनेको बताउँछन्। ‘उनीहरुलाई सबै प्रश्नको उत्तर लिन भनेका छौं,’उनले भने,‘आजसम्मको हेर्दा उनीहरुको संख्या  न्यून देखिएको पाएको छु।’
जन गणनामा तथ्यांक आउनु पर्छ
ललितपुर महानगरपालिकामा खटिएका सुपरिवेक्षकले पनि नमोवुद्ध नगरपालिकामा जस्तै अन्य लैंगिक पहिचान भएका सदस्यको संख्या सोधेका छैनन्। उनीहरुले महिला र पुरुषको संख्या मात्रै लिएको महानगरपालिका वडा नम्बर १४ शोभाहिटीका एक स्थानीयले पहिचानलाई बताए।
अपाङ्गता भएकाको घरमा समेत उनीहरुले अपाङ्गता भएका व्यक्तिको तथ्यांक नलिएको ती स्थानीयले बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading