तेस्रोलिंगीको तथ्यांक लिदाँ घर परिवार लजाउने अबस्था छ : निर्देशक लामिछाने

तेस्रोलिंगीको तथ्यांक लिदाँ घर परिवार लजाउने अबस्था छ : निर्देशक लामिछाने

काठमाडौं (पहिचान) बैशाख १६ – केन्द्रीय तथ्यांक विभागले २०७८ को जनगणनालाई भरपर्दो, बिस्वसनिय र प्रभावकारी बनाउने दावी गरेको छ । विभागले संघिय संरचना अनुसार पहिलो पटक हुन लागेको गणनाका लागि राष्ट्रिय जनगणना संचालन तथा व्यवस्थापन निर्देशिका बनाएको छ ।

निर्देशिका मन्त्रीपरिषद्मा गइसकेको र अबको दुई हप्तामा पारित भएर आउने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए । विभागले तथ्यांक संकलन कसरी गर्ने र कुन कुन बिधि अपनाउने भनेर निर्देशिका नै तयार गरेको लामिछानेले जानकारी दिए ।

२०६८ सालमा लगत संकलन गर्दा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई राखिएपनि उनीहरुको संख्या न्यून आएकाले मुल प्रश्नावलीमा नराखिएको निर्देशक लामिछानेले बताए । ‘विगतमा पनि लगत संकलन सूचिमा राखिएको हो उनले भने, तथ्यांक संकलन गर्दा उल्लेख्य संख्यामा नआएकाले मुल प्रश्नावलीमा राखिएन ।’ यौनिक तथा लैंगिक अल्पसंख्यकलाई नै चित्त नबुझेकाले मुल प्रश्नमा लान नसकिएको लामिछानेले दाबी गरे ।

तेस्रोलिंगीको तथ्यांक लिदाँ घर परिवार नै लजाउने अबस्था रहेको उनले बताए । ‘घर परिवारले तेस्रोलिंगीको बिषयमा भन्दा लजाउने र तथ्यांक नदिदाँ सही तथ्यांक आइरहेको छैन उनले भने, सही तथ्यांक नआउँदा घाटा भइरहेको छ ।’

उनले अहिले यौनिक तथा लैंगिक अल्पसंख्यकको गणना कसरी गर्ने भनेर छलफल गर्ने तयारीमा रहेको बताए । ‘प्रदेश स्तरबाट पनि प्रश्नावलीमा यो समुदायलाई राख्न सुझाव आएको छ उनले भने, समुदायसँग छलफल गरेर महिला पुरुष र अन्य राख्न बिभाग सकारात्मक छ ।’ यो पटक मेरो तथ्यांक संकलन भएन भनेर गुनासो आउन नदिने गरी तयारी भइरहेको उनको भनाई छ । उनले कतै त्रुटी नहोस भनेर सजकता अपनाउने कोसिसमा लागेको बताए ।

उनका अनुसार २०६८ सालको गणना भन्दा यो गणना फरक हुनेछ । विभागले प्रदेश स्तरमा अभिमुखिकरण छलफल चलाइसकेको छ । संबिधान अनुसार यो पटक कोही नछुटुन भनेर तथ्यांक संकलन गरिने निर्देशक लामिछानेले बताए । ‘संबिधान नै मुल कानून हो, संबिधानले समावेशी चरित्रको कुरा गरेकाले समावेशी समानुपातिकलाई पनि सहयोग गरोस भनेर तथ्यांक संकलन गर्ने तयारी विभागको छ’ उनले भने ।

मेरो जनगणना, मेरो सहभागिता कोही नछुटोस कोही नदोहोरियोस भनेर गणना गर्ने र गणकहरु पनि परिवर्तन गर्ने उनले बताए । कक्षा १२ पास गरेकालाई गणक र स्नातक तह पास गरेकालाई सुपरभाइजरको रुपमा लिने तयारी विभागले गरेको छ । ‘घरपरिवार नै सचेत हुनुपर्छ निर्देशक लामिछानेले भने, घर परिवारलाई सक्षम बनाएर भरपर्दाे तथ्यांक ल्याउने तयारीमा छौ ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading