‘तेस्रोलिंगी संवेदनशिल भएकाले छुट्टै ट्रिटमेन्ट गर्नु जरुरी छ’

‘तेस्रोलिंगी संवेदनशिल भएकाले छुट्टै ट्रिटमेन्ट गर्नु जरुरी छ’

काठमाडौं (पहिचान) कार्तिक ३ – राष्ट्रिय जनगणना २०७८ को लोगो र मुल नारा सार्वजनिक भएको छ । केन्द्रिय तथ्यांक विभागले आज पत्रकार सम्मेलन गरेर लोगो, नारा र नमुना जनगणनाको समय तालिका सार्वजनिक गरेको हो ।

राष्ट्रिय जनगणना २०७८ को नारा ‘मेरो गणना मेरो सहभागिता’ रहेको तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए । उनले मुल गणना हुनु अगाडी २०७६ माघ १ गतेदेखि चैत ३० गतेसम्म नमुना जनगणना संचालन हुने बताए ।

नमुना जनगणना प्रदेश १ को पाँचथर र मोरङ, प्रदेश २ को धनुषा र पर्सा, प्रदेश ३ को मकवानपुर र काठमाडौंमा हुनेछ । यस्तै गण्डकी प्रदेशको बाग्लुङ र कास्की, प्रदेश ५ को रुपन्देही र प्यूठान, सुदुरपश्चिम प्रदेशको कैलाली र दार्चुला तथा कर्णाली प्रदेशको सुर्खेत र जुम्लामा नमुना जनगणना हुनेछ ।

करिव ११ हजार ६ सय १० घरपरिवारमा संचालन गरिने नमुना जनगणनाका लागि अनुमानित १ करोड १७ लाख रुपैयाँ खर्च हुने विभागका निर्देशक लामिछानेले बताए । लामिछानेका अनुसार जनगणनाका लागि सुपरीबेक्षक र गणक करारमा नियुक्त गरिनेछ ।

२०७८ मा हुने जनगणना जेठ २५ गतेदेखि असार ८ गते १५ दिनसम्म संचालन हुने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए । धेरै प्रश्न राख्न सक्ने अवस्था नरहेको बताउँदै उनले तथ्याङकको मागलाई सम्बोधन गरेर विभिन्न जाति, भाषा, धर्म, क्षेत्र, बर्ग लिंग सबैको सहभागिता हुने बताए ।

उनले महिला पुरुष बाहेक ‘अन्य’ लैंगिक पहिचान भएका व्यक्तिको गणना हुने नहुने निश्चित नभएको बताए । ‘उहाँहरुसँग हामी छलफलमा छौ उनले भने, भोली या पर्सी हामी उहाँहरुसँग यो बिषयमा छलफल गर्छौ ।’ जनगणनाबाट आएको तथ्याङक विश्वसनिय भएन भने खराव औषधीको सेवन गरे जस्तै हुने महानिर्देशक श्रेष्ठले बताए ।

उनले तेस्रोलिंगी भनेको संवेदनशिल बिषय भएको बताउँदै आफुले तेस्रोलिंगीहरुलाई सम्मान गर्ने बताए । ‘उहाँहरुको अंक न्यून आइदियो भने हामीले के गर्ने ?’ उनले प्रश्न गरे । जनगणनामा हरेक घर परिवारको एक जना व्यक्तिसँग परिवारका सबैको विषय सोध्ने उनले जानकारी दिए ।

व्यक्ति व्यक्तिसँग प्रश्न सोध्न सक्ने अवस्था नरहेको उनको भनाई छ । ‘त्यसो हुँदा को व्यक्ति तेस्रोलिंगी हो या होइन ? हाम्रो समाजमा कति खुलेर आएका छन् छैनन् ? परिवारको मुलीलाई थाहा छ कि छैन भन्ने छुट्टै बिषय हुन सक्छ उनले भने, त्यसकारण यस्ता बिषय संवेदनशिल भएकाले यसको छुट्टै ट्रिटमेन्ट गर्नु निकै जरुरी छ ।’

तेस्रोलिंगीको तथ्याङक लिनुपर्छ तर सेन्सनबाट सम्भव हुन्छ कि हुँदैन भन्नेमा अझै छलफलमै रहेको उनले बताए । छलफलपछि मात्रै यसको निक्र्योल हुने उनको भनाई छ । जनगणनाबाट प्राप्त हुन नसक्ने गुणस्तरिय सूचना आउन नसक्ने बिषयमा सुक्ष्म अध्ययन गर्नु जरुरी हुने महानिर्देशक श्रेष्ठले बताए । ‘सुक्ष्म अध्ययन भनेको स्याम्पल सर्वेबाट आउन सक्छ उनले भने, यसमा हामी छलफल गर्ने छौ ।’

नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई अन्य लैंगिक पहिचान सहितको नागरिकता दिने गरिएको छ । अहिलेसम्म यो समुदायका व्यक्तिको संख्या गणना भएको छैन ।

विभागले सार्वजनिक गरेको मेरो गणना मेरो सहभागितामा महिला पुरुषको सहभागितालाई मात्रै अथ्र्याइएको छ । २०७८ मा हुने गणनामा कोही नछुटुन कोही नदोहोरिउन भन्नका लागि विभागले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसँग छलफल गर्न लागेको जनाएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading