राष्ट्रिय वाणिज्य बैङ्कको नयाँ ब्याजदर सार्वजनिक

राष्ट्रिय वाणिज्य बैङ्कको नयाँ ब्याजदर सार्वजनिक

199
SHARES

काठमाडौँ : राष्ट्रिय वाणिज्य बैङ्कले नयाँ ब्याजदर सार्वजनिक गरेको छ।

न्यूनतम मौज्दात १ हजार रुपैयाँको सामान्य बचत खाताको ब्याजदर ३.६५ प्रतिशत र ५ हजार रुपैयाँको विशेष बचत खाता, सुनौलो बचत खाता, डायमन्ड बचत खाता, कर्मयोगी बचत खाता र महालक्ष्मी बचत खाताको ब्याजदर ४.६५ प्रतिशत कायम गरिएको बैङ्कले जनाएको छ।

बैङ्कले छुनामुना र शिक्षक बचत खाताको ब्याजदर पनि ४.६५ प्रतिशत नै कायम गरेको जनाएको छ। न्यूनतम शून्य मौज्दात रहेको नेपाल सरकार पेन्सनर बचत खाता, सामाजिक सुरक्षा बचत खाताको ब्याजदर ४.६५ प्रतिशत कायम गरिएको बैङ्कले विज्ञप्ति निकालेर जानकारी दिएको छ।

सशस्त्र प्रहरी, प्रहरी, युनिभर्सिटी पेन्सन, नेपाल दूरसञ्चार पेन्सनर, कृषि अनुसन्धान पेन्सनर, दीर्घायु, मुआब्जा, भूकम्प पीडित राहत, राष्ट्रिय वाणिज्य बैक कर्मचारी, नेपाल आर्मी कर्मचारी, तलबी बचत खाता, विद्यार्थी सुपर बचत खाता, समृद्धि बचत खाता, छोरी सुरक्षा बचत खाता (कर्णाली) को ब्याजदर ४.६५ प्रतिशत कायम गरिएको बैङ्कले जनाएको छ। राष्ट्रिय वाणिज्य बैङ्क रेमिटेन्स बचत खाताको ब्याजदर ५.६५ तोकेको छ।

समाचार शेयर गर्नुहोस्
199
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.