"/>
निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

राष्ट्रिय जनगणनमा नपरेपछि रिसाए लैङ्गिक अल्पसङ्ख्यक भने, तथ्याङ्क विभागको ढाँटछल स्वीकार्य छैन (भिडियो) 

राष्ट्रिय जनगणनमा नपरेपछि रिसाए लैङ्गिक अल्पसङ्ख्यक भने, तथ्याङ्क विभागको ढाँटछल स्वीकार्य छैन (भिडियो) 

890
SHARES

काठमाडौँ : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले राष्ट्रिय जनगणनको प्रारम्भिक नतिजामा आपत्ति जनाएका छन्। आफ्नो समुदायको गणना नगरी पुरुष र महिलाको मात्रै तथ्याङ्क सार्वजनिक गरेको भन्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले आपत्ति जनाएका हुन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गरेको कार्यक्रममा नेपालमा पहिलो पटक तेस्रोलिंगीको नागरिकता लिएका बद्री पुनले आफ्नो समुदायका व्यक्तिको काउन्ट नगरी राष्ट्रिय जनगणनामा ढाँटछल गरिएको बताए।
राष्ट्रिय जनगणनामा महिला र पुरुषको मात्रै तथ्याङ्क ल्याइएको भन्दै स्वीकार्य नहुने बताए पुनले। ‘राष्ट्रिय जनगणनामा महिला र पुरुषको मात्रै तथ्याङ्क छ,’उनले भने,‘कति आत्मग्लानि हुन्छ महिला र पुरुषको मात्रै तथ्याङ्क देख्दा, मन कति चिढियो।’
उनले १० लाख जनसङ्ख्या भएको समुदायलाई कुनामा राखेर गरिएको गणना नमान्ने बताए। ‘१० लाख ११ लाख जनसङ्ख्या भएको जत्थालाई एउटा कुनामा राखेर काउन्ट नगरेर थोरै जनसङ्ख्या आयो त्यो विदेश जानुको कारण हो भन्दा त्यो डाँटछल गरेको तथ्याङ्कलाई हामी मान्छौ?’उनले भने,‘कहिले पनि स्वीकार्यता छैन।’
उनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई काउन्ट नगरी ल्याइएको राष्ट्रिय जनगणनाको तथ्याङ्कको जति भर्त्सना गरे पनि कम हुने बताए। उनले प्रश्न गरे,‘राज्यले मलाई तेस्रोलिंगी भनेर एउटा कुनामा गएर स्टेशनरीमा छापेर ल्याएर दिएको थियो त्यो नागरिकता? राज्यले दिएको होइन?’
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकमा रहेको विविधताको सत्य तथ्य डाटा सङ्कलन गर्न जरुरी रहेको बताइन। ‘पहिले डाटा सङ्कलन गरी सकेपछि नीति बन्छ अनि कार्यक्रम बन्छ,’उनले भनिन,‘अरू सेवा सुविधाको कुरा हुन्छ।’
ढाँटछल गर्‍यो विभागले 
‘मेरो जनगणना मेरो सहभागिता, कोही नछुटोस्, कोही नदोहोरियोस्’ नाराका साथ सम्पन्न राष्ट्रिय जनगणनामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक छुटेका छन्। हरेक दश दश वर्षमा हुने गरेको जनगणनामा यो समुदायका व्यक्तिको गणना नै भएन।
केन्द्रीय तथ्याङ्क विभागले २०७८ कार्तिक २५ देखि मङ्सिर ९ सम्म गरेको गणनामा यो समुदायका व्यक्तिको गणना नगरिएको जानकारी दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गणना गर्नुपर्ने सुझाव दिए पनि पुरुष र महिलाको मात्रै गणना गरेको विभागका उपसचिव ढुण्डिराज लामिछाने बताउँछन्।
२०६८ सालमा गरिएको जनगणनामा ‘तेस्रोलिंगी’को सङ्ख्या आठ सय रहेको लामिछानेले बताए। विभागले सुरुमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको गणना गर्ने बताएको थियो। गणनामा भने सरोकारवालसँगको छलफल पछि घरपरिवार सर्वेक्षणमा मात्रै राखेको बतायो। घर परिवार सर्वेक्षणको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छैन विभागले।
मूल जनगणनाको प्रारम्भिक नतिजामा महिला र पुरुषको तथ्याङ्क सार्वजनिक गरेको छ विभागले। घरपरिवार सर्वेक्षणमा परुष, महिला र अन्यको तथ्याङ्क लिने फारम बनाएको विभागले मुलगणनामा नराख्नुको कारण वास्तविकता तथ्याङ्क आउँदैन भन्ने जवाफ दिइरहेको छ।
राज्यको नीति, नियम, कार्यक्रम बनाउन आवश्यक पर्छ तथ्याङ्क। राज्यलाई नीति, नियम र कार्यक्रम सञ्चालनका लागि तथ्याङ्क दिने विभागले ‘अन्य’ लैङ्गिकता भएका व्यक्तिलाई छुटायो। नारा कोही नछुटुन् भन्यो। तर, आफ्नै नारा विपरीत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई नै छुटायो विभागले।
‘अन्य’ लैङ्गिकता भएका व्यक्तिको सर्वे गर्ने र त्यसका लागि दातृ निकायको सहयोग चाहिने भन्न थालेका छन् विभागका उपसचिव लामिछाने। गणनाको सुरुवाती चरणदेखि नेतृत्वदायी भूमिका निर्वाह गरेका लामिछानेको सुरुको बोली र अहिलेको बोली एउटै छैन।
सुरुमा लामिछानेले गणनामा कोही पनि नछुट्ने बताएका थिए। (भिडियो कुराकानी सुन्न यहाँ क्लिक गर्नुहोस) 
उनले एक वर्षपछि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको गणनाको विषयमा बोली फेरेका हुन्। (भिडियो कुराकानी सुन्न यहाँ क्लिक गर्नुहोस) 

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको तथ्याङ्क सङ्कलन गर्छौ : मन्त्री रेग्मी 

महिला मन्त्रालयको आग्रह समेत स्वीकारे न तथ्याङ्क विभागले, गरेन यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको गणना

जनगणनामा ‘अन्य’ लैंगिक पहिचानलाई बेवास्ता, अझै १० वर्ष मुलगणनामा नपर्ने

समाचार शेयर गर्नुहोस्
890
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.