"/>

पहिचानका दुलालसहित ६ जनालाई सेजन अवार्ड

पहिचानका दुलालसहित ६ जनालाई सेजन अवार्ड

959
SHARES

काठमाडौं : नेपाल आर्थिक पत्रकार समाज सेजनले पहिचान मिडियाद्वारा सञ्चालित पहिचान अनलाइनमा प्रकाशित ‘क्यानको दादागिरी : वायुसेवा निगम सिद्ध्याउने धमिरा’ शीर्षकको भिडियो सामग्रीलाई अवार्ड प्रदान गरेको छ।

नीतिगत भ्रष्टाचार : नेपाल एयरलाइन्सलाई सोस्ने, विदेशीलाई पोस्ने, गैरजिम्मेवार नियमनकारी निकायका कारण सधैँ सङ्कटमा, ऋणमाथि ऋणको भार, नेपालको पर्यटन प्रवर्द्धन : छैन एयर कनेक्टिभिटी, महँगो हवाई भाडा को विषयमा निरन्तर अनलाइन र पहिचानको युट्युब च्यानलमा भिडियो सामग्री प्रकाशित तथा प्रसारित गरेको थियो।

सेजनले पचास हजार राशिको अवार्ड पहिचान अनलाइनका माधव दुलाललाई प्रदान गरेको हो। समाजले आयोजना गरेको ‘सेजन अवार्ड’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुलालसहित ६ जना पत्रकारलाई अवार्ड प्रदान गरे।

अर्थतन्त्रका सवालमा पत्रकारिताका माध्यमबाट उल्लेख्य योगदान पुर्‍याउनेलाई सेजनले अवार्ड प्रदान गर्दै आएको छ। सिसिटिभी फुटेज काण्डको फलोअप स्टोरी गर्ने अन्नपूर्ण पोस्टका ममता थापा र सुरेन्द्र काफ्लेलाई पनि सेजन अवार्ड प्रदान गरिएको छ।

डा. भोला चालिसे लिबरल जर्नालिजम अवार्ड कान्तिपुरका कृष्ण आचार्यलाई दिइएको छ। ब्रोडकास्ट मिडिया अवार्ड ग्यालेक्सी फोर के टिभीका विनय बन्जारा र छापातर्फ टक्सार म्यागेजिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीलाई अवार्ड प्रदान गरिएको छ। सञ्जय न्यौपाने फेलोसिप अवार्ड कारोबार दैनिककी कौसिला कुँवरले पाएकी छन्।

समाचार शेयर गर्नुहोस्
959
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.