नेपाल एयरलाइन्स

गैरजिम्मेवार नियमनकारी निकायका कारण सधैँ सङ्कटमा, ऋणमाथि ऋणको भार

गैरजिम्मेवार नियमनकारी निकायका कारण सधैँ सङ्कटमा, ऋणमाथि ऋणको भार

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाली ध्वजावाहक कम्पनीलाई ऋणमाथि ऋणको भार थोपरेको छ। प्राधिकरणले उडान कटौती गर्दा चरम राजनीतिकरणको सिकार बनेको नेपाल वायु निगमको आर्थिक नोक्सानी थप बढेको छ।

काठमाडौं दिल्ली उडान कटौती गरेर प्राधिकरणले नेपाल एयरलाइन्सको आम्दानी घटाइदिएको छ। प्राधिकरणले यात्रुको विश्वास गुमाउने अवस्थामा पुर्‍याएको छ। निगमले अन्तर्राष्ट्रिय उडानतर्फ विभिन्न १० वटा गन्तव्य र भारतको नयाँ दिल्लीमा नियमित रूपमा दैनिक दुई वटा उडान सञ्चालन गर्दै आएको जनाएको छ।

निगमको दिल्लीतर्फका चार उडान कटौती हुँदा प्रत्येक साता साढे नौ करोड रुपैयाँ आम्दानी गुमेको छ। प्राधिकरणको कदमले थप आर्थिक क्षति बढाएको छ। सरकारी निकायले सरकारी कम्पनीलाई नै थला पार्ने नियत देखिएको निगमका एक कर्मचारीले बताए।

निगमका अनुसार गत सेप्टेम्बर २०२२ मा निगमले दिल्लीको लागि १४, दोहा, मलेसिया र दुबईका लागि ७/७ र रियादको लागि ६, मुम्बई, बैंग्लोर, हङकङ, बैंकक र नारिताको ३/३ गरी प्रति हप्ता जम्मा ५६ वटा उडानको तालिका पेस गरेको थियो। तर, गत २३ अक्टोबरमा प्राधिकरणले निगमलाई प्रति हप्ता ४२ वटा मात्र स्वीकृत गर्दै १४ वटा उडान कटौती गरिदिएको थियो।

हाल निगमले दिल्ली, मुम्बई, बैंग्लोर, क्वालालम्पुर, दोहा, रियाद, दमाम, जेद्दा, नारिता, बैंकक लगायत विभिन्न १० वटा गन्तव्यमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै आएको छ। यीमध्ये निगमले काठमाडौं–दिल्लीमा दैनिक दुई वटा उडान सञ्चालन गर्दै आएको थियो। गत अक्टोबर २३ बाट प्राधिकरणको निर्देशन अनुसार निगमले १० वटा मात्रै उडान भर्दै आएको छ।

क्यानको दादागिरी : वायुसेवा निगम सिद्ध्याउने धमिरा

सीमित जहाज र गैरजिम्मेवार नियमनकारी निकायका कारण निगम सधैँ सङ्कटमा छ। आन्तरिक उडानका लागि जहाज छैनन्, अन्तर्राष्ट्रिय उडानका लागि पनि प्राधिकरणले निरन्तर सङ्ख्यामा कडाइ गरिरहेको छ। पछिल्लो समय भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान थाल्न प्राधिकरणले वायुसेवाहरूलाई भनिरहेको छ।

वायु सेवा निगम व्यावसायिक दृष्टिकोणले मात्र महत्त्वपूर्ण नभई नेपालीलाई स्वास्थ्य उपचार, उच्च शिक्षा आर्जन, व्यवसाय प्रवर्धन तथा अन्य मुलुक प्रस्थानको लागि समेत महत्त्वपूर्ण गन्तव्यको रूपमा रहेको निगमले विज्ञप्ति निकालेर जानकारी दिएको छ।

नीतिगत भ्रष्टाचार : नेपाल एयरलाइन्सलाई सोस्ने, विदेशीलाई पोस्ने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणको निर्देशानुसार निगम व्यवस्थापनले निर्णय गरी सञ्चालक समितिको समेत स्वीकृति पश्चात् हप्ताको ४ फ्लाइट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा (काठमाडौं-दिल्ली-भैरहवा-काठमाडौं) उडान गर्ने गरी स्वीकृतिको लागि प्राधिकरणमा पठाइसकिएको निगमले जनाएको छ।

तर, काठमाडौं–दिल्ली–भैरहवा–काठमाडौं उडानका लागि नागरिक उड्डयन प्राधिकरणबाट इजाजत आउन भने बाँकी नै रहेको निगम स्रोतले जनाएको छ।

निगमको कटौती भएको उडान हिस्टोरिकल स्लट उडान अनुमति अनुसार नै यथावत् सञ्चालन गर्न दिन निगमले अनुरोध गरेको छ। आवश्यकता अनुसार अन्य गन्तव्यमा उडान थप गर्न समेत निगमले मन्त्रालय र प्राधिकरणलाई भनेको छ।

निगमले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्याण्डलिङ कार्यसमेत निगमलाई नै प्रदान गर्ने व्यवस्थाका लागि अनुरोध गरेको छ। तर प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले तजबिजीका आधारमा निगमको उडान कटौती गर्दै भारतीय कम्पनी पोस्ने काम गर्न छाडेका छैनन्।

नेपालको पर्यटन प्रवर्द्धन : छैन एयर कनेक्टिभिटी, महँगो हवाई भाडा

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading