निवर्तमान राष्ट्रपति भण्डारीले फिर्ता गर्लिन् विवादित ट्वीटर ह्यान्डल? 

निवर्तमान राष्ट्रपति भण्डारीले फिर्ता गर्लिन् विवादित ट्वीटर ह्यान्डल? 

447
SHARES

काठमाडौं : निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले विवादित ट्वीटर ह्यान्डल फिर्ता गर्ने प्रक्रिया सुरु गरेकी छन्। सामाजिक सञ्जालमा विवाद भएपछि राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर फिर्ता गर्ने प्रक्रिया सुरु गरेको भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बताए। 

राष्ट्रपतिमा नियुक्त भएपछि नयाँ ह्यान्डल बनाउँदा भण्डारीको विवरण राखेकाले फिर्ता गर्न नमिलेको अधिकारीले बताए। ‘फिर्ता गर्न नमिलेरै हो,’विवादबारे प्रतिक्रिया दिँदै अधिकारीले भने,‘व्यक्तिको हिसाबले चलाउन पनि सकिन्छ नचलाउन पनि सकिन्छ,तर हामी फिर्ता गर्ने प्रक्रियामा गएका छौ।’

राष्ट्रपति कार्यालयको ट्वीटर ह्यान्डल निवर्तमान बनेपछि नाम फेरेर चलाएकी छन् भण्डारीले। नेपालले विश्वकप लिग २ मा अभूतपूर्व जित हासिल गरेपछि भण्डारीले राष्ट्रपति कार्यालयको ट्वीटर ह्यान्डल प्रयोग निजी बनाएर बधाई दिइन। 

राष्ट्रपति कार्यालयको भेरिफाइड ट्वीटर ह्यान्डल भण्डारीले निजी बनाउँदा भेरिफाइड भएको सङ्केत चिह्न हटेको छ। फागुन २९ गते राष्ट्रपतिमा रामचन्द्र पौडेलले शपथग्रहण गरेपछि मात्रै पूर्वराष्ट्रपति भण्डारी निजी निवासमा सरेकी थिइन। 

राष्ट्रपतिको मासिक तलब मात्रै डेढ लाख, भोजमा उठेन लाठीचार्जको कुरा

ट्वीटर ह्यान्डल निजी बनाउने पूर्वराष्ट्रपति भण्डारीको आलोचना भएपछि उनको निजी सचिवालयले फिर्ता गर्ने प्रक्रिया बुझिरहेको बताएको छ। भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले गुगललाई पत्र पठाएर फिर्ता गर्ने प्रक्रियामा रहेको बताए। 

राष्ट्रपति कार्यालयको ट्वीटर ह्यान्डल भण्डारीको व्यक्तिगत एकाउन्टबाट खोलिएको दाबी समेत अधिकारीले गरे।‘गुगल एकाउन्ट व्यक्तिगत हुने रैछ,’अधिकारीले पहिचानसँग भने,‘फिर्ता गर्न नमिलेर नै चलाउनु भएको हो।’ 

राष्ट्रपति भण्डारीकाे अन्तिम लाठीचार्ज

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्री हुँदा प्रयोग गर्दै आएको प्रधानमन्त्री कार्यालयको ट्विटर ह्यान्डल फिर्ता गरेनन्। निजी बनाए। सर्वोच्च अदालतको परमादेशमा प्रधानमन्त्री नियुक्त नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ओलीले ट्विटर ह्यान्डल हस्तान्तरण गरेनन्। 

वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने देउवा प्रधानमन्त्री हुँदाकै ट्वीटर ह्यान्डल प्रयोग गरेका छन्। राष्ट्रपति कार्यालयको ट्वीटर ह्यान्डल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निजी बनाएपछि वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ ट्वीटर ह्यान्डल प्रयोग गरेका छन्। 

समाचार शेयर गर्नुहोस्
447
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.