शीतल निवासमा भाेज

राष्ट्रपति भण्डारीकाे अन्तिम लाठीचार्ज

राष्ट्रपति भण्डारीकाे अन्तिम लाठीचार्ज

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सात वर्षको कार्यकालमा संसद्मा गरेका सम्बोधन थान लागेर बसेका छन्। राष्ट्रपतिले सरकारलाई दिएका निर्देश र सुझाव रद्दीको टोकरीमा फाले सरह भए।

तर, पनि अन्तिम सम्बोधन उनले संसद्मा उपस्थित भएरै गरिन। उनका यी सम्बोधन प्रतिनिधिसभाले सुरक्षित राखेको छ। पहिलो राष्ट्रपतिले असन्तुष्ट भएर पनि संविधान जारी गरेको बताइरहेका छन्। दोस्रो राष्ट्रपतिले त्यही संविधान कार्यान्वयनमा खेलाँची गरेकी छन्।

उनको राजनीतिक आबद्धता हाबी हुँदा कार्यकालको अन्तिम सम्बोधनमा शीतल निवास र संसद् आउजाउ गर्दा सडक प्रयोगकर्ताले लाठी खानु पर्याे।

संसदमा सम्बाेधन गरेकाे भाेलिपल्ट शितल निवासमा भाेज

वीर र ट्रमाका चिकित्सकले विरोधमा प्रदर्शन नै गरे। राजा फालेर राष्ट्रपति बनाएका जनताको टाउकोमा लाठी बर्साउने क्रम रोकिएको छैन।

शीतल निवासबाट पाटनढाेका पुग्न साझा यातायात चढ्ने राष्ट्रपति भण्डारीको सवारीकै कारण लाठी खानुपर्ने अवस्था भएको छ। नजिरका रूपमा राष्ट्रपतिको सवारीमा लाठीचार्ज भएको छ।

पहिलो राष्ट्रपति डाक्टर रामबरण यादवको सवारीमा लाठी नै हान्ने अवस्थामा सुरक्षा निकाय पुगेको थिएन।

कार्यकाल सकिनै लाग्दा राष्ट्रपतिलाई साझा बस चढ्ने मोह

गणतन्त्रको दोस्रो राष्ट्रपति भण्डारीले भने संसद्मा अन्तिम सम्बोधन लाठी बर्साएर गरेकी छन्। रामवरणले सेना चलाउने प्नधानमन्त्रीकाे निर्णय रोकेका थिए। भण्डारीले संसद् भित्र अर्को सरकार बन्न सक्ने अवस्था हुँदा हुँदै दुई पटक संसद् विघटन गरिन।

सर्वोच्च अदालतको परमादेशमा पुनर्स्थापना भएको प्रतिनिधिसभा र राष्ट्रिय सभाले दुई पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण गरिनन्।
पहिलो प्रतिनिधिसभाले आफ्नो पाँच वर्षको कार्यकालमा राष्ट्रपति भण्डारीबाट नागरिकता विधेयक पाउन सकेन।

उनले आफ्नो कार्यकालमा नागरिकता कानुन संशोधन गर्ने सङ्घीय संसद्को प्रयासलाई असफल बनाउने नजिर पनि बसालिन। भलै संसदकाे विशेषाधिकार हनन भएको भन्दै समिति गठनको प्रस्ताव भएन।
संविधान उल्लङ्घनमा ह्याट्रिक : सरकार गठनको दाबी परीक्षण

२०४६ पछिका संसद्मा दुई वटा विशेषाधिकार समिति गठन भएका थिए। निर्णय भने केही नगरेको समितिमा रहेका सदस्य रमेश लेखक र सुवासचन्द्र नेम्वाङ सम्झन्छन्।

चाेलेन्द्र शमशेर राणाले निलम्बनकै अवस्थामा या सङ्घीय संसद्का महासचिवको पत्रले फुकुवा भएर प्रधानन्यायाधीश बाट अवकाश पाए चाेलेन्द्र आफै जवाफ दिन सकेका छैनन्।

पुर्वसभामुखलाई बुझाएको महाभियोग सिफारिस समितिको प्रतिवेदन वर्तमान सभामुख देवराज घिमिरे प्रतिनिधिसभामा पेस गर्ने मुडमा छैनन्। महासचिव भरतराज गौतमले दिएको निलम्बन फुकुवाको पत्रमा केही बोलेका छैनन्।

सभामुख घिमिरे अब नयाँ ढङ्गले आए मात्रै प्रक्रियामा लैजाने नत्र पुरानो प्रतिनिधिसभाका सभामुखले बुझेको प्रतिवेदन कोट्याउन चाहँदैनन्। `नागरिकता विधेयक फरक भयो, महाभियोग फरक हो´ सभामुख निकट स्रोतले पहिचानसँग भन्यो,`ऐन, कानुन निर्माण निरन्तर चलिरहने प्रक्रिया हो। संविधान अनुसार बन्न बाँकी कानुन बनाउने काममा संसद्ले सरकारलाई सहयोग गर्छ।´

विशेषाधिकार समितिले आवश्यक ठहर्‍याएमा अभियोग लागेको व्यक्तिलाई थुनामा राखी कारबाही गर्न सक्ने

शक्तिको गर्मराहटमा रहेको शीतल निवासले भने व्यवस्थापिका र न्यायपालिकाबिच त्रिपक्षीय संघष चर्कायो। भण्डारी कार्यकालको अन्तिममा लाठी समेत बर्सियो। सङ्घीय संसद्मा अन्तिम सम्बोधनमा उनले राजनीतिक स्थायित्व कायम भएको बताइन। देशको राजनीतिले लय र गति समाती सकेकाले नागरिकलाई सुखी बनाउने तिर सरकारको ध्यान हुनुपर्छ भन्ने ठानेको उनले सुनाइन्।

‘देशको आर्थिक अवस्थाले उद्योगी व्यापारीलाई मात्रै होइन आम उपभोक्तालाई असर गरेको छ। यसको उचित निकास निकाल्नु पर्दछ’भण्डारीले भनिन्।

सरकारी प्रणालीमा अन्तरआवद्धता कायम गर्नुपर्दछ। घटना घटिसकेपछि क्रियाशील हुनु भन्दा घटना घट्नै दिनु हुँदैन। ज्येष्ठ नागरिक मनोरञ्जन स्थल निर्माण गर्नुपर्ने निर्देश गरिन राष्ट्रपतिले अन्तिम कार्यकालको अन्तिम सम्बोधनमा।

उनले शनिवार दिउँसो ३ बजे सांसदहरूलाई शीतल निवासमा निम्तो पनि दिएकी छन्। कार्यकाल सकिनु एक महिना अघि देखिनै उनले बिदाइ हुने तयारी गरेकी हुन।

संविधान अनुसार लगातार दुई पटक मात्रै राष्ट्रपति बन्न पाउने व्यवस्थाले भण्डारीको यो नै अन्तिम कार्यकाल हो। रामवरण यादवलाई भने राष्ट्रपति बन्न संविधानले रोकेको छैन।

लगातार दुई मात्रै भनेकाले यसपछिको कार्यकालमा भण्डारीलाई राष्ट्रपति बन्न संविधानले रोक्दैन। राज्यको सेवा सुविधा पाएका पूर्व राष्ट्रपतिलाई नयाँ राष्ट्रपति बनाउँदा राज्यको खर्च समेत कम हुनेछ।

राजा फालेर गणतन्त्र ल्याएका जनता नयाँ राजाको सान मानले दिक्क हुन थालिसकेका छन्। पुर्वप्रधानन्यायाधिश सुशीला कार्कीले यस्तै अभिव्यक्ति सार्वजनिक गरिसकेकी छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading