बालेनलाई चौधरीले दिए कारखाना भ्रमण गर्ने निम्तो

बालेनलाई चौधरीले दिए कारखाना भ्रमण गर्ने निम्तो

काठमाडौँ : बदमासी ढाकछोप गर्न माहिर चौधरी ग्रुपले वाई वाई चाउचाउ उत्पादन भइरहेको कारखाना भ्रमण गर्न आग्रह गरेको छ। काठमाडौँ महानगरपालिकाले गुणस्तरहीन चाउचाउ भेटिएपछि २ लाख रुपैयाँ जरिवाना गरेको चौधरी ग्रुपले कारखाना भ्रमण गर्न भनेको हो।

जरिवाना बुझाउनु पर्ने म्याद सकिनै लाग्दा चौधरी ग्रुपले भने महानगर प्रमुख बालेन शाहलाई नै चुनौती दिएको छ। कम गुणस्तरको स्वास्थ्यमा असर गर्ने चाउचाउ उत्पादन नभएको विश्वास नलागे कारखानामा आउन चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीका छोरा निर्वाणले भनेका हुन्।

विनोद चौधरीका छोरा निर्वाणले आफ्नो ब्रान्डलाई काठमाडौँ महानगरपालिकाले बदनाम गराएको उल्टै आरोप लगाएका छन्। उनले आईपीओमा जाने घोषणासँगै बदनाम गर्ने प्रयास भएको उल्लेख गरेका छन्।

‘हालै जब हामीले आईपीओमा जाने घोषणा गर्‍यौ, त्यसपछि वाई वाई, ब्रान्डलाई बदनाम गर्ने प्रयासस्वरुप केही गलत हर्कतहरु भइरहेका छन् भन्नेमा कुनै शङ्का छैन,’ निर्वाणले सामाजिक सञ्जालमा लेखेका छन्,’चौधरी समूहविरुद्ध झूटा प्रचार गर्ने प्रवृत्तिहरू देखिएका छन्। जसमा वाई वाईलाई निशाना बनाइएको छ।’

चौधरी ग्रुपको बदमासी, कुहिएको चाउचाउ बजारमा

उनले आम उपभोक्तालाई भ्रममा नपर्न आग्रह गरेका छन्। नेपाली पहिचानकै रूपमा विश्वव्यापी ब्रान्डलाई बदनाम गर्ने प्रवृत्तिबाट कसले के प्राप्त गर्छ, त्यो उनैले जानुन् । त्यसैले आम उपभोक्तालाई भ्रममा नपर्न आग्रह गर्दछौँ र यदि कसैलाई हाम्रा कारखानामा भ्रमण गर्न मन भए स्वागत गर्दछौँ।

महानगरपालिकाले वडा नं. ६ सरस्वतीनगरको किराना पसलबाट वैशाख २ गते चाउचाउ जफत गरेको थियो। प्रयोगशालाको रिपोर्ट आउनुअघि स्थलगत अवस्थाको प्रतिवेदन दिँदै खाद्य प्राविधिक अनिल बस्नेत र अशोक पराजुलीले निम्न गुणस्तरको तेल प्रयोग गरेर चाउचाउ फ्राइ गरिएको हुन सक्ने, कच्चा पदार्थ निम्न गुणस्तरको हुन सक्ने प्रतिवेदन दिएका थिए।

वाई वाई चाउचाउ निरन्तर उपभोग गर्दा क्यान्सरलगायत घातक रोग देखाउन सक्ने प्रतिवेदन बुझेको महानगरपालिकाले चौधरी ग्रुपलाई जरिवाना बुझाउन ७ दिनको समय दिएको थियो।

एस.के. इन्टरप्राइजेजले बजारमा वितरित वाई वाई चाउचाउ फिर्ता ल्याउने र अब उप्रान्त यो चाउचाउ विक्री नगर्ने प्रतिबद्धता पत्र पठाएको महानगरपालिकाले जनाएको छ। यस्ता गुणस्तरहीन खाद्य वस्तुको जिम्मेवारी उत्पादक कम्पनी सी.जी. फुड नेपाल हुने पत्रमा उल्लेख छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading